एक समिक्षा:


१३० औं भाग पुरा गरेको उपक्षमा एक मात्र टेलिभिजन तामाङ कार्यक्रम “म्हेन्दोला फोले”ले एक सभ्य तथा भब्य रुपमा सम्पन्न गरियो । कार्यक्रम दौरानमा केही राम्रा र केही गुनासा गर्ने ठाउँहरु पनि थिए । के कस्ता ठाउँहरुमा सुधारेको भए अझ राम्रो हुन्थ्यो भन्ने सन्दर्भमा आफुलाई लागेको कुराहरु बाँडन चाहे ।

समयको सन्दर्भमा ः
उपस्थितिको लागि दिउसो १ बजेको समय तोकिएतापनि कार्यक्रमले २.३० सम्म पनि दिशा पाएको थिएन । कार्यक्रम संयोजक तथा त्यहाँ खटाईएका स्वयंसेवकहरु निकै हत्तारोमा काम गरेझै देखिन्थे ।

स्वयंसेवकहरु ः
प्र्याप्त मात्रमा स्वयंसेवकहरु खटाईएको देख्दा पनि कामको प्रभावकारी भने केही फितलो नै देखिन्थे । हलको करिब क्षमता बराबरको दर्शकहरुको उपस्थिति हुदाँ प्रमुख अतिथि र विशिष्ट व्यक्तित्वहरुको स्थान दर्शकले ओगट्दा ती अतिथीहरु आफ्नो स्थानको लागि अकमकिनुपरेको अवस्था थियो । खादार्पन गर्दा स्वयंसेवकहरुले अतिथिहरुलाई नै चिन्न मुस्किल थिए र खादा लाउनै छुटिएको अवस्था थियो ।

उदघोषण सन्दर्भमा ः
उदघोषणको जिम्मा तामाङ सञ्चार जगतका हस्तिहरु दिेपेन्द्र दोङ तामाङ, शिक्षाशान्ति वाइबा र मिस तामाङ रोजिना घिसिङलाई जिम्मा दिईएको थियो । दिपेन्द्र दोङ तामाङको आकर्शक द्यबअप क्तबनभ ब्ललयगलअझभलत ले दर्शकहरु कार्यक्रमको उडान भर्ने तयारीमा देखिन्थे ।
मिस तामाङ रोजिना घिसिङ जब तामाङ भाषामा कार्यक्रम सञ्चालन हुनुपर्छ भनी दर्शक दिर्घाबाट आवाज गुन्जाईयो, केही बेर अकमकिनु परेको थियो । तर त्यो अकमकाईले धेरै बेर निरन्तरता पाउन सकेन किनभने सँगै उभिएका थिए तामाङ सञ्चार जगतका हस्ति दिपेन्द्र दोङ तामाङ । अनि लगत्तै शिक्षाशान्ति वाईवाको आगमनले फेरि दर्शकको आवाज सुन्यतामा परिनत भो, किनभने त्यहाँ दर्शकको चित्त अबुझ्दो कुनै ठाउँ थिएन ।

गीत तथा प्रस्तुतीको सन्दर्भमा ः
अधिकांश गीत तथा प्रस्तुतीहरु तामाङ मौलिक झल्काउने खालका नै थिए । बीचबीचमा भने केही असुहाउदो माहोल खडा गर्ने अत्याधुनिक हिन्दी र अँग्रेजी मिक्स टाइपको म्युजिकमा भर्खरका केटाहरु नचाइएको थियो । मयुर नाच, म्हेन्दोमाया नाच, तामाङ संस्कार झल्काउने नाचहरु भने कार्यक्रमलाई शोभा दिने थप चिजहरु मान्न सकिन्थ्यो ।

प्राविधिक र अन्य समस्याहरु ः
सम्मानित व्यक्तित्वहरुको नाम घोषना गर्ने क्रममा भने केही कमजोरीहरु देखिएकै थियो । सम्मान हस्तान्तरण गर्नुपूर्व नै अर्को सम्मानित ब्यक्तित्वको नाम घोषना हुँदा दर्शक निकै झुक्किएका थिए । जस्तो पुरुष सम्मानित ब्यक्तित्वले सम्मान ग्रहन गर्दै गर्दा महिला सम्मानित ब्यक्तिको नाम बोलाइन्थ्यो ।

कलाकारहरु र प्रस्तुती ः
तामाङ संगीत जगतका जत्ति पनि चर्चामा रहेका छन्, लगभग ८० प्रतिशत भन्दा बढीको सहभागिता पाउन सकिन्थ्यो । धादिङ–नुवाकोट देखि सिन्धुपाल्चोक, काभ्रे–रामेछापसम्मको कलाकारहरुले आफ्ना प्रस्तुती दिएका थिए । लगभग सबै गायक गायिकाहरुको प्रस्तुतीमा तामाङ मौलिकता झल्किएको पाइन्थ्यो ।
रोशन फ्युबा, हेम वाइबा तथा अन्य कलाकारहरुले म्हेन्दो माया गीत र नाच प्रस्तुत गर्दै दर्शकलाई नै जुरुकजुरुक बनाए ।  कार्यक्रमको अन्तिम समयमा आसुशेन लामा, विजय लामा, अविनास घिसिङ, रोज मोक्तान जस्ता चर्चित कलाकारहरुले भने माया पिरतीका गीत गाउदै मज्जा लुटाईदिए ।

दर्शकहरुको सन्दर्भमा ः
२ बजेभित्र लगभग ६० प्रतिशत दर्शकहरु कार्यक्रम हलभित्र प्रवेश गरिसकेको अवस्था थियो । कलाकारहरुको प्रस्तुतीसँगै कम्मर मर्काउन ब्यस्त देखिन्थे । उफ्राई र आवाजको समागमले दर्शक उत्साहित बनेका थिए, त्यसैले कलाकारहरु अनुरोध गर्दै थिए “नाच्नुहोला तर आफू बसेको कुर्सी नभाच्नुहोला” ।

कार्यक्र प्रस्तोता सुनिल लामा ः
उहाँ निकै खुशी मुद्रामा दर्शकहरुलाई मधुर मुस्कान साट्न ब्यस्त देखिनुहुन्थ्यो । बारम्बार Flying kiss दर्शक तिर हुर्याउदा दर्शकले पनि जवाफमा उही दिन्थे । कार्यक्रमको सुरुवातदेखि नै प्रमुख अतिथी जयसिह शाहको साथमा स्टेजमा हुनाले, उहाँको हाउभाउ र क्रियाकलापहरुलाई दर्शहरुले राम्रैसँग नियालिरहेको अवस्था थियो ।

समग्रमा कार्यक्रम ः
हामीले गर्व गर्न सक्छौं तामाङहरुको पनि टेलिभिजन कार्यक्रम छ भनेर । अत्यन्तै धेरै तामाङ दर्शकहरुको उपस्थितीमा गरिएको यो कार्यक्रमले तामाङहरुमा एक उत्साह थपेको छ । आमागी दिनहरुमा यसले थप कार्यहरु गर्दै जाओस् भन्ने शुभकामना ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।