रोएर आशु रित्तिएला नेपाली जनताको अब

हाम्रा नेताहरु
भाषन गर्नमै मात्र खप्पिस छन्
एकातिर जुटाउन
अर्कोतिर फुटाउदै छन्
नयाँ नेपाल बनाउने काम
लथालिङ्ग थाती छन्
जनताहरु केवल आशमा
तड्पिएको तड्पिएकैछन् !!

देश फुट्न लाग्दा
छिमेकी राष्ट्रलाई
आनन्दको निन्द्रा लाग्दै छ
नेपाली जनताहरु
आशुको घुट्का पिउन वाध्य छन्
नेता जुटे जनता फुट्ने,
जनता जुटे नेता फुट्ने
नयाँ खेलको बिकास
झन्झन जागिदै छन् !!

रोएर आशु रित्तिएला
नेपाली जनताको अब
खबरदारी भो हाम्रो यो नेताहरुलाई
यदि देश नबनाउने नै निस्चित
भने धुरुधुरी जनतलाई रुवाउछौ किन ??

आकाशका ताराहरु
मिलेर बसेकै छन्
बगैचामा सुन्दरता थप्न
सबै फुलहरु फुलेकै छन्
प्रकृतिको यो नियम बिपरित
सबै किन जान खोज्छन्
नेपाली जनतालाई भुमरिमा
किन धकेल्न खोज्दैछन् ??

नयाँ सरकार
नयाँ बिचार आउँदैछन्
२१ तिर मुख फर्काउदै छन्
अर्को पार्टी
सरकार ढाल्ने प्रपन्च रच्दैछन्
ढाल्ने र बनाउने खेल अब
कहिले अन्त्य हुन्छ !!

बुद्धको शान्ति भूमी नेपाल भनी
चिनाउनु छ
सगरमाथाको देश भनी
उच्छ शिर बनाउनु छ
न्यायप्रेमी जनताको आवाज
बुलन्द गर्नु छ
शान्ति भूमी नेपाललाई
यसबाट बचाउनु छ !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।