उल्टो जमाना पो आयो क्यारे...

नयाँ लुगालाई झुत्राझुत्रा पारी लाउछन् यहाँ
त्यसैलाई नभाको फेसन भनी लाउछन् यहाँ

लाग्छ गरीबहरुको जमात फेरी बढिरहेछन्   
टाल्नै नपर्ने ठाऊमा टालिटाली लाउछन् यहाँ

चिन्नै छाडियो केटा र केटी बोलाउनै भो लाज
केटाले भन्दा केटीले छोटो लुगा लाउछन् यहाँ

केटीले पाल्नुपर्ने कपाल अब केटाले पाल्छन्
हुँदाहुँदा केटाले पो टप-बुलाकी लाउछन् यहाँ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।