लाग्छ "शान्ती" अब नेपालमा बस्न डराइरहेछन् !!

एकै छिनको हासो सँगै मन रमाएको थियो
फेरी रोदनको छट्पटिले उतैतिर धकेल्दै थियो !!

ती निर्दोश नेपालीले सहज् मृत्युबरन गरिदै छ
आँखाभरी आशु रसाउन,मुटु चसक्क दुखिदै छ !!

जाजरकोट सुन्दा आफ्नै ठाउँ जस्तो लाग्छ
दाङ-तराइका फाटहरु आफ्नै जस्तो लाग्छ !!

तर भनेर मात्र कहाँ हुदो रहेछ आफ्नै भनेर
आफ्नै गाउ, आफ्नै ठाउमा खोइ को छ र !!

देश हत्याहिङ्सा-लुटपाटको अखडा बनेको छ
युद्धको लागि रचिएको एक रनभुमि बनेको छ !!

शान्तीसुरक्षाको प्रत्याभुती छैन त्यसैले चैन छैन
भ्रस्टचारिलाई सजय दिन यहाँ त्यस्तो ऐन छैन !!

एकै छिनको हासो सँगै मन रमाएको थियो
साहारा पाउछु कि भनेर हात समाएको थियो
आज आफ्नै भुमी लुछ्दा सबै मौन छन्
लाग्छ "शान्ती" अब नेपालमा बस्न डराइरहेछन् !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।