सारा जनताको निन्याउरो अनुहार पढे..........

सारा जनताको निन्याउरो अनुहार पढे
त्यहा छट्पटि-आतङ्कको क्रोदन थियो
पीडा बुझ्न ती सामान्य झुपडिमा छिरे
त्यहा आसुँ र पीडाको अर्को रोदन थियो !!

हास्न खोजे एकैछिन, नक्कली हासोको सहारा लिई
यथार्थको धरातलमा फर्के, मन फेरी त्यसै गरुँगो भो
भुल्न खोजे एकैछिन,रमाइलो पललाई अङ्गालोमा लिई
मायाको त्यो न्यानो स्पर्समा,केही बेर मन हलुँगो भो !!

बिर्सन खोजे निरशलाई, बल्झिदै फेरी दोहोर्‍याइ आउँदैथियो
मनमा जलनको उत्कर्सले चिच्याइचिच्याइ बास माग्दैथियो !!

मजदुर असन्तुस्टिका स्वरहरु निकाल्दा,सुनुवाई कतै थिएन
सामन्ती दलनको पीडाले झनझन तिनिहरुलाई थिचिदै थियो !!

थिचोमिचोको यो लडाईं अन्त्य गर्न बिस्तारै सबै जुट्दै थिए
सुन्दर मनको सुन्दर भावना पोखाउन सबै आतुर गर्दै थिए
अब त दु:खमुक्त समाजको निर्माण हाम्रो काधमा आएको छ
सबै मिलेर यसको सम्बर्धन गर्नु छ अनि मिलेर सबै हास्नु छ !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।