भाग्यमानी ठान्थे आफुलाई संसारकै तर साथ टुटायौ किन !!

भाग्यमानी ठान्थे आफु संसारकै
एउटा गल्तिमै साथ टुटायौ किन !!

विश्वाशमा अडिएको यो जिन्दगी
बिश्वासघातलाई भित्र्यायौ किन !!

धोका दिने मनशाय नै थियो भने
सँगै यात्रा गर्ने कसम खायौ किन !!

मलाई अँगाल्न चाहन्थ्यौ भने
मेरो अस्तित्वलाई लत्यायौ किन !!

तिमीलाई मनमुटुमै सजाएकै थिए
भित्र भित्रै मलाई जलायौ किन !!

सहनुको नि आफ्नै सीमा हुन्छ
पीडा माथि पीडा थप्यौ  किन !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।