गीत

खुशी बढाई सारा सुख किनीदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼

ताराहरु नाचेको कति राम्रो जुनेली यो साँझ
झिमझिम गर्ने परेलीमा तिमी बस्यौ आज
नलेखिएको गीत पनि लेखिदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼

इच्छाहरु तिम्रै वरीपरी घुम्दैंघुम्दै आए
माया साट्न मनमुटुको तिमीसामु धाए
सातै जन्म साथको वाचा दिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼

खुशी बढाई सारा सुख किनीदिउला तिमीलाई
मीठामीठा बातमा भुलाइदिउला तिमीलाई ‼

प्रस्तुती ःमणिकलाल घिसिङ तामाङ
   

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।