मन्द ओठका मुस्कानहरु, बिस्तारै अलप हुदैछन्, चोटग्रस्त इच्छाहरु छट्पटिमै मर्न वाध्य छन् !!

आशाका किरणहरु
बिस्तारै धमिलिदै छन्
सुन्दर मनका आबेगहरु
बिस्तारै खिइदै छन् !!

आनन्दको सागरमा
डुबुल्की मार्न हत्तार गर्दै छन्
दु:खका ती ठक्करहरुले
थप पीडा दिइदै छन् !!

मन्द ओठका मुस्कानहरु,
बिस्तारै अलप हुदैछन्
चोटग्रस्त इच्छाहरु
छट्पटिमै मर्न वाध्य छन् !!

पेन्डुलमजस्तो जिन्दगी,
बाच्ने वा मर्ने दोसाधमै छन्
एउटा पीरले धोका दिदा,
अर्को पीर अङालो मार्न तयार छन् !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।