रक्तरन्जित क्रान्तिको खेल थियो

रक्तरन्जित क्रान्तिको खेल थियो
त्यसताका बिद्रोहको भेल थियो
क्रान्तिको ताप-रापलाई सेलाउन
अब शितल छहारिको साथ चाहिएको छ
क्रान्ति होइन अब शान्ति चाहिएको छ  ................!!

मनको बह मनसँग साट्न नपाउदै
हासोआशु आपशमा बाँड्न नपाउदै
समयले त कोल्टे फिरिसकेछन्
फिरेको समय प्राप्तिको लागि
जागरको त्यो महा-सागर चाहिएको छ
क्रान्ति होइन अब शान्ति चाहिएको छ  ................!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।