अब त जमाना नै उल्टो आएजस्तो छ...........

अब त
मर्यादाको कुनै अर्थ नरहला जस्तो छ,
देशकै ठुलो दललाई पाखा लगाएर
शान्ती स्थापना गर्छौ भन्छन् !!

अब त
जमाना नै उल्टो आएजस्तो छ,
मान्नुपर्ने ब्यक्तिलाई उल्टो लात मार्ने
अभ्यासको बिकास भएछ !!

अब त
शान्त बस्ने मान्छेलाई निहु खोज्दै छ,
सड्यन्त्रको जालमा पारी
निर्दोश अबलामाथि दिउसै आक्रमण हुँदै छ !!

अब त
शान्तपुर्बक बाच्ने दिनहरु गएछ,
हिङ्सा र यो द्वन्दको प्रभाबले
रुन नेपाली जनताहरु बिबस हुँदैछन् !!

अब त
सुनौलो बिहानी फर्केर आउँला जस्तो छैन,
डर त्रासको सपनाकै संसारमा जिउनै पर्ने
थप जिम्मेवारि थप्दैछन् !!

अब त
राष्ट्रभक्ती लखेटिने समय आएजस्तो छ,
आफ्नै भुमिलाई हडप्दा
दु:खको खुशीमा जिउने बाध्यता आएछन !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।