तान्नै पर्नेहरुको छानीछानी टुपी तान्नुपर्छ

पीडा मात्र दिन जान्नेलाई चुपी हान्नुपर्छ
काम नगर्नेको अब हामीले टुपी तान्नुपर्छ

मिहेनती ज्यामीभरियाको सम्मान गर्नुपर्छ
ठगी हिड्ने बाहुन बाजेको टुपी तान्नुपर्छ

बनाउनेलाई हौसलाको दोसल्ला ओढ्नुपर्छ
देश विगार्ने राक्षसहरुको नि टुपी तान्नुपर्छ

केही गर्छु भन्नेहरुलाई केही गर्न दिनुपर्छ
ओकल्ने काम गर्नेको पनि टुपी तान्नुपर्छ

अब हामी जनताहरु जाग्नैपर्छ–लाग्नैपर्छ
तान्नै पर्नेहरुको छानीछानी टुपी तान्नुपर्छ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।