चौतारीको साथीहरुसँगको भेटमा बिताएका ती क्षणहरु........

अघिल्लो रात
छट्पटिमै बित्यो
निन्द्राले छोप्न मानिरहेको थिएन
तैपनी
निदाउने प्रयास मेरो निरन्तर थियो
बिहानिको प्रतिक्षामा रात गुज्रिदै थियो !!!!

बिहानी मिर्मिरेमा
अचानक आँखा उघार्न पुगे
ऐना अगाडि आफुलाई टक्क उभ्याइए
अनुहारमा एक अनौठो चमक थियो
त्यो चमक
साथीहरुलाई भेट्न आतुरताको सङ्केत थियो !!!!

कहिलेकाही
नसोचेकै खुशीले थिचिदो रहेछ
यस्तो बेलामा मनलाई सम्हाल्न
गाह्रो हुदोरहेछ
बिहानिको त्यो पल
झनझन छिप्पीदै थियो
मनमा अनेक कौतुहलता
भागदौड गर्दै थियो !!!!!

छिट्टै बित्ने दिनहरु,
एकदम ढिलो बितेझै भान हुन्थ्यो
पर्खाइको त्यो घडी छिट्टै
समाप्तिको प्रतिक्षामा थिए
यस्तै यस्तै अनेक कुराहरुले
मनमा हलचल गर्दै थियो
प्रतिक्षाको त्यो घडी पनि समाप्त हुँदै थियो !!!!

पाइलाहरु मनलाई
लखेट्दै दौडिरहेको थियो
गन्तब्य स्थल झनझन
नजिकिदै थियो
साथीहरुसँग खुशीको क्षण बाड्न
आतुर थियो
खुशीका ठक्करहरुले
मनमा काउकुती लाउदै थियो !!!!

Almond क्याफेको गेटबाट
पाइलाहरु अगाडि बढाए
उमङगको चेहेरामा सजिएका साथीहरुको
जमात थियो
मेरो प्रबेश सँगै
साथीहरुको अनुहारमा बिशेष चमक देखे
मुसुक्क हासेर थप्क्क बसे,
अनि बिभिन्न रुपमा प्रस्तुत भए !!!!

निकै भलादमी हुँदै
भलादमी पाराले गफ हाक्दै गए
मनको अनेक कुराहरु दबाउन
लाज सकृय हुँदै थियो
तैपनी प्रयास गरे,
केही शब्दहरु निकाल्न अनि रमाउन
ठुलै लाजसँगको मेरो संघर्सपछी
केही बोली फुट्न थालियो!!!!

congratulation सुश्मालाई दिदै
गफको शिलशिला अघी बढ्दै थियो
सबै साथीहरु गफ हाँक्नमै मस्त थियो,
म चाँही केवल बोलिएका
शब्दहरु केलाउनमै ब्यस्त थिए
कोही धेरै बोल्ने भने
कोही शान्तपुर्बक सुन्ने साथीहरु थिए !!!!

साथीहरुको अनुहारमा
एक्छिन चिहाए
कोही हसिला अनि कोही रशिला,
आआफ्नै पाराका थिए
त्यहा अमिल्दो मेलको सङ्गम थियो
रमाइलो क्षण
आफ्नै किसिमले बग्दै थियो
झुक्किएर ब्यङ्गको प्रहार
कहिलेकाही मैतिर आउनेगर्थे !!!!

कामको शिलशिलामा
एक्छिन बाहिर निस्के
साथीहरुसँग छुटिनुको पीडा अर्कै थियो
पसल आइपुगिसकेछ,
अत्तोपत्तो केही पाइन
साथीहरुको याद
झल्झली आउन थाल्यो !!!!

एक्छिन समय बित्न नपाउदै
अर्को फोनकल आयो फेरी
मनसँगै शरीरलाई
त्यही साथीहरु भएतिर दौडाए
कुरा के भने थप साथीहरु
मेरै प्रतिक्षामा थिए
मेरो आगमनसँगै उत्साहित
चेहेराहरु फेरी चम्किन थाले !!!!

खाजाको मस्तिसँगै
बिभिन्न योजनाहरु बुन्दै थियो
कहिले हासो अनि कहिले सरीफ
त्यो get togather
अत्यन्त सौहार्दपुर्न बातावरणमा चल्दै थियो
थरिथरिका ती अनुहारहरु
मन्द मुस्कान छोड्नमै पर्याप्त थियो !!!!

मायाको पनि
अचम्मको रुप हुदोरहेछ
नशामा यसको परेपछी
छुटिन गाह्रो पर्दोरहेछ
बिदाइको त्यो अन्तिम क्षणले पिरोल्न थाल्यो
हातको त्यो अन्तिम हल्लाई
सबैसँग छुटिने घडी थियो !!!!

पछिल्लो रात पनि काट्न
साह्रै गाह्रो थियो
सँगै बिताएका ती क्षनहरु
आँखा सामुन्ने ठोकिन आउने गर्थ्यो
यस्तो पनि हुदो रहेछ,
रमाइला क्षणहरु
बिर्सिन गाह्रो हुदो रहेछ !!!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।