पत्रकार सम्मेलन


नेपाल तामाङ घेदुङको कार्यलय पुतली सडकमा यही भाद्र १५ गते नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जनको सभापतित्वमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो भने सञ्चालन घेदुङका सचिव प्रतिक ङेसुरले गरेका थिए । सो अवसरमा तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरत लामाले आफ्नो सोसाईटीको बारेमा छोटो चर्चा अनि मृतक विश्वरामको बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल तामाङ घेदुङले यही भदौ १५ गते एक प्रेस विज्ञप्ति जारी गरेको । रसुवा जिल्ला शरमथली ५का वीरबहादुर लामा तथा हरिमाया तामाङको ३२ वर्षीय छोरा विश्वराम लामा सन् २००४ मा विद्यार्थी भिषामा अमेरिका पढ्न गई न्यूयोर्क, उडसाइडमा बस्दै आएका थिए । तर गत जुलाई १८ तारिखमा तामाङ सोसाइटी अफ अमेरिकालाई उनी सम्पर्कमा नरहेको भनी खबर आएपछि खोजबिन गर्ने क्रममा उनको फोन लागेको तर नउठ्ने गरेको हुँदा १९ जुलाईमा प्रहरी समेत गई हेर्दा उनको बन्द कोठामा मृत्त अवस्थामा फेला परेका थिए । मृतक परिवारले घेदुङसँग शवलाई ल्याउन सहयोगको लागि आग्रह गरेका थिए अनि तत्काल तामाङ सोसाइटी अफ अमेरिकासँग कुरा हुदा काम भइरहेको बताएका थिए । हृदयघातबाट उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाए लगत्तै शव नेपाल ल्याउन सम्भव नदेखिएकोले उनको परिवारलाई अमेरिकामा बोलाउने निर्णय गरियो । निजको परिवारलाई भिषा नमिलेकोले यस परिस्थितिमा तामाङ सोसाइटी अफ अमेरिकाले आफ्नो पहलमा मृतक लामाको २०११, अगष्ट १३ मा दाहसंस्कार गरियो ।
विश्वराम लामा वेभसाइट डिजाइनर र आइटी विषय लिएर पढिरहेका थिए । उनी हृदय रोगी भएको कुरा पनि खुल्न आएको छ । उनको सामानहरु अमेरिकी प्रहरीले अझै पनि हस्तान्तरण गरेको छैन । उनको सहयोगका लागि तामाङ सोसाईटी अफ अमेरिकाले उठाएको रकम मध्ये उनको दाहसंस्कार कामको लागि खर्च गरेर बचेको रकम रु.३,०५,४४५।– उनको सहोदर आमा तथा दाईको हातमा तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरत लामाको हातबाट हस्तान्तरण भएको छ । उनको बुवा पनि उपचारको क्रममा यही भाद्र १२ वित्नुभएको थियो ।
यस कार्यमा सहयोग गर्ने सम्पुर्णलाई नेपाल तामाङ तामाङ घेदुङको तर्फबाट महासचिब कुमार ब्लोन तामाङले धन्यवाद र आभार प्रकट गर्नुभएको थियो ।
यसै क्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जनले सो कार्यक्रममा घेदुङको सातौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएदेखी  २ महिनाको अवधिमा गरेका गतिविधिहरुको संक्षेपमा चर्चा गर्दै यो दुई महिना बीचमा केही महत्वपुर्ण कामहरु सम्पन्न भएका छन् तर तिनको फलोअप गर्ने काम निरन्तर हुननसकेको छैन । जसको निरन्तर आवाज उठाई जनदवावको सशक्त माध्यम सञ्चार क्षेत्रबाट यी कामहरुको समिक्षा गरी राज्यले बोलेका र गर्नुपर्ने कामहरुका विषयमा आवाज उठाउन अपिल गरिएको थियो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।