तिम्रो रुप देखेर मनमुटु दिउदिउ जस्तो मन लाग्यो

तिम्लाई देख्दा मनमुटु दिउदिउ जस्तो लाग्यो
निरश जिन्दगी फेरी जिउजिउ जस्तो लाग्यो

नशा हो कि खै कुन्नी तिम्रो त्यो जवानीको
त्यही नशालाई आज पिउपिउ जस्तो लाग्यो

जिन्दगीको के भरोशा, आज छ भोली छैन
रमाइला पल संगाली जिउजिउ जस्तो लाग्यो

मदहोस् लठ्ठ पार्ने तिम्रा अदभुत अधरहरु
मात चढेको जवानी लिउलिउ जस्तो लाग्यो

अरु नसके नि मायाको संसारलाई अङ्गाल्न
ब्यथा मनमै राखी सिउसिउ जस्तो लाग्यो

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।