डक्टर बन्छु भन्ने उद्देश्य लिएको मान्छे म, इन्जिनियर पो बन्दै छु:

किन हो कुन्नी, आज मैले बिताएका केही दिनहरुको द्रिश्यहरुले निरन्तर जिस्क्याइरहन थालेको छ । मेरो स्वभाव र व्यबहार देख्दा "आँफैलाई हासोको पात्र बनाउन" करै लाग्यो । हहह आमाले भन्नुहुन्थ्यो "रुन थालेपछि दिनै सिंगो बिताइदिने","मैले चाहेको कुरा पुरा नहुँदा-नपाउदा भुइभरिको धुलो लुगामै टसाइदिने",,"नराम्रो गाली गर्यो त्यसको मुखैमा मुक्का बजाइदिने" यस्तैयस्तै स्वभावहरु । एक दुई बर्षको छदा काठमाडौंको शहरको दर्शन पाइसकेको म, तर शहरको रमाझममा भुलिने हो कि भनेर फेरी गाउमै फर्काइदिनु भएछ । सानोमा पढ्न भनेसी बहाना गरी भागीहिड्थे तर बुवाले कानैमा समातेर "कपुरी क" नभन्दा नाथ्री फुट्ने गरी दिदाको त्यो बाल्याकाल कस्तो थियो । यसो सोच्न थाल्दा "म त बच्चा बेलाको मुर्ख डन नै पो रहेछु ।"

गाउमा पुगेपछी कसरी हो अचानक "दाइ दिदिहरुसँग स्कूल जाने इच्छा जाग्यो" । सुरुमा सिशु क्लास जसलाई हामी "आधा क्लास" अर्थात कक्षा एकमा पुग्नुपुर्बको क्लास भन्ने गर्छौ । अनि यस्तैयस्तै हुने क्रममा श्री डहू माबिमा भर्ना हुँदै जाच पनि दिइयो,, रिजल्ट निस्किदा "क्लासको प्रथम" मा मेरो नाम थियो । दाइको छेउमै बसेको म, दाइले पुरस्कार थाप्न जाउ तिमी भनेर भन्दा "लजाइलजाइ पाइलाहरु सारीदिए" । त्यसपछी परिवार र बुवाहरुको हौसला अझ बढ्यो अनि एक किसिमको म मा पनि जोश र जागर थपियो । कक्षा तीनमा पुग्दा १० क्लास सम्मकै सबैभन्दा बढी अङ्क ल्याएर स्कूल फर्स्ट भए, त्यत्तिखेर गाबिस अध्यक्षको हातबाट नगद रु. १०००/- पाएको कुरा अझै सम्झिन्छु ।
 
म अरु साथीहरुभन्दा स्वभावमा भने अली फरक थियो । सँगै उमेरका साथीहरु गुच्चा खेल्थे भने म चाँही बाख्रा चराउन खेतको डिलमा बसिरहन्थे र चाप्रा बालुवाको घर अनि मन्दिरहरु बनाउथे । आफ्नै शिप देखेर आँफै रमाउथे पनि हेहे .....माछा मार्न जादा एक दिन बल्छिमा १ किलोको माछा परिदिदा झन्डै माछाले नदिमै नतानेको ।

कक्षा ५ सम्मपुग्दा कहिल्यै पनि दोश्रो नहुने मेरो गुनलाई देखेर बुवाले सपना बुन्न थाल्नु भो र काठमाडौंको फेरी दर्शन गराउन भक्तपुर शहरमा बस्न थालियो । "काठमाडौंको बिद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकिन्न त्यही भएर ५ कक्षा पढेपनि फेरी त्यही पढ" भनेर शिक्षकहरुले भन्न थाले, तर मैले सिधै अस्विकार गरे र ६ कक्षामा समाज सुधार निम्न माद्यामिक बिद्यालाय(हाल माबि भएको छ)मा भर्ना गरे । अपरिचित ठाउँको अपरिचित ब्यक्तिहरुसँगको उठबशमा अली फरक महसुस गरे । सानैदेखी थोरै बोल्ने र भीडभाडामा लजाउने मान्छे म,,,,,,,साथिहरुले नाम सोध्न आउँदा केवल प्रश्नको जवाफ दिन्थे र चुपो लागेर बस्थे । महिनौसम्म म आफ्नै सुरमा आफ्नै तरिकाले स्कूल जान्थे र घर फर्किन्थे । दिन बित्दै जादा संगत पर्दै गयो र केही राहतको महसुस गरे । गाउमा फर्स्ट हुने मान्छे तर शहरमा आउँदा त्यो क्रम भने भङ्ग भो । पहिलोपटक जीवनमा चौधौ स्थानमा आफ्नो नामलाई घुसाइदिए । त्यसपछी सातबाट आठमा जादा सातौ र आठबाट नौमा जादा चौथो सम्ममा आफ्नो स्थान सुरक्षित राखिदिए ।
नौ क्लासमा आएर फेरी स्कूल फेरिनुपर्यो र जेपी हाइ स्कूल, ठमेलमा भर्ना भए । त्यहा एक सिस्टम रहेछ,,कलेजहरुमा जस्तै पहिले इन्ट्रान्समा पास हुनुपर्ने र पास नभए भर्ना नलिने । अनि जाच दिदा नाम पनि निस्किएछ, त्यसपछी निशुल्क पढ्ने अबशर पाए । नौ र दश दुबै कक्षामा प्रथम भएर एक एक हजार हजार प्राप्त गरे ।   
सानैमा हजुर आमाले भन्नुहुन्थ्यो "पढेर ठुलो मान्छे हुनुपर्छ है तिमी" । त्यत्तिखेर मैले पनि भन्ने गर्थे "हुन्छ नि" । त्यत्तिखेरको अवस्थामा ठुलो मान्छे भनेको प्राबिधिक शिक्षा लिने "डक्टर, इन्जिनियर, पाइलट" भनेर मैले बुझ्दथे । त्यही अनुरुप म डक्टर बन्छु भनेर एक किसिमको लक्ष तय गरेको थिए, अचानक जब एस.एल.सी सकियो त्यसपछी मेरो उद्देश्यमा निकै फेरबदल आयो । डक्टर बन्छु भन्ने मान्छे, तर इन्जिनियर बन्ने सोच आयो ।

इन्जिनियर बन्ने लक्षलाई साकार पार्न कलेजहरुमा चाहरे । अनि अस्कल(अमृत साइन्स कलेज)मा भर्ना गरे । विद्यार्थी राजनीतिसँग पनि चिरपरिचित हुने मौका पाए । सरकारी कलेज पढ्ने बितिक्कै शिक्षाको गुणस्तर राम्रो हुन्न भन्ने बाहिरी मान्छेको सोच र भनाइले गर्दा सँगै पढ्ने साथीहरु ट्युसन लिन जान्थे, त कोही घरमै शिक्षक राखेर पढ्थे । तर मैले जीवनमा ट्युसन भने कहिल्यै पनि लिइन । मात्र सरहरुले लेखाएको नोटहरु पढेर जाच दिए । ट्युसन पढ्न दौडिएका साथीहरु भने अझै सम्म बिषय लागेर झुन्डिरहेकै अवस्था छ ।  

अश्रु ग्यासले कहिले आशु निकाल्थे, कहिले विद्यार्थीहरुको इट्टा हनाइमा क्लासको भित्ता थर्किन्थे । यस्तैयस्तै कृयाकलापहरुसँग चिरपरिचित रहे । एक खाले विश्वाश थियो,,विद्यार्थीहरु कुनै न कुनै संगठन प्रती आबद्ध हुनै पर्ने । परिवर्तन चाहनेहरुको पक्ष लिने म, यसो क्रान्तिकारीतिर झुकाव पनि राख्न भ्याए । बिशेष गरी कबिता, गजल र लेखहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउने म कार्यक्रम कतै भैहाल्यो भने बाचनको लागि स्टेजमा पुगिहाल्थे ।

कुनै पनि कुरालाई सजाएर प्रस्तुत गर्ने मेरो शैलिमा शिक्षकहरुबाट तारिफ आउथ्यो । म फाइलिङ गर्दा एक शब्द मिस्टेक भए वा चित्त नबुझे पुरै पेज च्यातेर फालिदिन्थे । निकै मेहेनत गरेर तयार पारेको त्यो फाइल फाइनल प्राक्टिकल एक्जाम अगाडि कुन चाँही साथीले लुकाएछ कुन्नि, निकै अप्ठ्यारो भाको थियो । एक्स्टर्नल आउँदा फाइल थिएन, अनि मैले जवाफ दिए "सरले मेरो फाइल राम्रो छ । हो यसरी बनाउनुपर्छ भनेर सबैलाई देखाएको थियो तर कुन चाँही साथीले लुकायो थाहै भएन" । अनि "उसो भए म तिमीलाई केही question हरु सोध्छु र जवाफ पाएमा तिमीलाई माफि" । प्रश्नहरुको जवाफ दिन मलाई कुनै आपत्ति थिएन र जवाफ दिदा अत्यन्त खुशी भएर स्याबास दिन भ्याउनु भो ।

यस्तैयस्तैमा आइएस्सीको पढाई सकियो । अनि इन्जिनियर बन्ने मेरो लक्षलाई बोक्दै कलेजहरुको लिस्ट हेर्न थाले । म कुन कलेज राम्रो भन्दा पनि ती कलेजहरुमा लिने फी कत्ती भनेर नजर पुर्याउथे ।

एउटा कलेजमा इन्ट्रान्स दिए, नाम निस्किहाल्यो तर मैले नाम निस्केछ भनेर भन्न सकिन बुवालाई । म अरुलाई दु:ख दिनुभन्दा हजारौ पीडाहरुलाई मनमै लुकाउन रुचाउथे । तर पनि भन्नु त छ दै छ भनेर बुवालाई भनिहाले । त्यो महङ्गो भारिको थिचाइलाई उचाल्न भने गारै थियो । सबैको आकर्शनको केन्द्र म, निरश पार्ने बुवाको इच्छा थिएन । कुन्नि कताबाट रकम जुटाएर भर्ना गरिहाल्नु भो ।

इन्जिनियरिङको पहिलो क्लास:
मनमा अनेक खाले जिज्ञासाहरु उब्जिरहेको थियो । कहिले पो क्लास लिन पाइएला भन्ने मन भित्रको त्यो दौडधुपलाई सम्हाल्दै पहिलो पटक इन्जिनियरिङ क्लास लिन रूम भित्र छिरे । सबै उपस्थित हुनेहरुको एउटै इच्छा इन्जिनियर बन्ने, अनि त्यही भिडभित्रको म एक । करीब एक हप्तासम्मको परिचयत्मक कार्यक्रम पछी परिचित हुन पुग्यौ ।

इन्जिनियरिङको क्लास दिने क्रममा लेक्चर दिदै थियो "इन्जिनियरिङ बिषय, नपढ्नेहरुको लागि पहाड फोर्नु जस्तै गाह्रो छ, पढ्ने र मेहेनत गर्नेहरुको लागि अत्यन्त सजिलो छ" । कताकता यी शब्दहरुले मेरो मनभित्र राम्रै छाप पार्न सफल भयो ।

अर्को रमाइलो प्रसँग, डक्टर र इन्जिनियरको भिन्नताबारे राम्रो उदाहरणहरु प्रस्तुत गर्नु भएको थियो । इन्जिनियरिङभन्दा स्वाभाबिक रुपमा डक्टरी पढ्न गाह्रो र महङ्गो छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने, इन्जिनियरहरुलाई आनन्द छ । जस्तो:घर बनाउनुपर्यो इन्जिनियर साब, लौ त नक्सा तयार पार्नुस् त । यस्तो भन्नेहरु कि त धनी परिवारको हुनुपर्छ कि त बिदेशबाट काठमाडौंमा घर बनाउने सोच भएकाहरु ।

तर अर्को प्रसँगमा डक्टरी पेशा, जस्ले बिरामी, निर्धा र चोटपटकको पीडाले थलिएको मान्छेहरुको मुख हेर्नुपर्ने । अनि त्यही मान्छेहरुसँग फेरी पैसा लिनुपर्ने ।। कुनै पनि चिज खुशीले दिदा लिनुको मज्जा छुट्टै हुन्छ, तर दिन मन नलागीनलागी दिनुपर्दा मन नै आशान्त । यसरी रमाइलो तर प्रसँगबश कुराहरु निकालिएको थियो पहिलो क्लासहरुमा । जीवनका पानाहरु पल्टाएर देखाउदै जानेछु क्रमश:.................

2 comments

मणिकलाल जी यहाँको जीवनयात्रालाई मैले पनि नजीकबाट केलाउने मौका पाएँ ।यहाँले साहित्यमा राम्रो कलम चलाउनु हुँदो रहेछ अनि धेरै अध्ययनशील स्वभावको पनि हुनुहुँदो रहेछ। engineer बन्दै हुनुहुन्छ शुभकामना छ । अनि तामाङ समाजको उत्थानलाई पनि निरन्तर लाग्दै हुनुहुन्छ त्यसको लागि बधाई एबम् सफलताको कामना पनि गर्न चाहान्छु

धन्यवाद यहाँलाई । म मेरो फुर्सदको समयलाई केही काममा ब्यस्त राख्न प्रयत्न गर्ने गर्छु । मैले तामाङ समाजको अध्ययनको लागि केही समय खर्छ पनि गरेको छु । अध्ययन त छ दै छ तर संगसँगै समाजको लागि हामीले गर्न सक्ने सक्दो सहयोग गरौ भन्ने पनि मेरो चाहना रहेको छ । यहाँको सुमधुर प्रतिकृयाको लागि हार्दिक धन्यवाद ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।