कागजका यी खोस्टा-पैसा:

"पैसा नै सबै थोक हो" भनेर भन्छन् । यसो हेर्दा यो सत्य नै हो जस्तो पनि लाग्छ । एक पाइला अगाडि सर्न चप्पल लगाउनुपर्‍यो, त्यो चप्पलको उपलब्धताको लागि पैसा नै चाहिन्छ,,केही कामको थालनी गर्दा लगानी चाहियो, त्यसको लागि पैसा नै चाहिन्छ,,,भोक लाग्दा केही खानुपर्‍यो, त्यसको लागि पैसा नै चाहिन्छ,,,,सपनालाई साकार पार्नुपर्‍यो अनि सपना र बिपनाको भर्‍याङलाई मजबूत पार्नुपर्‍यो त्यसको लागि पैसा नै चाहिन्छ । पैसा कत्ती चाडो दौडिने रहेछ र मान्छेलाई कत्ति दौडाइदिदो रहेछ भन्ने कुरा शायद मैले उल्लेख गरिराख्नुनपर्ला । यस अर्थमा पैसा सानो कामदेखि सम्पूर्ण इच्छाहरु पुरा गर्न चाहिने आबश्यकिय चिज रहेछ ।

सम्बन्ध बढाउन वा टुटाउन पैसाकै ठुलो हात रहेको पाईन्छ । सत्रु कमाउने मित्र कमाउन पैसाकै ठुलो हात रहन्छ । "छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी" यो भनाइ केवल भनाइमा मात्र सिमित छैन तर व्यबहारमा पनि हामीले देख्न र अनुभव गर्न सक्छौ । अपराधिक बिभिन्न घटनाहरु देख्ने र सुन्ने गर्छौ, त्यस्तो हुनुको पछी "पैसा" मुख्य कारण भएर तेर्सिएको पाईन्छ । पैसाकै लागि हत्या गर्ने र पैसाकै लागि दुनियाँलाई ठग्ने, गजब्को चिज छ "कागजका यी खोस्टा" ।

देश बिकास र निर्माण कार्य सन्चालन र ब्यबस्थापन, पैसामै अड्किन्छ । नेताहरु कुर्सी तानातान र हानाहानको खेलमा तल्लिन हुन्छ, त्यसको पछाडिको कारण पनि पैसा । आखिर पैसा बिना गर्न सकिने काम केही छैन कि क्याहो ?


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।