सुजाता र भारतीय राजादुतको हास्यब्यङ्ग.....

कठपुतलिको अर्थ
अहिले पो बुझे,
ती त भारतद्वारा छानिएका,
कठपुतलिहरुको सरकार पो रहेछ,
सीमा अतिक्रमनले
सीमा नाघिसक्यो,
तर
आक्रमण भएकै छैन भनेर दाबी छ,
तराइको जनताहरु रोएको रोएकै छन् !!!!

राजदुतको हस्तक्षप प्रतक्ष छ,
मनघटन्ते कुरा भनी
नेपालीहरुलाई ब्यङ्ग हानेकै छ,
सरकारले जाचबुझ टोली पठाएकै हो,
प्रतिबेदन फरक फरक छन्,
कुनलाई आधार मान्ने
कुनलाई निराधार,
सरकार भारतको दबाबमा छ,
सत्ता तानातानको अभ्यासमै ब्यस्त छ !!!!

सुजाता,
हस्तक्षपको कुरा कहाबाट आयो भनेर जिल्ल छन्,
राजदुत र भारतीय राजदुतावास सड्यन्त्र भएको दाबी गर्छन्,
असमान सन्धिहरु
खारेज गर्नुपर्छ भन्ने त कुरै छाडौ,
फेरी अर्को असमान सन्धि नेपालिमाथि लादन
सड्यन्त्र रच्दैछन्,
राष्ट्रियताको नारा घन्घाउदा
सरकारले हस्तक्षप तीब्र पार्दैछन्,
आफ्नो मन्त्री पद खुस्केला भन्ने चिन्ताले नै सताउदै छन् !!!!

बिस्थापितहरुलाई
पुनर्स्थापित गर्छौ भनेर लागेका छन्,
तर कहाबाट बिस्थापित भएको हो,
त्यो भने सुजातालाई अझै पनि थाहा छैन,
माकुनेले त यसको समाधान गर्छ भनेर कुरै छाडौ,
राष्ट्रप्रती बफादार रहने
मान्छेहरुलाई दबाउनमै ब्यस्त छन्,
पार्टीहरुलाई फुटाउने दाउमा नै ब्यस्त छन् !!!!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।