के भो यस्तो खोइ आज....

हाल भो बेहाल खिचातानीले हाम्रो देशको
यस्तै भए हराउछ पहिचान हाम्रो भेसको

काट्न सके काट सड्यन्त्रकारिको हातघुडा
बारम्बार टुक्रा पार्छौ किन हाम्रो देशको

तानातान मात्रले नपुगेर हानाहान सुरु भो
सड्यन्त्रको जालोभित्र जनता हाम्रो देशको

रुदै छन् कसैको वास्ता छैन यहाँको पीडामा
रुवाइदिन्छौ अझ कत्ती जनता हाम्रो देशको

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।