ल्होछार एक सन्दर्भ:

ल्होछार एक सन्दर्भ:
अझ पनि कत्तिपय तामाङ बस्तिहरुमा जादा "ल्होछार के हो र कसरी मनाइन्छ" भन्ने कुरा नै थाहा छैन । तर केही बर्षयता आएर तामाङहरुमा आएको यो चेतानाले केही आफ्नै सस्कार सस्कृतिको सवालमा सजक हुन थालेको छ । नेपालमा तीन थरिको ल्होछार मुख्य रुपमा मानिएको पाईन्छ, यी तीन ओटै ल्होछार फरक फरक तिथिमितिमा मनाइनाले एक किसिमको अन्यौलता पनि खड्किएको छ । जस्तो तामाङहरुमा नै ग्याल्पो हो कि सोनाम मनाउने भन्ने कुरामा फरक मत पाईन्छ ।

वास्तवमा हामी र हामीसँग सम्बन्धित यस्ता महत्वपूर्ण बिषयहरुमा बहस चलाऊनु जरुरी छ । यस्तै बहस र मुल्याङ्कनबाट राम्रा कुराहरुको जन्म हुन्छ । सस्क्रिती र जातियताको सवालमा उठियेका यी र यस्ता सवालहरुमा गम्भिर हामी हुनै पर्छ । हामीलाई नै आफ्नो रिमठिम् सस्क्रिती के हो भन्ने थाहा भएन भने हासोको पात्र बन्नु बाहेक हामीसँग अरु केही छैन !!!! कुनै पनि चिजमा स्पस्ट भयौ भने त्यसलाई ब्यबहारमा उतार्न त्यत्ती गाह्रो छैन । तर लोछार भनेको के हो र कसरी मनाउनु पर्छ भन्ने ज्ञान नै नभै यसलाई अपनाउन अप्ठ्यारो अबस्य हुन्छ नै । भोली यो क्रम निरन्तर हुँदै जान्छ र प्रत्येक तामाङहरुको घर लोछारमा बिशेष सजाइनेछ । खुशीका उमङ्गहरुले सम्पूर्ण अनुहारहरुमा अबस्य खुशीयाली भर्नेछ । हाम्रो रिमठिम संस्क्रिति जोगाउने भनेको आखिर हाम्रै हातमा त हुन्छ ।


चाड एउटै भएपनी ठाउँ र परिस्थितीले गर्दा फरक फरक तरिकाले मनाउने गर्छन् । यसमा एकरुपता नहुनु अस्वाभाबिक होइन । तर पनि कुनै पनि चाड के हो र त्यसको महत्व के छ त भन्ने कुराको बिस्लेशन गर्नुपर्ने हुन्छ ।


छोटोमा लोछार भनेको के हो र यसको महत्व के छ:
लोछार दुई वटा शब्द सम्योजन भएर बनेको छ, लो या ल्हो(बर्ष) र छार(नयाँ)। त्यसैले लोछारको शाब्दिक अर्थ हुन्छ नयाँ बर्ष । त्यसैले बाहिरी आवरन हेर्दा लोछार भनेको पुरानो बर्षको अन्त्य सँगै नयाँ बर्षको उदय हुनु हो । यसमा १२ वटा भिबिन्न जनावरहरुलाई ल्होखोर्लोमा(बर्सचक्रमा) राखिएको हुन्छ, अनि प्रतेक नयाँ सालको परिवर्तनसँगै एउटा जनावरबाट अर्को जनावरमा सर्ने गर्दछ । अनि त्यही अनुसार त्यो सालको या बर्षको नामकरन गर्ने चलन छ अनि हामी कुन ल्हो मा जन्मेको भनेर किटान गर्न सजिलो हुन्छ ।

अब लोछार कसरी मनाउने त?
यो प्रश्न एक किसिमले controversy नै छ । ठाउँ र परिस्थितीको बिबिधताले गर्दा फरक ठाउमा फरक तरिकाले मनाउनु अस्वाभाबिक होइन । तर पनि सकेसम्म एकरुपता भए झन् नै राम्रो हुन्छ । मेरै गाउको सानो प्रसँग कोट्याउन मन लाग्यो । पहिले दसैं र तिहार खुबै धुमधामका साथ मनाउथे, तर बिगत १० बर्ष यता आएर यी चाडहरुलाई बिस्तारै लोछारले धपाउने प्रयास गरेको छ । हाम्रो चाड दसैं होइन लोछार हो भनेर गाउभरी लोछार धुमधाम हुने गर्छ । चारै तिर खुशीयाली छौं थाल्छ, एक किसिमको लहर नै छाउछ । यसो हेर्दा मन प्रफुल्ल भएर उतैतिर भुल्न पुग्छ ।

लोछारमा ठुला बडाहरु जस्तै पितृहरु तथा लामाहरुबाट आशिर्बाद लिने गरिन्छ । अनि आफ्नो घर वरिपरि र बाटोहरु सफा राख्ने गर्छन्, अनि प्रत्येक घरको आगनमा दर्ज्यु उठाउने गरिन्छ । सबै परिवार तथा इस्टमित्रहरुलाई बोलाई सामुहिक भोज भतेरको बिशेष मेला जस्तै हुन्छ । छेमार दुक्छे, खाप्से र अन्य आफ्नै हातबाट बनाएको परिकारहरु खाने चलन छ । आफ्नो र सबैको भलो होस् भनेर पूजा गर्ने पनि चलन छ । रमाइलो गर्नको लागि धामीझाक्रीको नाच र अन्य सास्कृतिक कार्यक्रमहरु पनि गर्ने गर्छन् ।

हामीले कुन लोछार मनाउने त ?लोछारलाई तीन भाग वा किसिममा बाडिएको छ, ग्याल्पो, सोनाम र तोला लोछार । यस्तो हुनुमा भिबिन्न बुद्धीजिबिहरुको आफ्नै किसिमको तर्क छ । हामी तामाङहरुले मनाउने लोछार भनेको सोनाम लोछार हो । त्यसैले यी तीन ओटै लोछारलाई एकरुपता ल्याउने र एकै समयमा मनाउने भिबिन्न प्रयास भयतापनी अझै सफल हुन सकेको छैन । यो फरक किन र कसरी भन्ने बारेमा अझै स्पस्ट नभैसकेको अवस्थामा confuse हुनु स्वाभाबिक हो !!!

ल्होछारमा दिइने बिदाको सन्दर्भमा:
ल्होछारमा कुकुर तिहार या काग तिहार मनाएझै एक दिनको लागि मात्र बिदा दिइन्छ । जसले गर्दा तामाङहरुले चाहेको जसरी सम्पूर्ण रुपमा ल्होछारलाई अबलम्बन पनि गर्न नसकिरहेको अवस्था छ । यसबाट पनि हामी के कुरा थाहा पाउन सक्छौ भने, हामी के कस्तो अवस्थाबाट राज्यसत्ताबाट अबहेलित रहेछौ त भन्ने कुरा स्पस्ट थाहा हुन्छ । तामाङहरुमा अहिले एक खाले अभियान जस्तै चलेको छ कि "आफ्नै सस्कारलाई बढावा दिइनुपर्छ भन्ने" सवाल । वास्तवमै ल्होछार एक तामाङहरुको पनि पहिचान देखाउने एक सस्कार हो ।
अर्को तिर तीन खाले ल्होछार मनाइदिदा, तीनै ल्होछारमा ५-५ दिनको बिदा दिदा १५ दिन हुने हुँदा, दसैंकै हाराहारिमा आउने हो कि भनेर पनि एक दिने मात्र बिदा दिइएको हो कि ? त्यसैले हामीले ल्होछारसम्बन्धी स्पस्ट रणनिती-कार्यनिती बनाउनु अत्यन्त जरुरी छ । दसैं तिहारलाई छाडिसकेको सन्दर्भमा ल्होछारलाई पनि यदी एक दिनमा मात्रा सिमित राखिदिदा कतै हामी सस्कारबिहिनताको अवस्थामा त गुज्रिनुपर्दैन भन्ने सवालहरु उठ्न सकिन्छ ।

लोछारको महत्व के हो त ?
एक किसिमले आफन्तहरु भेटघाटको सुन्दर बातावरण अर्को तिर आफ्नो कला सस्कृतिको पनि जगेर्ना । आफ्नो छुट्टै पहिचानको लागि पनि लोछारको आफ्नै महत्व छ । सामुहिक भेटघाटबाट सुन्दर मेलमिलापको बिकासमा पनि सहयोग पुर्याउछ । आफुले मान्नुपर्ने ब्यक्तिहरुको आशिर्बाद र मायाले अझै सुबाटोमा हिंड्ने प्रयास गर्न सकिन्छ । धेरै किसिमको महत्व छ .............."तोला ल्होछार" तमु या गुरुङ समुदायले प्रत्येक पुष १५ गते मनाउने चलन छ । नयाँ बर्षलाई आफ्नै तरिकाले मनाउदै आएको कुरा हामीलाई बिधितै छ ।

"ग्याल्पो ल्होछार" शेर्पा र टिबेटेन समुदायले मनाउने गरिन्छ । यो सोनाम ल्होछारभन्दा एक महिना पछाडि हुन्छ । "ग्याल्पो" यानिकी "राजा" र धनी बर्गहरुले मनाउने भएकोले यसलाई "ग्याल्पो" ल्होछार भनिन्छ । यो लुनार क्यालेन्डर अनुसार मानिएको देखिन्छ । यस पात्रोअनुसार ग्याल्पो ल्होछार एक्चोटि ११ महिनाको हुन्छ भने अर्को चोटि १३ महिनाको हुन्छ । सोनाम ल्होछार प्रत्येक बर्षको १२ महिनामा एक्चोटि हुन्छ । अनि प्रत्येक दुई बर्षमा "ग्याल्पो ल्होछार" र "सोनाम ल्होछार"को एउटै तिथीमिती पर्न आउछ ।

अनि तामाङहरुले मनाउने ल्होछार भनेको "सोनाम ल्होछार" नै हो । सर्बसाधारण र गरीबहरुले चीनमा सोनाम भनेको किसान भन्ने बुझिन्छ । त्यसैले पनि "सोनाम ल्होछार" मध्यम र गरिब वर्ग खासगरि किसानहरुले मान्ने गरिन्छ भन्ने भनाई यदाकता पाईन्छ । यसैलाई हामी तामाङ हरुले आफ्नो ल्होछार भनी मान्दै आएको छ ।

तसर्थ तोला,ग्याल्बो,सोनाम जे मानिएता पनि बर्ग(ल्हो) एउटै हुन्छ,,, तिनै ल्होछारमा । हामीले बौद्ध धर्मअनुसार नै ल्होचार मान्ने गर्छौ । मानिने बिधी पनि एउटै हो, धर्म संस्क्रिती पनि एउटै हो,,मात्र फरक तिथिमिती । तिथीमिती अनुसार सोनाम ल्होछार एकदम ठीक टाईम माघ शुक्ल प्रतिपदादेखी सुरु हुन्छ ......

यसरी हेर्दा ग्याल्पो ल्होछार, ११ वा १३ महिनामा मानिने हुनाले यो तिथी अनुसार गलत देखिन्छ । अनि कुनै पनि चाड मितीअनुसार मनाइदैन, जुन हामीले देखिआएको कुरा हो । त्यही भएर तोला ल्होछार पनि तिथी अनुसार नमिलेको देखिन्छ । त्यसैले यी तीनै वटा एउटै तिथिमा मनाउनु जरुरी छ । त्यसैले तोला,ग्याल्पो,सोनाम यी सबै नामलाई हटाएर "ल्होछार" मात्र मनाऔ ..........ल्होछार आँफैमा कुनै नाम होइन, यो त एउटा नयाँ बर्ष अनि नयाँ उत्सब हो .....

त्यसैले हामी सबै बौद्ध मार्गिहरु हुँदा हुँदै पनि एकअर्कामा यो वा त्यो बहानामा ल्होछारलाई अनेकतामा नभै सबै बौद्ध मार्गिहरुले एकतामा ल्याउने र एउटै तिथीमा मनाउने समान प्रयास गर्नु आजको आवश्यकता हो ...

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।