म्हेन्दोला फोले तामाङ श्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम २०६८


भदौ १४, काठमाडौं ।
रिपोर्ट:मणिकलाल घिसिङ
एफ्एनओ मिडिया हाउसको प्रस्तुती “म्हेन्दोला फोले” कार्यक्रमले १३० पूरा गरेको अवसरमा “म्हेन्दोला फोले तामाङ श्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम २०६८” नेपाल राष्ट्रिय प्रज्ञाप्रतिस्ठानमा भव्य रुपमा सम्पन्न गरियो । तामाङ समाज जगतका वरिष्ठ ब्यक्तित्वहरु, संघसंस्थाका प्रतिनिधिहरु, सिने तथा सांगितिक क्षेत्रका विशिष्ट कलाकारहरु, पत्रकारहरु अनि सर्वसाधारणहरुको उल्लेख्य रुपमा सहभागिताले कार्यक्रमको अझ शोभा थपिएको थियो ।
कार्यक्रम १ बजेदेखी सुरु हुन्छ भनिएतापनि केही प्राविधिक र अन्य समस्याहरुले गर्दा ढिला सुरु भएको थियो । औपचारिक कार्यक्रम हुनु पुर्व म्हेन्दोला फोले कार्यक्रम सञ्चालन मिती र यसले गरेका कार्यहरु र आगामी दिनको लागि यसको योजनाहरुको बारेमा दर्शकलाई सानो वृत्तचित्र प्रोजेक्टरमा देखाइएको थियो । त्यस लगत्तै कार्यक्रमलाई औपचारिकता दिइएको थियो । कार्यक्रमलाई मुख्य गरी दुई चरणमा बाडिएको थियो । पहिलो चरणमा “म्हेन्दोला फोले तामाङ श्रष्टा सम्मान तथा साँगितिक कार्यक्रम २०६८” औपचारिकता दिन अतिथि र विशेष अतिथिहरुलाई आसन ग्रहन गराइनुका साथै प्रमुख अतिथिबाट दियो बाल्दै उत्घाटन गरिएको थियो । यसै चरणमा कार्यक्रलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा तामाङ समाजमा विभिन्न श्रष्टाहरुलाई कदर पत्र वितरणका साथै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम “म्हेन्दोला फोले” कार्यक्रमका सञ्चालक तथा संयोजक सुनिल लामा(दोङ) को सभापतित्व र जयसिह शाह(एनटिभी प्लसका प्रमुख)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसलाई शिक्षाशान्ति वाईवा(पुर्व मिस तामाङ फस्र्ट रनर अप तथा मेट्रो एफएम नाङसाल गेताङका सञ्चालिका) र रोजिना घिसिङ(मिस तामाङ २०११) ले निकै आकर्शक ढङ्गबाट गरिएको थियो ।
सम्मानित ब्यक्तिहरुमा चरिमाया तामाङ(हिरो एक्टिङ टु इन्ड मोडर्न स्लेभरी अवार्ड २०११ विजेता), अमर लामा(तामाङ भाषाको कार्यक्रम सञ्चालक, रेडियो नेपाल¬), रमिता लामा बल(तामाङ समाचार वाचिका, रेडियो नेपाल), अमृत योञ्जन(भाषाविद), खेलबहादुर लामा(विगत ३० वर्षयता नृत्यमा विशेष योगदान), चन्द्रकुमार मोक्तान(पहिलो तामाङ गिती एल्बम वजारमा ल्याउने ब्यक्ति), दिपेन्द्र दोङ तामाङ(सञ्चारकर्मी, गीतकार तथा अध्यक्ष–तामाङ चौतारी समूह), सञ्चु ब्लोन(तामाङ भाषाको कार्यक्रम सञ्चालिका तथा हालसालै बजारमा ल्याईएको कविता संग्रह–कोम्हेन्दो न्हाङला छिगकादे, व्रिखेन), फुलमान वल(नमोबुद्ध एफएमका म्यानेजर), चन्द्रकुमार दोङ(बरिष्ठ संगीतकार तथा नेपाल तामाङ कलाकार संघका अध्यक्ष), कमल लामा(ब्यवासायी) लगायत अन्य विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रमलाई विशेष सहयोग गर्ने विभिन्न संस्थाहरुलाई सम्मान तथा मायाको कोशेली बाडिएको थियो । जसमा कार्यक्रममा प्रायोजनमा सहयोग पुर्याउने फुलमुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्पोर्टस चम्बारा एसोशियसन नेपाललाई सम्मान गरिएको थियो । त्यसैगरि रेडियो पार्टनरहरु मैत्री एफएम, रेडियो नमोबुद्ध, रेडियो नेपाल(स्यालगार) र अनलाइन मिडियामा सहयोग गर्ने संस्थाहरु तामाङसमाज डट कम, तामाङ चौतारी समुह, पेपर मिडियामा सहयोग गर्ने तामाङ सरोकार पाक्षिक, छार गोङमा मासिक र अफिसियल रेष्टुरेन्टमा इन्टरनेश्नल क्युसाइन २०११ लाई मायाको कोशेली बाडिएको थियो ।
कार्यक्रममा अतिथि तथा दर्शकहरुलाई स्वागत सोनीया मोक्तानले गर्नुभएको थियो । उहाको भनाई उदृत गर्दै “२०६५ साल मंसिरदेखी कार्यक्रम म्हेन्दोला फोले एनटिभी टुमा सञ्चालनमा आएको थियो । हाल आएर यो कार्यक्रम एनटिभी प्लसमा प्रशारण हुदै आएको छ । हामी यहाँहरुको माया सदैव रहनेछ भन्ने अपेक्षा गर्दछौ । पहिलो चरणको कार्यक्रम समापन कार्यक्रमका संयोजक तथा म्हेन्दोला फोले कार्यक्रमका सञ्चालक सुनिल लामाले गनुभएको थियो । उहाले कार्यक्रमलाई सञ्चालन गर्न सहयोग गर्ने संम्पुण संघसंस्था, ब्यक्तिहरु लाई धन्यबाद दिनुका साथै आगामि दिनहरुमा कार्यक्रमलाई अझ परिस्किृत रुपमा भाषा क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । अनि पुर्व पश्चिम सबै तामाङ हरुको साझा कार्यक्रम बनाउन धादिङ, नुवाकोट, रसुवाको तामाङ हरुलाई भोलुन्टर गर्न इच्छुक तामाङहरुलाई आव्हान गर्नुभएको थियो ।
सभापतिको मन्तब्यसँगै कार्यक्रम दोश्रो चरणमा प्रवेश भएको थियो । दोश्रो चरणको कार्यक्र साँगितिक माहोलमै सम्पन्न भएको थियो । यो चरणको कार्यक्रम सञ्चालन दिपेन्द्र दोङ तामाङ, रोजिना घिसिङ, शिक्षाशान्ति वाइवाले गर्नुभएको थियो । कार्यक्रममा मयुर नृत्य, हिपहप रिमिक्स नृत्य, म्हेन्दोला माया प्रस्तुती, तामाङ संस्कार झल्कने नृत्यले दर्शकलाई नाचुनाचु बनाईएको थियो । त्यसैगरि आफ्नो स्वरको माधुर्यताबाट सबैलाई लठठयाउन गायकगायिकाहरु तम्तयार देखिन्थे ।
कलाकारहरुले विशेष गरि तामाङ मौलिक र रिमठिम झल्काउने खालका गीतहरु गाउदै दर्शकलाई उत्साहित बनाएका थिए । कलाकारहरुमा चन्द्रकुमार दोङ, इन्दिरा गोले, रोशन फ्युबा, विश्व दोङ, रामबाबु योञ्जन, इन्दिरा योन्जन, तुलसा वाईवा, जमुना योञ्जन, आशुसेन लामा, विजय लामा, रोज मोत्तान, अविनास घिसिङ, विशाल काल्तान लगायत अन्य कलाकारकारहरुले प्रस्तुती दिनुभएको थियो । केही नयाँ प्रतिभाहरुलाई समेत कार्यक्रममा स्थान दिईएको थियो ।
कार्यक्रम करिब ७ बजेतिर सम्पन्न भएको थियो । कार्यक्रम समापन गर्दै सुनिल लामाले आगामी दिनमा पनि यस्तै माया सुझाव सल्लाहको अपेक्षा गनुभएको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।