बिचित्र नै बिचित्रको यो संसार

बिचित्र नै बिचित्रको अनौठो संसारमा
उल्टो जमनाले पाइला चालिसकेछन्
बौलालाई सध्य,साध्यलाई बौला देख्ने
कस्तो अचम्मको यहाँ फेशन आएछन!!

विश्वाश रहेन अब कसैको कसैमथि
आशका डोरिहरु पातलिएर चुडिदै छन्
मनमा आँधिबेहरी भएपनी हास्नै पर्ने
विवस्तामा बाँच्न वाध्य गराइदै छन् !!

गुण गर्नेलाई बैगुणले मार्ने नयाँ चलन
हेर्दाहेर्दै हामीसामु कसरी आइसकेछन्
उच्चले निम्नबर्गमाथि गर्ने पुरानो दलन
त्यही परम्पराले दरो जरो गाडिसकेछन् !!

स्वच्छ भावनामाथि कुठाराघात गरी
निको भैसकेको घाऊ बल्झाइदै छन्
आँशुहरु तलाउमा परिनत हुदैछन्
मनमा अनेक पीर ब्यथा थपिदै छन् !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।