मन त मेरो त्यसइ फुरुङ्ग हुन्छ

यो मन त मेरो त्यसै फुरुङ्ग हुन थाल्छ
खै के जादु छ कुन्नी त्यो तिम्रो बोलाइमा !!

हासोको मुहान अनायासै फुट्न थाल्छ
खै के रहस्य छ कुन्नी तिम्रो हेराइमा !!

सारा खुशीहरु फुलसरी फक्रिन थाल्छ
खै के भो कुन्नी तिमीसँगको बसाइमा !!

माया नै मायाको आवारनले घेर्न थाल्छ 
खै के भो कुन्नी डुब्छु  तिम्रो लजाइमा !!

रात गुजारासँगै  कुराहरु खेल्न थाल्छ
खै के मोहनि छ कुन्नी तिम्रो दौडाइमा !!

बिताएका पलहरु मस्तिस्कमा हिडन थाल्छ 
खै के छ नशा कुन्नी तिम्रो पर्खाइमा !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।