हाम्रा महान नेताहरु कुर्सी तानातानमै ब्यस्त, आफ्नो पक्षमा निर्णय नआए, हानाहानमै ब्यस्त !!

हाम्रा महान नेताहरु कुर्सी तानातानमै ब्यस्त,
आफ्नो पक्षमा निर्णय नआए, हानाहानमै ब्यस्त !!

हाम्रा महान नेताहरु कुर्सी तानातानमै ब्यस्त
आफ्नो पक्षमा निर्णय नआए, हानाहानमै ब्यस्त !!

माकुने त सबैलाई रिझाउन, भोजको आयोजनामै ब्यस्त
 गिरिजा बाबु आफ्नै छोरी सुजातालाई मन्त्री बनाउनमै ब्यस्त !!

माओवादीहरु उपत्यका कब्जा गर्न हतियार देखाउनमै ब्यस्त
फोरम भने आफ्नै कार्यकर्ता कुटाकुटको खेल खेल्नमै ब्यस्त !!

यता हेर्यो यतै ब्यस्त, उता हेर्यो उतै ब्यस्त,
जतततै ब्यस्त भ्रस्टहरु देश खोक्रो बनाउने सड्यन्त्र रच्नमै ब्यस्त !!

बहिरी रुप अती राम्रो, भित्रभित्रै फुटाउनमै ब्यस्त
जनताहरु भने ट्वाल्ल परेर चर्तिकला हेर्नमै ब्यस्त !!

यस्तो देख्दा म पनि एक्छिन हासोको राजमै ब्यस्त
फोहोरी खेलको यो अन्त्य कहिले हुन्छ भनी सोच्नमै ब्यस्त !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।