शिव-पार्वतीलाई सम्झेर हिन्दू महिलाले मनाउने चाडलाई आफ्नो भनेर मनाउनु ठीक जस्तो लाग्छ यहाँलाई ?

आज तीजको दिनको माहोल तिजमय छ, हिन्दू महिलाहरुले मनाउने यो पर्बलाई अरु धर्ममा आस्था राख्ने महिलाहरुले पनि मनाइरहेको अवस्था छ । जानेर हो कि नजानेर यसलाई नेपाली महिलाहरुको चाड वा पर्ब भनेर भन्नेहरुको सङ्ख्या पनि निकै देखिएको छ । जहाँ शिव-पार्वतीलाई सम्झेर तीज मनाउछन्, के यसलाई हामी तामाङ नारिहरुको पर्ब भनेर भन्न मिल्छ ? के हिन्दू धर्मको भन्दाभन्दै पनि बुद्ध धर्म वा अरु धर्म मनाउनेहरुले यसलाई अबलम्बन गर्नु मुर्खता होइन ? अनि तीजको वकालत गरेर बोल्ने तामाङलाई के भन्ने ?

18 comments

Reply by Panchaman pakhrin Tamang on September 15, 2010 at 11:55am
ल्हास्सो,,मणिक जीको भनाइमा मेरो १००% सहमत छ MR बर्दान जी(दाइ) यस्तो MIXED कुराको बारेमा सोच्नु पर्ने के छ भने NAME पार्टीको नामकरण गर्ने NAME पनि MIXED छ । यसबाट हजुरले फाईदा भन्दा बेफाईदा धेरै पाउने छ । फेरी हजुरले नारिलाई सट्टा दिने भन्नु भएको छ । तर TOP मा CHAIR MAN केटा भन्दा मलाई कस्तो कस्तो खिचडी जस्तो लाग्यो । HOPE WILL RECTIY AND TAKE RIGHT DECISION . नारिलाई सत्ता दिने तर तीजको बेला फेरी मेरो भगवान भनेर खुट्टाको पानी खान र ब्रत कस्ले बस्ने ? कता कता के के कस्तो कस्तो हो दाई HHAHHAH BYEEEEEE

Reply by xiten Thokar on September 15, 2010 at 1:19pm
First of all thanks a lot for manik ji,coz u have raised a good question,i appreciate ur feelings,in fac,t i dnt think that TEEJ is a festival for tamang people,its just my openion towards manik jis' ques.
i hope,it would be better dat if we celebrate our own festivals dan de other societys' .but at some cost we can just give hands to our frens who celebrate teej,that would not be de wrong in my view.but we shud be concious in dese type of stuffs.hope for the good,better and best always...preserve our festival ......thanks
xiten thokar,
universal sodexho

Reply by Manik Lal Ghising TC Boardmember on September 15, 2010 at 5:52pm
Delete
लासो फ्याफुल्ला पञ्चमान जि,,
थुजेछे तपाईंलाई समर्थनको लागि अनि आफ्नो महत्वपूर्ण बिचारको लागि । पक्कै पनि उहाको तर्कलाई आफ्नै तर्कले काटिरहेका छन् र फितलो पनि बनाइरहेका छन्, त्यो कुरा तपाईं हामी सबैले अनुभव गरेकै कुरा हो । खोइ कसरी भन्ने, उहाले अझै पनि आफ्नो तर्कलाई सकिनसकी हुत्त्याइरहनुभएको छ । हास्न पनि नसकिने, नहासु त कुरा उस्तै गर्नुहुन्छ । अब यत्ती भनेपछी त के भन्ने खोइ ?

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on September 15, 2010 at 6:25pm
Delete
Xiten Thokar ji,
Thank you so much for your views with logic words. Sometimes, the mind works just for bad things to be committed. Teej, only the festival of Hindu Women, but has came out as if it's others too. The clear image of stupidy of our own relative-sisters put us to embarrassed way. We are either of both or of one, in between the cultures of two different very community just like pendulum.

Storm of pain just lined up to destroy our own-ness, instead of preserving all their acts of doing are against what actually we poses on reality. They damn cared and forgetting their own identity by blindly following imported or adopted cultures from others. We can do nothing but they are doing all for making fuss. Nothing will be there to gain................

Thanks indeed for your all wonderful suggestive words of comments onwards.

Reply by Loser Ghising on September 15, 2010 at 9:01pm
बर्दान जी शायद अब मोइले केही लेखी रहनु नपर्ला उत्तर मणिक जीबाट प्रष्ट आइसक्यो। मात्र यती भन्न चाहन्छु: तपाईं यती जोडले महिलवादी भएर वकालत दिने पार्टीको नेता खोइ त मणिक ब्रोले भन्नु भएजस्तो शिव लिङ्गको पूजा, लोग्नेको खुट्टाको पानी खाने यही होइन त नारी अधिकार? त्यसैले हामी आरोप या भेदभावको कुरा गरेको होइन। हामी त मात्र हामीलाई हाम्रो पहिचान प्यारो छ। हाम्रो संस्कार संस्क्रिती प्यारो छ त्यसैले हाम्रो आफ्नै यती धनी संस्क्रिती हुँदा हुँदै त्यो विक्रिती युक्त त्यो बिभेदकारी संस्कारको किन फलो गर्ने? तपाईं महिला मुक्तिको वकालत गर्ने व्यक्तिले यी कुराहरु ध्यान दिनु जरुरी छ। मणिक जीको प्रतिकृयाबाट धेरै कुर सिक्न सक्नुहुन्छ।

Reply by Manik Lal Ghising TC Boardmember on September 16, 2010 at 11:27am
Delete
लुजर ब्रो,,
थुजेछे ब्रो सुन्दर प्रतिकृयाको लागि । बिभिन्न चरनको महत्वपूर्ण छलफल हामीले पुरा गर्‍यौ । त्यसमा कत्तिपय कुराहरुमा चित्त बुझ्दो जवाफ पनि पाए र कत्तिपय अवस्थामा चित्त नबुझ्दो अवस्था । तर पनि यो छलफल र बहस निकै सान्दर्भिक नै रह्यो भन्ने ठानेको छु ।

तीज पर्बको छोटो परिचर्चा:
तीज नेपाली हिन्दू महिलाहरुले मनाउने धार्मिक चाड हो । धार्मिक मान्यता अनुसार हिमालयकि छोरी पार्वतीले आफुले मन परएको स्वामी शिवजिलाई प्राप्त गर्न गरेको कठोर संघर्सलाई ब्रतको रुपमा व्याख्या गरेको पाईन्छ ।

अजा विश्व २१ औ शताब्दीबाट अघी बढीसक्दा पनि "हाम्रो समाज संचालनको आधार" भने धार्मिक मान्यता र सामन्ती सस्कारमा अडेको छ । जुन बिज्ञानसँग टाढा र आमिल्दा छन् । सन्दर्भ तीज पर्ब भएकोले यसको बैज्ञानिकतालाई हेर्ने हो भने यो तथ्यहिन, काल्पनिक कथा सिवाय केही होइन भन्ने प्रमानित हुन्छ । यसको बिकास भने पुरुष प्रधान समाजअले महिलालाई आफ्नो भोग बिलासको साधन मान्ने ब्यबस्थाबाट शुरु भएको देखिन्छ ।

पित्रीसतात्मक ब्यबस्था सुरु हुँदा महिलाहरु बिभिन्न हिङ्सा, शोषन र अत्याचारको पकृयाभित्र जकडिन्छन् । त्यसबेला महिलाहरु पुरुषको मुठ्ठी भित्रको बस्तु मात्र ठहरिन्छ । पहिले महिलाहरु सानै उमेरमा अरुको घर जानुपर्ने बाध्यता थियो र यसो गरेमा आमाबुवा स्वर्ग जान पाईन्छ भन्ने मान्यता पनि थियो । बुहारी भएपछिको पीडा शायद महसुस गर्न सकिन्थ्यो कत्ती गाह्रो हुन्छ भनेर ।

हाम्रो पुरुषप्रधान संरचनाले यस दिनमा ब्रतले महिलाहरु जत्ती नै शिक्षित भएपनि, स्वाभिमानी भएपनि पुरुषको आश्रयमा लागि दिन्छ । यसको नराम्रो पक्ष झन बिकरा हुँदै गएको छ । तीज सम्पन्न बर्गको लागि उनिहरुको औकात प्रदर्शन गर्ने अबसर भईरहेको छ । बिभिन्न तरिकाबाट तढकबढक प्रदर्शन गरी एक आपसमा भौतिक बस्तुहरुको प्रतिस्पर्धामा उत्रिएका छन् । यसबाट बिपन्न बर्गको महिलाहरुमा दोहोरो पीडा भएको छ ।

यसरी तिजको सन्दर्भमा महिला सँग जोडीएका कुराहरुलाई आजका शिक्षित, प्रगतिशिल महिलाहरुले उजागर गर्नुपर्दछ र त्यसको नराम्रो पक्षहरुको भन्डाफोर गर्नुपर्दछ । त्यसैबाट सुन्दर परिवर्तनको आशा देख्न सकिन्छ ।

Reply by Dal Bahadur Dong on September 17, 2010 at 12:34am
आफ्नो मत जाहेर गरेर केही कुरा सिक्ने मौका दिनु भएकोमा मणिक जी तथा सम्पूर्ण मित्रहरुलाई म हृदय देखिनै धन्यवाद भन्न चाहन्छु। अझ तीज पर्बको नराम्रा पक्षका बिषय बस्तु राखीदिनुभएकोमा मलाई धेरै खुशी लागेको जानकारी गराउदाछु। मेरा मित्रहरु, हामीले राम्रा कुराहरु पनि हेरी सक्याउ भनी सक्याउ तर खाटी कुरा त हामीले यो पर्बको बारेमा हामीमा बिराजमान अन्धेरो पक्षलाई मात्रै हटाउनु थियो। यहाँसम्माको यो यात्रामा मैले अत्ती नै सन्तोषजनक अभिब्यक्ती पाये मित्रहरुबाट। १०० मा १०० त केही पनि हुँदैन भन्ने कुराको हेक्का त हामी सबैलाई छ नि होइन र? वास्तवमा हामीलाई अरुको बारेमा रार्मो र नराम्रो कुराहरु गरी समय बर्बाद गर्नुमा कुनै रुची छैन तर प्रसङबश कुरामा कुरा थप्ने क्रमले यहाँसम्मा ल्यायो हामीलाई।

मणिक जी ले भन्नु भये झै यो पर्बले हिन्दू नारिहरुमा अनावश्यक होड्बाजिको प्रथा बसालेकोछ, वास्तवमा भन्नु पर्दा। नारिलाई पैतालाको धुलो ठानेर कुल्चने सामन्ती सन्स्कार्को जिउदो उदाहरण मात्रै हो तीज, यो भन्दा अरु केही होइना। आफुले हिडिरहेको बाटो कसैलाई प्यारो लाग्छ त्यो हाम्रो चिन्ताको बिषय पनि कदाचित होइन। यस्तो बिभेदपूर्ण सन्स्कार्को वकालत गर्नु आजको २१सौ शताब्दिका हामी तमाङहरुको अल्प दृष्‍टि मात्रै हुन सक्छ भन्ने मेरो धारणा रहेको पनि जानकारी गराउन चाहन्छु।

मित्र बर्दान जीको अभिब्यक्ती अत्ती नै फराकिलो भएकोले होला शायद मेरो मानसपटलमा नघुसेको तर वहाँलाई आफ्नो पहिचानको बारेमा भने जानकारी नै रहेन कि कसो हो बुझ्न पो गाह्रो भयो मलाई त। मुखमा राम राम पनि छ फेरी बगलिको छुरा पनि देखै रहनु भएकोछ, के यो दुर्भाग्य होइन हामी तमाङहरुको लागि? बर्दान जी जस्ता हस्तिहरुको भ्रामक अभिब्यक्तिका कारण हामी आफू आफूमा नै अनावश्यक शन्का उपशन्का उत्पन्न हुन सक्छ। तमाङ समुदायलाई कसरी उन्नतिको बाटो तर्फ लम्काउने हो तेतातिरा नसोचेर अरुको देखासेखी गर्ने तर्फ वहाँका अभिब्यक्तिले तमाङहरुलाई उक्सैरहेको प्रस्ट देखे मैले। मलाई पनि अब त यस्तै लाग्न थालयो कही बर्दान जी बाख्राको छाला ओढेको ब्वासा त हैन? यदी हो भने खोल फालेर आउनुस् हैन भने, " भेडा भेडासँग बाख्रा बाख्रासँग" त हुनै पर्‍यो नि, कि कसो?

Reply by Panchaman pakhrin Tamang on September 17, 2010 at 8:36am
lhasso Dal bdr G good morning early in the morning hajur ko comments padna paya khusi lagew hami adhikamsha kehi garna nasake pani tamang ko barema Good thinkerko rupma chhaw pakkai pani one day may we can some thning good for community an absulitly right about mr Bardan G may be he will turned his power and way at right place for right thing. hunata wahale pani pakkai something try ta ho tara it has to be long lasting ma ta parsonnelly wahalai bhanchhu ali mixing bhanda pure hos sabai ko mildo hos hal ta waha pani practice basis ma hola pakkai pani one day wahale ramro nai garnu hune chha bhanne asha chha hamro comments bata pani kehi sandesh pakkai bhayako chha thanks

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on September 17, 2010 at 9:50pm
Delete
ल्हास्सो फ्याफुल्ला दल जि,
तपाईंलाई धेरैधेरै धन्यवाद छोटो बिश्लेशनात्मक बिचारको लागि । पक्कै पनि, जे-जस्ता हामी बिच बिचार-बिमर्शका क्रममा तर्कहरु प्रस्तुत भए त्त्यसबाट महत्वपूर्ण कुराहरु सिक्ने अबसर प्राप्त भएको छ । आफुलाई चित्त नबुझेको कुरामा राम्रोसँग अर्को पक्षको तर्क काट्ने काम भएको पनि छ । यसबाट बिबाद होइन बरु समाधान र सरलताको लागि के कस्ता कदमहरु चाल्न सकिन्छ आगामी दिनहरुमा भन्ने कुराको राम्रो बोध भएको छ । यो बहस बिबादको लागि नभएर समाधानको लागि उपाय खोज्न गरिएको महत्वपूर्ण छलफल जस्तो लागेको छ ।

तपाईंको सम्पूर्ण बिचारहरु महत्वपूर्ण र मननिय छन् । त्यसैले मैले धेरै प्रतिशत तपाईंले उठाउनुभएको सवाल र जवाफमा नै आफुलाई समर्थ गरेको आभास गरेको छु । त्यसैले यहाँलाई पनि बिशेष धन्यवाद, आफ्नो स्पस्ट बिचार-बिमर्शको लागि केही समय खर्च गर्नु भएकोमा । आगामी दिनहरुमा पनि यस्तै महत्वपूर्ण बिचारहरुको साथमा पक्कै देख्न पाउनेछौ भनेर हामीले आशा राखेका छौ ।

Reply by Loser Ghising on September 12, 2010 at 9:55pm
मो पनि यती अचम्मित भाको छु कि तीज त कहाँ हिन्दू महिललाई लाग्यो र हाम्रो तामाङ नाना आङाहरुलाई त तीजभन्दा पहिलादेखी नै हो। फेसबूकमा बरु हिन्दूहरुले तेती सारो स्ट्याटस लेखेन। हाम्रो तामाङ नाना आङा अनी ज्योज्यो आले समेत तीज आउनुभन्दा धेरै दिन अघिदेखी नै शुभकामना लेखेको देख्दा के भन्नु, अब आफ्नो धर्म संस्कारको वकालत त वहाँहरु आँफै पनि गर्नु हुन्छ तर हाम्रो तामाङ हरुको अती फुर्ती बेशी देख्दा त भन्नै मन लाग्छ। यस्तै हो भने अव हामीले अफुलाई बुद्धिस्ट भनी के नाक फुलाई भो र? अब मर्दा पनि बाहुन ल्याएर पशुपतिमा लगेर दाह संस्कार गरे भो।

Reply by Dal Bahadur Dong on September 12, 2010 at 11:48pm
लास्सो
मणिक जी तथा लूजर जी !
वास्तवमा यो बडो दु:खको कुरा हो हामीहरुको लागि। हामीले जत्ती सुकै प्रयास गरे पनि कहिले काही त यस्तै लाग्छ कि खेर गयो सबै मेहनत। तर खाटी कुरा चाँही यही रहेछ कि हाम्रो तमाङ समाजमा आफुलाई निकै आधुनिक हुँ भनेर ढोङ र स्वाङ देखाउनेको सन्ख्या अत्यधिक छ। तेस्ता ढोङी र स्वाङिहरुको कारणले गर्दा पनि हामीलाई चाहे जत्ती सफलता हात नपरेको होला। यो त बेइज्जतिकै बिश्यय हो। बुद्धको सन्तान भएर पनि शिवजी को लिङको पूजा गर्नु त, कि कसो ?

यी सब हुँदा हुँदै पनि आज हामी आफुलाई शिक्षित र जानकार ठान्नेहरुको भूमिका भन्नु नै ति अन्यौलमा परेकाहरुको उद्धर गर्नु हो। जबसम्मा हाम्रा तमाङहरुलाई आफ्नो अस्तित्वको बारेमा ज्ञान हुँदैन तबसम्म हामीले दोहोर्यौने नभये त्यहाँर्यौने, कि कसो? हामीले हिम्मत हार्ने त सवाल नै आउँदैन साथी हो। ब्यक्तिगत रुपमा त मलाई धेरै खुशी लागेको छ किनकी बितेको दुई दशक भित्रमा हाम्रो तमाङ समाजले ठुलो फडको मारी सकेकोछ जस्लाई साकारअत्मक नै मान्नु पर्छ ।

तीज त गयो अब आउँदैछ दशै र तिहार। हामीले जन चेतनाको अभियानलाई जो जहाँ छ तेही बाट तिब्र पार्दै लैजादै गरौ कस्सो नबुझ्लान र तिन्ले। आज हामी माझ तमाङ चौतारी छ जस्ले नोकिया( हामीलाई संपर्कमा राख्ने) को भूमिका निभाइरहेको छ। म त भन्न चाहन्छु हामीले जाने जत्ती कुरा, बुझे जत्ती कुरा आ आफ्नो घर घरमा सबैलाई सम्झौदै जाने हो भने पनि धेरै गुणात्मक फड्को मार्न सफल हुनेछौ। देर होला तर अवश्य अन्धेर हुनेछैन।

Reply by Manik Lal Ghising TC Boardmember on September 13, 2010 at 9:33am
Delete
लुजर ब्रो,
सही भन्नु भो ब्रो । मैले पनि त्यस्तै अनुभव गरेको थिए कि तीज त अब हाम्रै तामाङ दिदिबहिनीले पो जोडले मनाउन लागेको रहेछ । अरुलाई भन्दा बिशेष पर्ब नै आएको जसरी शुभकामना दिने र दर खाने-ब्रत बस्ने कुराहरु गरिएको देखे । सम्पूर्ण रुपमा आफुलाई हिन्दू नारिको चरित्रमा समर्पित गरेको देखे । नबुझेर हो कि बुझ पचाएर या हाम्रो सस्कार-परम्परालाई नै चुनौती दिदै यस्तो गरिएको हो त्यो त मलाई पनि थाहा भएन । बेर छैन ब्रो, मर्दा पनि हाम्रो सस्कारको बिरुद्ध बाहुन पुरोहित द्वारा नै काज कृया गर्ने कुरामा ।

Reply by Manik Lal Ghising TC Boardmember on September 13, 2010 at 9:43am
Delete
लासो दल जि,
तपाईंको बिचारमा मेरो पनि शत प्रतिशतको समर्थन । बास्तबमै आफुलाई आधुनिक मानिनेहरुबाट अबुझपनको यो नाटक मन्चनले मलाई पनि अचम्मित् पारेको छ । बुझेको हो भने उल्टो बुझेको, होइन भनु भने आफुलाई आधुनिक भन्न पछी नपर्नेहरु । तपाईंको सवाल जायज लाग्यो "बुद्धको सन्तति भएर शिव लिंगको पूजा गर्ने हो र ?"

धेरै तामाङ साथीहरुसँग मैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साक्षात्कार गर्ने मौका पाए । पढ्ने र जान्ने ब्यक्तिहरुबाट जब उल्फट्याङ र नबुझ्दो पारामा घुमाउरो कुरा गरिन्छ नि, यस्तो चाला देख्दा हासोले ओठ ढाकेको पत्तै हुन्न । पक्कै पनि, हामीले तामाङ र तामाङ समाजले बिकासको त्यो गन्तब्यतिर पाइला नै चालेका छैनौ भन्न पक्कै मिल्दैन । हाम्रो आगामी दिनहरुमा अझ धेरै चुनौतिपूर्ण खुड्किलाहरु छन् पार गर्नुपर्ने ।

पक्कै पनि, केही आफुले जानेका कुराहरु कमसेकम त्यो घरको अर्को सदस्यलाई भन्न सक्ने र तामाङ समाजमा चाँही यस्तो रहेछ है भनेर बुझाउनु सक्याउ भने हामी सफल भएको ठहरिन्छौ । अझै पनि कुनै ठाउमा ल्होछार के हो र कसरी मनाइन्छ भन्ने कुराको ज्ञान समेत् छैन, जब कि यो बिषय हाम्रा समाजमै प्रतिष्ठित मानिएका ब्यक्तिहरु बिचमा पनि स्पस्ट मत आइनसकेको अवस्था छ । जस्तो कसैले ज्ञाल्पोलाई तामाङहरुको ल्होछार भन्ने गरेको पाईन्छ भने कतै सोनाम ल्होछार । त्यसैले तामाङहरुलाई आफ्नो पर्ब कुन हो भनेर पहिले सम्झाउनु र बुझाउनु जरुरी छ ।

Reply by Roshan Dong Tamang on September 14, 2010 at 9:42am
ल्हास्सो फ्याफुल्ला मणिक जी, लुजर जी र दल जी,,,,,
बिषय 'तीज' मित्र मणिक जी समय सान्दर्भिक कुरा उठाउनु भएकोमा हजुरलाई धन्यबाद । हामी स्विकार्न सक्छौ कि हामी भन्ने बेलामा बुद्ध धर्मसँग आबद्ध छौ तर हिन्दू धर्मलाई र सँस्कृतीलाई पनि छाड्न सकेका छैनौ । यो बिषयमा पहिले पनि धेरै चर्चा भैसक्यो, हुँदै छ र हुनु पनि पर्छ । समय परिवर्तनशिल छ एक दिन अवश्य परिवर्तन होला मेरो बिश्वास पनि ।

परिवर्तन कसरी ल्याउने हो यो बिषयमा हामी सचेत युबा, बुद्धिजिबीहरुले आजैबाट सोच्न सुरु गर्नु पर्छ । हामीले एकर्कालाई गाली गरेर समस्याको समाधान हुँदैन बरु मनमुटाब मात्र हुन्छ । यो स्थितीको महसुस मैले पनि गरेको छु । अघिल्लो लेखहरुमा हिन्दू सँस्कृतिको बारेमा धेरै चर्चा भैसकेको पनि छ । स्पस्ट गर्नु खोज्दा हिन्दू तामाङ हो कि भन्ने आरोप पनि लागेको देखेको छु, पढेको छु, सुनेको छु ।

परिवर्तन जबर्जस्तिले हुँदैन । यसको लागि चेतनाको आवश्यक छ । एउटा सनो उदाहरण:सानो नानी वा बाबुलाई लौरो देखाएर, ऊट्बस गराएर ब्यबहार परिवर्तन गराउनु अभिबावक वा Teacher को मुर्खता हो भन्छु म ।

हो, यही कुरा बुझ्नु अवश्यक छ हामी सबैले । शिक्षाको ज्योती छरौ, ज्ञान बाडौ, चेतनाको लहर फैलाऊ, ब्यापक प्रचारप्रसार गराऔ, बिभिन्न कार्यक्रमहरु गराऔ जस्ले हाम्रो गलत सोचको परिवर्तन गरी आफ्नो मौलिक सँस्कृति,चाड पर्बको लक्ष गरोस् । कसरी मनाउने आफ्नो चाडपर्बलाई यसको बारेमा ज्ञान होस सबैलाई । धन्यबाद ।।

Reply by Panchaman pakhrin Tamang on September 14, 2010 at 2:18pm
ल्हास्सो सम्पूर्ण मित्रहरुमा नमस्ते फ्याफुल्ला AND तपाईंहरुको DISCUSSION राम्रो लाग्यो । हुन त हाम्रो MAIN PROBLEM भनेको हामी तामाङहरु प्राय आफ्नो भन्दा अरुको पछि लाग्ने चलन छ अनि हामी बुझ्ने पढ्ने भन्दापनि हावामा अरुको पछि लाग्ने धेरै छन् । यो किन यस्तो हुन्छ भन्दा हामी तामाङलाई साह्रै ठुलो मान सम्मान चाहिन्छ । अरुले मिठो भाषामा बिश मिसाएर दिएपनि खुशी मानी लिन्छ । हाम्रो बैचारिक संघर्सको कमी छ, छिटो रिसाउछौ चाडै रिसिभिको सधैं चलन छ । अबको TIME भनेको बिचारको हो हामीले प्रस्ट रुपमा आफ्नो भाषा र धर्मको बारेमा बुझाउन नसक्दा धेरै बिचलित भएको छ । धर्म र सस्कारमा STRONG DECISION लिन सकी रहेको छैन । बर्सौदेखी लागिएको कुरालाई छुट्याउन धेरै कठिन हुँदा रहेछ । मेरो त आफ्नो गाउमा सम्झाउदा SOMETIME आँफै साह्रै दिक्क हुन्छ । यसको लागि मेरो विचारमा हाम्रो लामा-गुरुहरुले समाजको बरिस्ठ मान्छेले जबसम्म SERIOUSLY लिदैन तबसम्म अझै हामी पछि पर्ने छ । INTERNET AND बिभिन्न संचारको माध्यमबाट हामीले आफ्नो साझा होटेल OR MANY BUSINESS SECTOR म INVOLVE हुनु जरुरी छ । SO WE CAN IMPROVE SOON ANY SECTOR LIKE BUSINESS MANPOWER HOTEL भाषा धर्म AND CULTURE . आजभोलि अलीअली तामाङहरु धेरले आफ्नो बारेमा CONCERN गर्न लागेको पाए,,ITS OUR ACHIEVING GOAL THANKS LOT TO ALL..............

Reply by Manik Lal Ghising TC Boardmember on September 14, 2010 at 6:04pm
Delete
ल्हास्सो फ्याफुल्ला रोशन जि,,
हजुरलाई धेरैधेरै धन्यवाद महत्वपूर्ण बिचारहरु राख्नुभएकोमा । तपाईंले सही भन्नु भो हामीले पूर्ण रुपमा न त हिन्दू धर्मलाई आफ्नो भनी स्विकार्न/नकार्न सकेका छौ न त बुद्ध धर्मलाई त्याग्न/अबलम्बन नै सकेका छौ । यही दुई धर्मबिचको अ-स्पस्ट चपेटाभित्र हामी निरन्तर निरन्तर रुमल्लिरहेको अवस्था छ ।

बेलाबखत धर्मको बिषयमा छलफल हुँदा तातोतातो बहस भएको पनि पाईन्छ । धर्मको परिभासालाई अझै पनि एकै नासको बनाउन सकिएको छैन, फरकफरक आस्था र सस्कारलाई आफ्नै अनुकुलतामा यसको पारीभासा आएको पाईन्छ । पहिलेपहिले मान्छेहरुलाई बाध्नको लागि नितिनियमहरु थिएनन् । त्यसैले मान्छेलाई सभ्यताको एकतामा बाध्नको लागि एउटा छुट्टै नियम बनाइयो र त्यही अनुसार मान्छेको चालचलन र रहनसहन हुन पुग्यो, जसलाई पछि धर्मको नाम दिईयो । त्यसैले धर्म एक आस्था हो, तर पछिल्लो समयमा आएर आफ्नो धर्मको अनुयायिहरुको सङ्ख्या बढाउन अनेक खाले किनबेचमा घटनाहरु बढेको पाईन्छ । जुन साह्रै नराम्रो कुरा हो ।

पक्कै पनि हामी मान्छे चेतनशिल प्रानी, परिवर्तनको किरण हाम्रो दिमागको खोपिल्टोमा पर्नु सामान्य प्रकृया अन्तर्गत नै पर्छ । परिवर्तन नै नआउँला भनेर ठोकुवा गर्ने बेला पनि छैन । हामी बिभिन्न धर्ममा आस्था राख्छौ यसर्थमा पनि एकले अर्को धर्म प्रति हेय दृष्‍टिले हेर्नु हुन्न, तर आफ्नै सस्कार-परम्परालाई चटक्कै छाडेर पुरै अरुको नक्कलझक्कल गर्न भने हुन्न ।

पक्कै पनि रोशन जि, सच्चा रुपमा परिवर्तन तबमात्र सम्भव छ जब ब्यक्तिमा साचो अर्थमा आँफैमा परिवर्तन आउछ र त्यो द्रिढ इच्छा मनमा हुन्छ । हामीले जबर्जस्ती कसैको दिमागमा ज्ञान भर्छु र सफलता पाउछौ भनेर गरिने कार्य केवल मुर्ख्याइपन मात्र हुनेछ । हामीले गरिने कार्यकलापप्रति हाम्रो स्पस्टता आउनु जरुरी छ र अरुलाई पनि बुझाउन सक्ने हुनुपर्छ ।

Reply by Manik Lal Ghising TC Boardmember on September 14, 2010 at 6:38pm
Delete
ल्हास्सो फ्याफुल्ला पञ्चमान जि,
अनि थुजेछे पनि यहाँलाई आफ्नो महत्वपूर्ण बिचारहरु राखिदिनुभएकोमा । हामी फरकफरक बिचार पोखाउछौ र हाम्रो चेतनाको स्तर पनि फरकफरक नै रहेका छन् । कसैले धेरै अध्ययन गरेर थोरै बोल्ने, कसैले थोरै अध्ययन गरेर धेरै बोल्ने, कसैले आफ्नै खाले तर्कहरु लादने,,यी बिभिन्न फरकफरक प्रकृयाहरु हुन् । र बिचारमा फरक आउनु भनेको एक स्वाभाबिक प्रकृया पनि हो ।

पक्कै पनि यहाँले उठाउनु भएको सवाल एकदमै जायज छ हामीले अहिलेसम्म पनि strong decision लिन सकेका छैनौ कि कुन चाँही हाम्रो आफ्नो हो र कुन चाँही होइन भन्ने कुरा । त्यसैले यसप्रती भने एकरुपताको खाचो कताकता खट्किएकै पो हो कि जस्तो मलाई पनि बेलाबखत भान हुन्छ । जुन सस्कारले हाम्रो र हामी हुनुको वास्तविक परिचय दिएको छ त्यसैलाई भुल्न खोजिएको हो कि जस्तो पो लाग्छ मलाई त । हुनु त कुरा यस्तो पनि हो, बुझ्नेहरुले अबुझपनको नाटक गर्दा गाह्रो हुन्छ बुझाउन ।

"तामाङहरु चाडो रिसाउछ" भन्ने सन्दर्भमा के भन्न चाहन्छु भने, हामी पक्कै सोझा-सिधा जाती हौ । कसैले मिठो कुरा गरिदियो उतै भुलिदिन्छौ र कसैले क्षनिक रमाइलोको लागि हामीलाई हास्यको पात्र बनाउछौ, तब कन्चट् तातेर आउछ र त्यसै अनुसारको हाम्रो रिसको आबेग बर्सिएको पत्तै हुन्न ।

पक्कै पनि हाम्रो धर्मसस्कारमा के कस्ता छन् र के कस्तो ब्यबस्थाभित्र यसलाई समेटिनुपर्छ भन्ने कुरामा स्पस्ट हुनु जरुरी छ । हामीले गरिने कार्यकलापमा नै हामी स्पस्ट हुन्नौ भने अरुले विश्वाश कहाँ गर्छन् र ? अनि तामाङ समाजलाई के कसरी अगाडि बढाउन सकिन्छ भने तपाईंको बिचारप्रति मेरो पनि पूर्ण समर्थन ।

Reply by आङा दोङ on September 14, 2010 at 8:02pm
ल्हास्सो फ्याफुल्ला मणिक जी,
हामी तामाङ हो हामी बुद्धिस्ट हो भनेर भन्ने फेरी तीजलाई पनि हाम्रो महिलाको चाड वा पर्ब भन्ने हाम्रो तामाङ नाना आङा मलाई पनि मुर्ख नै लाग्यो । लुजर जीलाई पनि नमस्ते सबै तामाङ नानाआङा ज्योज्योआलेले त शुभकामना दिनुभयो होला त्यस्तै १/२ जना होला त्यो १/२ जना नबुझ्नेहरुलाई सम्झाउने कि हामी सबैजना मिलेर .....

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on September 14, 2010 at 8:14pm
Delete
ल्हासो फ्याफुल्ला आङा दोङ,,
थुजेछे हजुरलाई आफ्नो प्रतिकृया दिनुभएकोमा । पक्कै पनि यी र यस्ता कुराहरुमा हामी स्पस्ट भएर जानुको बिकल्प छैन । आज हामी र हाम्रो बिचारमा केही बिचलन आएको हो कि भनेर भन्न सकिन्छ, त्यसैले बिचलित नभएर हामी आफ्नो सस्कारको जगेर्नाको लागि लागिपर्नुपर्ने आबश्यक देखिन्छ । हाम्रै दिदिबहिनीको यस्तो मुर्ख्याइपनमा कसरी हास्नु, फेरी नहासु त कार्यकलाप नै त्यस्तै हासो उठ्ने खालका छन् । हाम्रो प्रयास रहनुपर्छ सम्पूर्ण रुपमा परिवर्तनको निम्ती .........

Reply by bardan thokar on September 15, 2010 at 12:32am
तीज पर्ब कस्ले मान्ने :
तीज पर्ब विश्वमा छरिएका दिदी बहिनीहरुले मनाए धुमधामले ईजरायल,साइपन,यूके,यूएई,कुवेत र अन्य देशहरुमा खुशी उमङगकासाथ सबै जातिय-बर्गियका सज्जन महिलाहरुले अब एक्काइसौ सताब्दिमा त तमाङग दाजुभाईहरुले तामाङ दिदी-बहिनिहरुलाई यो पर्ब मनायो भने अनुचित देखाउने भने पछी के तपाईंहरु समाजमा बसेर निस्पक्ष काम गर्ला त ? हे भगवान गौतम बुद्ध महिलाले तीज पर्ब मनाउने ईच्छा भयो तमाङ,गुरुङ,राइ,लिम्बु जस्तै अन्य संघसंगठनबाट अरु जातबाट बिरोध आएकै छैन किन यसरी तामाङ चेलीलाई तामाङ मयुङहरुले दमन गरे ? यस्ता दाजुभाइलाई माफ देलान ।।। भगवान धर्मकर्म आफुमा भर पर्ने हो भने कुन धर्मले भनेको छ कि तिमी यो धर्म नमान ? मात्र मुस्लिम धर्मले बिरोध गर्छ र उस्ले असमान ब्यबहार गर्दछ र लुजर हुँदै गएको छ अहिले विश्वमै।।

हाम्रो धर्ममा बुद्धिस्टको प्रग्य, सदमार्ग र करुनाको संसारमा कसैले कसैको आत्माको परमात्मासँग मिलेर शान्तिपुर्बक हकहित दिनु लिनु अहमता नदेखाउनु भनेको छ भने हामी किन दिदी बहिनिहरुलाई मुर्खपन,लुजर,दूजर असभ्य, अमिल्दो भनेर किन सङ्केत गर्नु हुन्छ यही भएर मैले जातिय-बर्गिय तानातान प्रबिधिलाई अन्त्य गरी लिङगिय युद्धलाई प्राथमिकताका साथ महिला हकहित सुनिस्चित गर्ने गरी दल दर्ता गर्दै छु। अगर देशमा दिगो बिकास गर्ने हो भने पुरुषभन्दा महिलाले दक्ष काम गर्न सक्छ । देश डुबाए हामी जस्तै पुरुष भनाउदाहरुले एक पर्ब जम्म तीन दिन सुबिधा दिदा तामाङ दाजुभाईले सास फेर्नै नसक्ने गरी चित्त दुखाउछ भने कृपा क्षमा दिनुस् दिदीबहिनिहरु हाम्रा तामाङ दाजुभाईहरुले बैज्ञानीक युगमा पनि ढुङ्गे युग नै सम्झेर दल्दैछन, मिच्दैछन , खपिनसक्नु पिडा पूर्ण कदम दिदैछन। भगवान यो पुरुष जातले केही गर्न नि सक्दैन गर्न नि दिदैन त्यसैले महिला नेत्रित्व रहने गरी सम्पूर्ण मन्त्रालयमा महिलाहरुलाई नै मन्त्री नियुक्त गरी देश र जनताको हित हुने दिगो बिकास समुनत भौतिक संरचनाको सुरक्षाको पूर्णबिराम दिने काम गरौ भनेर जननी जन्म भूमी गणतन्त्र नेपाल दल दर्ता हुँदैछ आगामी असोज महिनाको उत्तरार्थमा सम्पूर्ण केन्द्रिय नेता दक्ष महिलाहरुबाट एक महान पुरुषको नेत्रित्व रहने गरी भ्रस्ट पुरुष सामन्ती बिचारका पुरुषको समप्तिको लागि।।

भगवान बुद्धको जय ।। भगवान बुद्धको जय ।। भगवान बुद्धको जय ।। भगवान बुद्धको जय ।। भगवान बुद्धको जय ।।
बुद्धम शरणम गच्छामी ।। धम्मम शरणम गच्छामी ।। सँगम शरणम गच्छामी ।। लिङिय शरणम गच्छामी ।। शान्ती शरणम गच्छामी ।।

Reply by Manik Lal Ghising TC Boardmember on September 15, 2010 at 8:46am
Delete
ल्हासो फ्याफुल्ला बर्दान थोकर जि,,
धन्यवाद तपाईको बिचारको लागि । अनि धन्यवाद सम्पूर्ण समाचार र जानकारीको लागि तीज कहाँकहाँ के-कसरी मनाए भनेर । बुद्ध धर्मको राम्रो चर्चा गरेर केही तर्कहरु दिनु भो, तर खोइ अझै चित्त बुझाउन सकेको छैन । यसबारेमा पहिले पनि हामीले बिभिन्न चरनमा छलफल र बहस चलाएकै थियौ । अझै पनि गर्दै छौ र तपाईंको तर्कले कुनै आउदो दिनमा पो ममाथि केही असर पर्ने हो कि ।

२१ औ शताब्दिको तामाङ महिलाहरुको स्थितीको सन्दर्भमा:
तपाईंले प्रस्तुत गर्नु भएको महिलाहरु बारेको बिचारहरुमा आँफैमा स्पस्ट नदेखिएको पाइयो । पुरुषले गरेको दमनको बिरुद्धमा आवाज बुलन्द पार्न र महिला नेत्रित्वको लागि छुट्टै संघ खोल्ने भन्ने बिषय नै बिबादित जस्तो लाग्यो । महिला हित र स्वतन्त्रताको वकालत गर्ने तर महिलाहरुलाई नै तल पार्ने खालको काम-प्रकृयालाई बढावा दिनुभएको छ । कसरी भन्ने सवाल उठ्नु जायज नै हो । यस सम्बन्धमा केही तर्कहरु प्रस्तुत गर्न चाहन्छु ।
१)तीज पर्बको ब्रत बस्दा केवल महिलाले बस्छन्
२)यो पर्ब आफ्नै श्रीमान वा जीवन साथीको लामो आयुको लागि कामनाको लागि बस्छन्
३)यो पर्बमा श्रीमानको खुट्टा धोएको जल सेवन गर्नुपर्छ भनेर भनिन्छ
४)आफ्नो श्रीमान भनेको देउता हो भनेर मान्नुपर्छ
५)श्रिमतिको स्थान मनमा होइन चरनमा हुन्छ(श्रिमानको खुट्टा ढोग्ने सन्दर्भमा)
६)पानी सेमत नखाइ ब्रत बस्छन्

के तपाईंले भन्नुभएको नारी हितको लागि रह्यो त यी सबै कारनहरु जब तपाईंकै आँखा सामु स्पस्ट छन् भने ? के यो पर्ब महिलाहरुलाई दबाउन र महिलाहरु अझै पुरुषकै दासत्वको स्विकार गर्नुपर्छ भन्ने होइन र ? के तपाईंको पार्टिले महिलाहरुको त्यो ब्रत बस्दा खेरी स्वास्थ्यको उपचार् गर्नेछन् ? के यो जानिजानी स्वास्थ्यको लागि गरिएको खेलबाड होइन जस्तो लाग्छ ?

कसले मनाउने त तीज पर्ब?
शिव-पार्बती लाई सम्झेर वा शिव लिङगको पूजा गरेर मनाउने परम्परा मात्र हिन्दू धर्मावलम्बीहरुको होइन भनेर के तपाईं जिकिर गर्नुहुन्छ ? हुनु त अहिले स्वतन्त्रताको कुराहरु आएको छ । कसैको इच्छामाथि जबर्जस्ती आफ्नो इच्छा लादने जमना छैन,,त्यसैले यो स्वतन्त्रताको युगमा हामीले सबैलाई अधिकार दिईनुपर्छ । तर तीज भनेको केवल घाटा महिलाहरुलाई नै हुने पर्ब लाग्छ मलाई त । जसमा नारीपुरुषको समानताको कुरा नै आउन्न । हाम्रो सस्कारमा, ठिममा नारी र पुरुषको स्थान बराबर रहेको पाईन्छ । त्यसैले तीजको यो प्रथा जबर्जस्ती लादेर किन अपमान गर्नु छ र आफ्नै दिदिबहिनीहरुको अनि आफ्नै सस्कार-ठिमको ?

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।