बिबस

सुनसान ती उहिलेका मसान घाटहरु
सुन्यतालाई नै  चटक्कै छाडेर
मानबकै अत्याचारले किचिएका
अन्यायले निस्सासिने गरी थिचिएका
अनि मृत्‍युसँगै मसान घाट पुग्न बिबश
मानबको लासको स्वादमा रमाइरहेका छन्............।।

काँपिएका मुटुहरु चित्कारसँगै छट्पटिएका छन्
शब्दहिन स्वरहरु गुन्जिन नपाउदै दबिएका छन्
अन्याय गर्नेहरुको सङ्ख्यालाई उछिन्दै
अन्याय सहनेहरुको सङ्ख्यामा बृदि हुँदा
जिउदो शरीरभित्र मरेका मनहरु बाचिरहेका छन्
अनि मसान घाटहरु
दिनकै नयाँ लासको स्वाद चाख्न पाउदा
मरेका-मारेका लासहरु काखमा राख्न पाउदा
आँफैसँग खुशी साट्दै रमाइरहेका छन्............।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।