भट्टराई प्रधानमन्त्री हुँदा:
भट्टराई प्रधानमन्त्री हुँदा:
लाग्छ नेपालको इतिहासमा सबैभन्दा उच्च बौद्धिक ब्यक्तित्वलाई नेपाली जनताले प्रधानमन्त्रिको रुपमा पाएका छन् । डा. भट्टराई प्रधानमन्त्रिमा नियुक्ति हुँदा जनताको गुमेको आशा फेरि फिर्न थालेको छ । जनताको सेलिब्रिटी नेताको रुपमा मानिने प्रमुख आकर्शन भट्टराईको काँधमा अब जनताको समस्याहरुलाई नियाल्नु र मनको आवाजहरुलाई सम्बोधन गर्नु मूल मुद्धा रहनेछन् ।
एमाले बाहेक अरु कुनै पार्टीको समर्थन नहुँदा वाल्ल परेर फर्किनुबाहेक काँग्रेससँग अरु विकल्प थिएन । रामचन्द्र पौडेल १८ औं पटकमा त आफू प्रधानमन्त्रि भई खान्छ कि भन्ने झिनो आशका साथ लडिरहेका थिए । अनि एमाले पनि त्यो झिनो आशलाई पुरा गर्न निकै कसरतमा कुदिरहेका थिए काँग्रेसको पुच्छर समाउदै तर यसको बावजुत पनि नराम्रोसँग हारको नतिजालाई अँगालेर फर्किनुपर्दा रामचन्द्र पौडेलले आवेशमा आएर आत्माहत्या नै गर्ला कि भन्ने मेरो मनमा नि ठुलो चिन्ता । धन्न रातभरिमा त्यस्तो अप्रिय घटना चाहि घटेको रहिन्छ ।
चुनौति र संभावनाहरु ः
विद्यार्थी जीवनकालमा कहिल्यै दोश्रो नहुने भट्टराई विचारको हिसाबमा एक स्पष्ट नेता मानिन्छ । विगतमा जो–जति नेताहरु प्रधानमन्त्रिको कुर्सीमा बसे, तिनीहरुको मुखबाट शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउछु भनी मुखमा झुन्ड्याई काम गर्छु भनेका नै थिए । सानोतिनो प्रयत्न नभएकै भनेर मान्न भने सकिन्न । तर नेपाली जनताले नेताहरुबाट आश गरेभन्दा अत्यन्तै थोरै मात्रमा विकासले फडको मार्ने काम भो अनि बहु समय एकले अर्काप्रति आरोप प्रत्यारोप गर्ने काममै विताए ।
तत्कालको लागि बाबुराम भट्टराईलाई प्रधानमन्त्रिको रुपमै उभ्याउनु भने अलि असृुहाउदो छ । किनभने यो संक्रमनकालीन अवस्थामा प्रधानमन्त्रिको काम मुख्य रुपमा नेताहरुलाई मिलाउनु नै रहन्छ । भट्टराई जस्ता बुद्धिजीवि र एक मात्र सेलिब्रिटी नेताको काम नेता मिलाउने नभएर विकासको फडको मार्न कदम अगाडि बढाउनुपर्ने हुनुपथ्र्यो । काँग्रेस र एमाले जस्ता ठुला पार्टिहरु प्रतिपक्षको रुपमा रहदा आफ्नो भएको क्षमतालाई प्रस्तुत गर्न सकिन्न कि भन्ने आशंका गर्न सकिन्छ । जुन कामको लागि चुनिएको हो त्यो काम सम्पन्न गर्न धेरै मुस्किल छ । त्यसैले उनको लागि यो समय निकै प्रतिकुल रहनेछ ।
नमूना बनेर देखाउने पालो भट्टराईको ः
भट्टराईको ब्यक्तित्वको प्रभावकै कारणले आज देशको उच्च पदमा आसिन छन् । कान्तिपुर मत सर्वेक्षन लगायत फेसबुक भित्ताहरुमा डा. भट्टराईकै पक्षमा मत जाहेर गर्नु वा हुनुले उनको प्रभावको सहजै अनुमान गर्न सकिन्छ । उनले अरुभन्दा फरक रुपमा आफनो क्षमतालाई अगाडि बढाउदै लान सक्नुपर्छ । नेपाली जनताको विस्वासिला पात्रको रुपमा चिनाई नमूना नेताको रुपमा स्थापित गर्न सक्नुपर्छ ।
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !