मनलाई सम्हाल्न गाह्रो थियो !!!!!

आँखाका ती नानीहरु
सुन्दर फूलमा ठोक्किन गयो
मनलाई सम्हाल्न गाह्रो थियो
मदहोस मेरा मनहरु
उतैतिर भुलिन गयो
नजिकै गएर हेर्न जाँदा
त्यसको वास्तविकता अर्कै थियो
ती सुन्दर फूलहरु
सुन्दर हुनु दुर्भाग्य थियो
किरा र अन्य किराहरु
सुन्दरतालाई नामिट गर्न
ब्यस्त थियो
आफ्नो सुन्दर रुप बिग्रिदा पनि
केवल मौन रही चुपचाप सहदै थियो !!!!

त्यसपछी मेरा आँखाहरु
सुन्दर नेपालको सुन्दर नक्सामा
ठोक्किन गयो हिमाल,
पहाड र तराइको सुन्दर मेल
अनि
सँगमको त्यो स्वरुप
अतन्तै मनमोहक थियो
अझ नजिकैबाट नियाल्दै गए
त्यहा अर्कै आभास हुन्थ्यो
ती सुन्दर नेपालका छातीहरु
चियाछिया भई सम्हाल्न साह्रै गाह्रो थियो
छट्पटिएको त्यो आवाजको कुनै अर्थ थिएन !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।