हाम्रो सम्झनामा झल्झली किन उसैको याद आउछ जसले धोका दिन्छ ?

यो माया भन्ने चिज
खोइ कस्तो कस्तो,
गरौ भने मन भत्भति पोल्ने
अनि
होइन वास्ता नै नगरौ भने
हृदय छट्पटिने !!

उसैको यादमा
दिन बिताउ बिताउ झै लाग्ने
अनि नपाउदा सारा पीडाहरुले मनमा डेरा जमाउने ?
मायामा खास त्यस्तो के छ
जस्ले सबैलाई मोहित बनाउछ ?

12 comments

Reply by Swayambar S. Lama Glan (S.lama) on July 4, 2009 at 3:22pm
Haha, k subject uthaunu vako ho yasto ? Malai ta ali kasto kasto laagera aayo. Bihe gari halnus manik ji, poleko thauma sital hunchha. Sorry hai maile badhi bolemaa ?

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 4, 2009 at 4:29pm
Delete
Aabui..............
hora swayambar ji,,,,
ma ta dhalnai po laage ni ho, tapaiko kuraa sunera...
dherai dherai dhanyabaad tapaiko yo sujhabako laagi, tara ma sujhaabako paalaanaa chaahi garna sakdina hai...

Reply by D.S. Lama on July 4, 2009 at 5:11pm
That is good what you saying...Manila lal ji

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 5, 2009 at 8:33am
Delete
धेरै धेरै धन्यवाद मेरा सहयात्रि मित्रहरुमा । हेर्नुस् म के भन्छु भने जे भन्छु त्यही भन्छु, त्यही बाहेक अरु केही भन्दिन ।

अब मैले यो बिषयको उठान् अर्कै रुपमा गर्न खोजेको थिए तर साथीहरुले त अर्कै तिर पो प्र्याउनु भएछ । मैले त अहिले युवाहरुको मनको ब्यथाको बारेमा हल्का उठाउन खोजेको थिए, तर यहाँ त बिषयले त बिहे सम्मको कुराको पो चर्चा बटुल्न सफल भएछ ।
हो म पनि बुझ्छु हजुरहरुको मनको ब्यथा, त्यसैले त यो बिषय उठान गर्ने चेस्टा गरे । हो मैले पनि अनुभव गरेका कुराहरु पोखे त्यसैले त मेरो भावनालाई साथ दिन तपाईंहरुको कमेन्ट्स पाए । हो म पनि त सहभागि भए केवल तपाईंहरुको दुखेको ठाउमा मल्हम लगाउन त्यसैले त तपाईंहरु आरम लिन सकिरहनु भाछ ।

र्हिदयको ब्यथा यस्तै हुदो रहेछ, कहिले साह्रै भत्भति पोल्ने अनी कहिले साह्रै आनन्द महसुस हुने । अब तपाईंहरुले यस्तै सल्लाह दिनुहुन्छ भने त मेरो समस्या त हल होला तर अझै पनि हजारौ युवाहरु छन्, जसको हृदयको आवाज नसुनेर पीडामा छट्पटिएका छन् । ती दुखेको चोटहरुमा मल्हम लगाउन तपाईंहरुबाट मैले केवल शब्दहरुको साहरा लिन खोजेको हुँ ।

सल्लाह सुझाबको लागि स्वयम्बर जि, बिल जि अनी अशेस यात्रु जि लाई धेरै धेरै धन्यवाद । बाँकी अरु शब्दहरुको साथ लिएर भेट्घाट गरौला ।

Reply by SanZoo Lama " Theeng" on July 5, 2009 at 6:50pm
GHAJALKO TA USHKO AAUCHA
KINA YAD MA SADHAI CHAUCHA
USHKO TYO BOOLI, ANI AAKHAKO KO HERAI LAY
MERO MAN MA MITHO BAASH BASACHA

MANIK DEAR YO HARAF CHAI TIMRO LAI

TIMRO YAD MA TA KO CHA RA KHAI
MERO YAD MA TAI AAUTA CHA HAI
SAMGHANAJ MA GHAJALKO USHKAO NAI AAUCHA
REDHEYA CHIYA CHIYA PARI JAADHA NE HAI

K BHANYA MAYA YES TA RAYACHA
CHOKHO MAYA KO TA VALUE NAI NA RAYACHA
MAN KA E SABAI DOOKHA KHOOLI
TYO NISTORI KO NAI JAL MA PARI
MAYA JALI MA BHANCHA
SACHAI HO HAI
NISTURI KO TYO DIN
NIRASH BHAYA PANI SADHAI YAAD AAYE RAAHANCHA

KASARI BHANU HAI ..... BHANA KEEHI BAAKI CHYANNA
ARU LAY SATH DINCHU BHANDA...........AAYLA MALAI GAARO BHAI RAAYCHA


THANK YOU MANIK
FOR THIS TOPIC
THANKS
HEHE

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 18, 2009 at 8:08am
Delete
यता कोल्टे फेर्दा बरै
उसैको त्यो मुस्कान झल्झली आउछ
किन हो कुन्नी आज फेरी
उसैलाई अङाल्न मनको आबेग दौडिन्छ !!

Reply by Dhawa Sang Dong (धावा साङ दोङ) on July 18, 2009 at 8:34am
manik ekdam chhadpadieko dekhemaile ta, I recommend you to go hospital where you are nursed by your someone special nurse and dr....

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 18, 2009 at 8:43am
Delete
kaha nai niko hunchha ra yesto ghau hridayako, kewal niko hunchha ta tehi dui chaar mithaa sabdaharuko bolile,,,
doctor nursle ta dherai jachaai sake, tara pani kehi ato pato chhaina yo rogko!!
khoi ke bhayo kunni, dhawa samdhi aba chahi kehi bhayekai jasto chha....

Reply by Chhabi Lal Moktan on July 18, 2009 at 12:38pm
yo bisaya ramro nai chha, kinaki dherai manisa haru premmaa pagal hunchhan. jasle dhokaa diyara jannchha uskonai yadle ta dherai satainai rahanchha ni. kinaki usalai nai jivanko ek pato samjhiyara maya lagayako hunchha ani jaba usaile nai chhodera jada kheri, usako yaadma tadpinu sibaya kehipani bikalpa nai hudainani hoinara... sahed mayako aagoma jalne haruko lagi yo prasanga thikai chha jasto chha...

▶ Reply

Amita Lama(Bal)Permalink Reply by Amita Lama(Bal) on July 18, 2009 at 4:28pm
k ho Manik g, maya ma saarai nai chhatpatinu bhaye jasto chha ni.......basama chhaina mero mann vane jasto po vayechha.... aru saathi haru le vane jastai bhey po garihalne ho, ki kaso? je hos maya bhanne chij yestai ho laye pachhi maya marnai nasakine hunchha......

Reply by Manik Lal Ghising TC Boardmember on July 18, 2009 at 5:23pm
Delete
Thank you so much Chhabi ji,
for your valuable words... Maanchheko man khoi ke ho ke ho, bujhnai gaaro!!
Jaba usaile ta chhodera gayo bhane samjhanaamaa kina usaiko yaad aauchha... Birsana khojchhu jhan samjhine, kurai yasko anautho...
Jehos tapaiko bichar malaai dherai man paryo....
Thank you so much....

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 18, 2009 at 5:26pm
Delete
Abuiiiiiiiiii Amita ji,,,,
Kaha mero testo parnu ho? Maile ta yeso sathiharuko dukheko ghaaumaa malham lagaauna yee sabdaharu chhaneko ho ni!!
Jahaa hajarau mutuharu sametchhan, ani jaha mayakaa mithaa mithaa kuraaharu garne garchhan,,,, ho tehi thaumaa dhokaa paaudaa chot le grasta tee manharulaai samhaalna yo topic rakheko hu...
Ho ni, amita ji,,, maya bhanne chij yestai rahechha,,, Laayepachhi chhutnai gaaro....

Replies to This Discussion

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on July 18, 2009 at 6:39pm
Delete
तड्पाइको पीडाले सबैलाई उस्तै गरी पीडामा धकेल्दो रहेछ, जत्ती मनलाई बुझाउन खोजेपनी आउदो रहेछ झल्झली त त्यही निर्मोहिकै !! लाग्छ कहिलेकाही त जीवन बेकारमा लिएर आएजस्तो, अनि ब्यर्थमा लाएको मायालाई सम्झेर धुरुधुरु रुनु बेकार जस्तो । तैपनी मनलाई त सम्हाल्नै पर्ने अर्को बाध्यता खडा हुदो रहेछ .....

आत्महत्या, डर, चिन्ता, लोभ, मोह सबै निम्त्याउने जड् एऊटै माया नै जस्तो लाग्छ । हुनेहरु संसार नै मायाको भन्छन् तर नहुनेहरु त आजपनी धुधुरु रुन्छन् । यही धेरै असमानता यो प्रेमको पारीभासामा । जत्ती बुझ्न खोज्यो त्यत्ती गाह्रो.........

मुटु टुक्राटुक्रा पार्दा आनन्दको सास फेर्छन क्यारे, तर चियाछिया परेको मुटुलाई लिएर भएपनी हास्नै पर्ने अर्को यथार्थ कहानी कोर्न म बिबस छु । लाखौं होला यस्तै चोटाई चोटले भरिएको हृदयहरु, तर पनि मल्हम लगाउने मेरो एक सानो प्रयास, केवल त्यही चियाछिया भएको मुटुलाई सम्खाल्न ........

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on August 6, 2009 at 8:56pm
Delete
मैतिर लक्षित भएर प्रस्फुटित तपाईंको सुन्दर शब्दहरुलाई धेरै धेरै धन्यवाद ।
त्यही कथा भित्रको एउटा पात्र शायद म पनि हुन सक्छु अनि तपाईं पनि । शरीर फरक मान्छेहरुको तर मन भने सबैको उस्तै । पोख्न चाहेको हृदयको घाऊ सबैको, तर तपाईंको बुझाई अर्कै । हुन त सङ्का गर्नु मानिसको एउटा गुन नै मानिन्छ, अनि हजुरले पनि त्यही गुनको प्रदर्शन गर्नु भो........

हुनसक्छ यो मेरो भावनाहरु केवल मेरै नितान्त ब्यक्तिगत जस्तो । तर हेर्नुस् त ती दुखेका हृदयहरुको चोटअहरुलाई !! आशा छ तपाईंले मेरो जवाफको जवाफ पाउनु भो भनेर ।

Reply by Pravin Lama on August 8, 2009 at 12:19am
भनिन्छ नि जुन कुरा पाइन्न,त्यो अमुल्य लाग्छ रे !!!!!शायद यही कारण हो कि जुन मान्छेलाई पाउन सकिन्न उसैको माया बेसी लाग्छ।।अर्को तरिकाले सोच्दा,कसैले कसैलाई धोका दिन्छ भने त्यहा निस्चय नै केही स्वार्थ लुकेको हुन्छ।।।। कसैले आफ्नो स्वार्थपुर्तिको निम्ती कसैले कसैको माया र भावनाहरुको उपहास गरी अवसरवादी बनिदिन्छ भने त्यो समयमा जुनसुकै स्वविमानी मानिसको स्वाभिमानमा चोट पुग्छ... स्वाभिमानमा परेको चोटले साह्रै पिडा दिन्छ ।।अनी पिडा भएपछी पिडाको कारण त अवस्य नै याद आउने भयो।।।मलाई चाहि यो लाग्छ ।।।।।

▶ Reply

suj@n LoPermalink Reply by suj@n Lo on August 8, 2009 at 8:12am
lau SW dai pani, k hunu hunu .. aba hamro lajalu kabi "MANIK" ji .. pani life ko euta tysto khaldo pani chirdai hunuhuncha ki tyaha bhat uha kahile pani niskansaknuhunna ................ so aakhir ma hamro kabi ji pani manchhe na ho. but besk of luck hai kabi ji... n last i want say so word..
yo sansar biswas ma aadeko chha, biswas maya ma ani maya biswas ma

best of luck hai kabi ji..
keep n touch

Reply by Manik Lal Ghising TC Boardmember on August 8, 2009 at 10:01am
Delete
प्रबिन जिलाई धेरै धेरै धन्यवाद ।
मलाई तपाईंको शब्दहरुले कता कता सत्यताको आभास हुन थालेको छ । बास्तबमै हामी सँग जे कुरा छैन र पाउन चाहन्छौ, त्यसको महत्व नै बढी हुँदो रहेछ । एक्दम प्रबिन जि, पीडा दिएर गएपछी कहाँ नै बिर्सन सकिन्छ र !!

तपाईंको हृदयको शब्दहरु कोर्नु भो, यसको लागि तपाईंलाई लाखौं लाख धन्यवाद !!

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on August 8, 2009 at 10:02am
Delete
सुजन ब्रोको ती मिठो शब्दहरुको तीरलाई रोक्ने प्रयास गर्दै छु, आफ्नै पीडा अरुको बनाइ मैतिर तेर्सिदै छौ । उपाधी त मलाई दिनु भो उहाले "लजालु कबी जि" भनेर, त्यो पनि म स्विकार्दै छु ।

लाईफको ढोका खोल्ने क्रममा हजुरले भनेजस्तै कैयौ खाल्डाहरु पार गर्दै छु । निस्कने प्रयास मेरो अबस्य पनि हो, तर परिस्थिती र बिभिन्न कारनबस निस्कन भने सकेको छैन त्यो खाल्डोबाट । हजुरको शब्द छनौट अली गलत यस् अर्थमा यहाँ प्रस्ट देखिन्छ ।

अब जहासम्म मलाई "बेस्ट अफ लक" भनी सम्बोधन गर्नु भएको छ, यी शब्दहरु हजुरलाई नै फर्काउन चाहन्छु । दाजुहरुको पालो नआइ, भाईले आट्ने कुरा आउँदैन । म त हर्लक्क बढेर सर्लक्क परेको मात्र हो, यस्तो भावना आउनु अस्वाभाबिक होइन । त्यसैले यो "बेस्ट अफ लक" का आवाजहरु हजुरलाई नै फर्काउन चाहन्छु ।

Reply by suj@n Lo on August 8, 2009 at 12:05pm
lau manik bro aba ma tapai euta kura vanchu.......... tapai ko life ko uthad chadab ma aru kura ma ta ma kehi vandai ..... tara yo maya vanne kura ma chai kehi vanna khojdai chuu... tapai ta aahile maya ko khudkiyo chadne kram ma hunuhunchha... hami ta chadera pani kasaile jhareko machhe tara ma pani tyo maya vanne khaldo bhat niskana sakeko chaina ra niskna pani sakinna... coz tapai kaha basnu hunchha..? basne ta tapai yahi sansar ma ho! ani yo sansar vaneko .. mayako jaalma phaseko chha..... so plz my lajalu bro one more time best of luck ..

ani arko kura dai haruko palo naaai vaneko kura ma chai brother...... yo sansar jasle pahile hand aagi badhayo usaiko ho ... so brother tyasto think garyo vane tapai hereko herai hunchha..
keep on touch ...

Reply by निर्भीक मगर on August 8, 2009 at 3:40pm
मनिक जी, यो नै त प्रकृतिकको नियम र भगवानको बरदान हो नि?जसलाई हामीले चाहेर पनि केही गर्न सक्दैन । एउटा भनाई छ नि,जती जती तिमीले मलाई घृणा गर्छौ,त्यती त्यती नै तिमीले मलाई तिम्रो नजिक पाउनेछौ भनेर.......? हुन पनि यो भनाईमा सत्यता पनि छ । किन कि जुन चिजलाई तपाईंले बढी घृणा गर्नु हुन्छ नि त्यही चिज हरेक समय हरेक क्षेण ऐना सरी तपाईंको आँखा समुन्ने तिर्मिरी आईरहन्छ ।
अनि तपाईंले कुन चिजलाई बढी घृणा गर्नु हुन्छ त? पक्कै पनि जसलाई आफ्नो जीवन भन्दा बढी माया गर्नेले तपाईंको हृदय टोदी धोका दिन्छ,उसैलाई तपाईंले बढी घृणा गर्नु हुन्छ।।।।। हैन र? अनि मनिक जी, यो माया भन्ने चिज यस्तो हो पाउदा खेरी सके सम्मा आफ्नो जीवन सम्मलाई पुग्ने गरी सगल्न मन लाग्छ । तर त्यही माया बाट तिरस्कार पायो भने ओकल्न नै धेरै गहारो हुन्छ ।
मनिक जी, मायामा धेरै चिज छ ।जहाँ प्राप्त गर्ना पाउदा "खुशी र उमङ्गा" छ,बिछोड हुँदा "पिर र बेदना" छ,आफ्नै हुँदा "स्वर्ग र आनन्द" छ, पराय हुँदा "नार्क र गह भरि रोदन्" छ ।बस् मेरो सोझो गाउले भाषामा भन्नु पर्दा मायामा सबै थोक हुन्छ जुन मिक्समास खिचदी मा हुन्छ......?

▶ Reply

Manik Lal Ghising TC BoardmemberPermalink Reply by Manik Lal Ghising TC Boardmember on August 8, 2009 at 9:15pm
Delete
सुजन ब्रो, रिप्लाईको लागि धेरै धेरै धन्यवाद.....
अनुभव भएका मेरा मित्रहरुबाट मैले केही पाउन खोजेको हुँ । अबस्य पनि उतार चढाव जीवनको प्रकृया हो । मैले हजुरलाई अगाडि नै के निबेदन गरिसके भने,"म त हर्लक्क बढेर सर्लक्क परेको मात्र हो, यस्तो भावना आउनु अस्वाभाबिक होइन"...... हो अबस्य पनि यस्तो बेलामा मायाको आबेग बढ्ने गर्छन् क्यारे ।

हजुरको भावनाहरु पढ्दा यस्तो लाग्छ यो, हजुरको मनको त्यो पीडालाई शान्ता पार्न उठाएको बिषय जस्तो । त्यही मायाको सिढी चड्न लाग्दा मायालुले लात मार्दाको त्यो पीर, पीर सँगै दुखेको हृदयको घाऊ, अनि मायाको खाडलबाट कोही पनि पार हुन नसक्ने हजुरको त्यो दर्दनाक ब्यथाले यी सम्पूर्ण कुरा आँफै सिध्द गर्छ ।

हुन त अहिलेको समयमा दाईलाई कुरेर बस्ने अनि आफ्नो पालो कहिले आउँला भनी कुर्ने जमाना त गैसकेको छ भन्दा नि हुन्छ । यस कुरामा चाँही हजुर प्रती हल्का सहमत् जनाउन चाहन्छु ।

Reply by Manik Lal Ghising TC Boardmember on August 8, 2009 at 9:23pm
Delete
Nivrik जिलाई धेरै धेरै धन्यवाद.....
बास्तबमै यो प्रकृतिकको नियम र भगवानको बरदान हो । हामीले जस्लाई हृदय भन्दा प्यारो ठानेर सम्पूर्ण सुम्पिन्छौ, अनि जब धोका दिइन्छ त्यही निर्मोहिकै तस्बिर झल्झली नाची हृदय चियाछिया पार्छ । बाहिरी हासो क्षनिक हुन्छ, तर दुखेको त्यो हृदयको घाऊ बल्झिरहने मुटुको बिश बनिदिन्छ । हजुरले भनेजस्तै,"जुन चिजलाई तपाईंले बढी घृणा गर्नु हुन्छ नि त्यही चिज हरेक समय हरेक क्षेण ऐना सरी तपाईंको आँखा समुन्ने तिर्मिरी आईरहन्छ ।" अबस्य पनि यस्तै हुन्छ ......

तपाईंले दिनुभएको "मायामा धेरै चिज छ ।जहाँ प्राप्त गर्ना पाउदा "खुशी र उमङ्गा" छ,बिछोड हुँदा "पिर र बेदना" छ,आफ्नै हुँदा "स्वर्ग र आनन्द" छ, पराय हुँदा "नार्क र गह भरि रोदन्" छ ।बस् मेरो सोझो गाउले भाषामा भन्नु पर्दा मायामा सबै थोक हुन्छ जुन मिक्समास खिचदी मा हुन्छ।।।।।।?" यो भनाइ साह्रै गहनिय लाग्यो ।

तपाईंको यी सुन्दर शब्दहरुको प्रस्तुतिको लागि हृदय देखिको धन्यवाद .....

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।