चौतारीको बसाइमा मेरा अनुभवहरु


वाधा व्यबधानको साथ
यात्रा बढाउदै थिए
अचानक
एक्जना सहयोगि मित्र भेटे
पाइलाको डेगलाई अझै चाल्दै अगाडि लगे
साथीहरु त चौतारीमा
मेरै प्रतिक्षामा पो थिए !!

चौतारीको वरपिपल आज हाँसिरहेछ
आफ्नो शितल छहारि साट्न पाउदा
मनमा अनेक खुशीहरु हलचल गरिरहेछ
साथीसङिनिलाई अँगालोमा बेर्न पाउदा !!

संसारभरी छरिएर बसेपनि
फुर्सद मिलाएर भेट्न आएका छन्
एकछिन भारिलाई बिसाउन भएपनी
थकान मार्न शितल छहारि रोज्दै छन् !!

सुरुसुरुमा शुन्य लाग्ने चौतारी बिस्तारै
आफुलाई भुलाउदै मख्ख परे
कहिले तिक्तता अनि कहिले रमाइलो
साथीहरुको हासोसँगै भुलाउदै मदहोस् भए !!

जस्तोसुकै परिस्थिती आएपनी
हरपल स्रिंगार्ने प्रयासमा हुन्थे
कहिलेकाही चोट पुर्याउदा साथीहरुलाई
सुन्दर मुस्कान पनि टाढा गै पराइ हुन्थे !!

हिरोको भूमिकामा खेल्नुपर्नेमा
कहिलेकाही भिलेन पनि भै दिए
राम्रा कुराहरुमात्र निस्कनुपर्नेमा
कसैको चित्त पनि दुखाइ दिए !!

कत्तिले त गुनासाहरु मनमा पाले होलान्
कत्तिले त एकै छिनमा बिर्सेंर फाले होलान्
कत्तिको मनमा त म बास बस्न सफल भए होलान्
जस्तो भएपनी मित्रताको यात्रा तय गर्न सफल भए होलान् !!

गुनासा सारा हटाइसके
स्वच्छ बिचारले बास माग्दैछ
मनमा बिशाल घर ठड्याइसके
चौतारीले बास बस्न लाग्दै छ !!

उतार चढाव जिन्दगीको दुई पाटा हुन्
दु:ख र सुख जीवन जिउने आधार हुन्
सुन्दर मुस्कान मेल्मिलापको सङ्केत हुन्
चौतारी नै सबैको प्रेरणाको स्रोत हुन् !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।