प्रेम र जीवन


१४ फरवरीका दिन संसारभरिका प्रेमीहरु फूल, कार्ड र उपहारअहरु आपसमा साटासाट गरेर भ्यालेन्टाइन दिवस मनाउछन् । इशाइ धर्मको आगमनपुर्ब रोमबासी प्रत्येक बर्ष १५ फरबरीका दिन प्रजनन र सृजनका रोमन देउताको सम्झनामा लुपेरकलको चाड मनाउथे । एउटा बाकसमा राखिएका युवतिहरुका नाम युवकहरु चिट्ठास्वरुप तान्थे र जसको नाम युवकले झिक्थ्यो सो युवती उसकी प्रेमिका हुन्थी ।

इसाको तेस्रो शताब्दिमा रोममा कठोर र युद्धपिसामु सम्राट क्लाउडियसको शासन थियो । ऊ सधैं युद्धका लागि नयाँ सैनिक भर्ती गर्न खोजिरहन्थ्यो । अधिकाङ्श परिवार युद्धमा जान मन पराउदैनथे । क्लाउडियसलाई लाग्यो, बिबाहितहरू परिवार छोड्न चाहदैनन् । उसले बिवाहितमाथि नै प्रतिबन्ध लगाइदियो । सोही समयमा भ्यालेन्टाइन नामका एक सह्रिदय पादरी विवाह गर्न रुचाउने युवा जोडीहरुलाई गोप्यरुपमा विवाह गरिदिन्थे । यसै क्रममा उनी समातिए र मृत्युदन्डको सजाय पाए । जेलमा थुनिदा अनेक प्रेमीहरु उनलाई उपहार दिएर प्रेमको मार्गमा आफ्नो समर्थन जनाउथे । भेट्न आउनेहरुमध्ये जेलरकी जवान छोरी पनि थिई । जेलरले उसलाई भ्यालेन्टाइन थुनिएको सेलमा गएर भेटने छुट दिएका थिए । मृत्युका प्रतिक्षा गरिरहेका भ्यालेन्टाइन घण्टाउ त्यस युवतिको हात समातेर आफ्न भावना पोख्थे । युवती उनको उत्साह बढाउथी र भन्थी, "तिमी बडो पवित्र कार्य गरी मर्न लागिरहेका छौ, भोली अनेक प्रेमिले तिमीलाई अमर बनाउनेछन् ।

"सन् ३६९ फरवरी १४ का दिन मृत्युदन्ड पाउनुअघि भ्यालेन्टाइनले युवतिलाई प्रेम र बिस्वासका लागि धन्यवाद दिदै लेखेको सानो पत्रमा भनिएको थियो-"लभ फ्रम योर भ्यालेन्टाइन ।" भ्यालेन्टाइन त प्रेमका लागि मारिए तर उनले लेखेका यी अन्तिम शब्द हजारौ प्रेमीले आपसमा साटासाट गरी प्रमाणित गरिरहेका छन्, प्रेमको मार्गमा खडा गरिएका जस्तोसुकै व्यवधान अन्तत: प्रेमको शास्वतताकै सहयोगी हुनेछन् ।लगभग यही समयमा वसन्तको आगमन हुन्छ । कालिदासले बसन्तलाई प्रेमिकाको लागि जत्ति सुखद र बिरहिका लागि त्यत्ती नै दु:खद ऋतु मानेका छन् । प्रेमको पर्व बसन्त पञ्चमी र होली पनि यही समयमा पर्छन । काठयाङ्ग्राउने शिशिरलाई बिदा गर्दै प्रकृतिमा बसन्तको आगमनपछी नयाँ उल्लासको संचार हुन्छ । ब्रिक्षमा पालुवाहरु लाग्छन्, फूलमा नयाँ कोपिला पलाउन थाल्छन् । कोइलिले मधुर स्वरमा आफ्नो प्रेमिकालाई बोलाउन थाल्छन् । फाटहरु तोरिको पहेलो फूलले ढकमक्क भएको देखेर जसको मन पनि रागको संचार हुन्छ । आयुर्बेदका अनुसार बसन्तमा यौनरसहरु सकृय हुन्छन्, मनिसको शरीरमा विर्यको अत्याधिक उत्पादन हुन्छ । यस महिनामा "प्रौढहरु पनि तरुना भएर आउछन" भन्ने मन्यता छ ।

प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन् । जसरी शरीरअलाई भोजनको आबस्यक्ता हुन्छ, त्यस्तै हृदयलाई प्रेमको प्यास हुन्छ । जो प्रेमको अभावमा जिउन वाध्य छन् उनिहरुको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तरतम मनले सतत् प्रेम मागिराखेको हुन्छ । जब कसैले तपाईंलाई प्रेमपुर्बक प्रेम्पूर्ण आँखाले हेर्छ पहिलोचोटि आफु ब्यर्थ नजन्मिएको बोध हुन्छ । आफ्नो अस्तित्वले कमसेकम एक हृदयलाई भएपनी आनन्दित तुल्याएको भावले एक गहन आत्मसम्मान र तृप्ति दिन्छ । प्रेमको आत्मसम्मानबाट वन्चित ब्यक्तिहरु या त अती महत्वाकाङ्क्षी नम्क्ज्जम र संसारको धन, सम्पदा, मानमर्यादा जितेर आफुलाई सम्मानित प्रमाणित् गर्ने दुस्चेस्टामा लाग्छन् । यो धनसम्पदा भने बाहिरकै श्रिँगार हो र अन्तत: ती सबै बाहिरै छुट्छन् र आब्तरिक दरिद्रलाई भर्न सक्दैनन् । यिनिहरुको जिवनमा प्रेमको अभावमा कुनै उत्प्रेरणा नै पैदा हुँदैन र निरश, दु:खद र असिर्जनशिल जीवन जिउन वाध्य हुन्छन् । संसारका अति महत्वाकाङ्क्षी र क्रुर अपराधीहरु दुबै प्रेमकै अभावले पैदा हुन्छन् । जो ब्यक्ती कसैको गहन प्रेममा छ उसबाट हत्या, हिङ्सा र अन्याय सम्भव नै हुँदैन ।

जीवन आँफैमा कुनै अर्थ छैन प्रेमले जीवनलाई बाँच्न लायक बनाउछ । प्रेमकै आकर्सणले यो संसार चलिरहेकै छ । ग्रह, नख्स्त्र र तारा पनि आपसमा बढीएर लयबद्ध छन् । नत्र उनिहरु पनि एकापसमा ठोकिन्थे र यो सृस्टि नस्ट हुने थियो । प्रेम जगतको मौलिक भोक हो । प्रेम्ले नै जीवनअको बिहारोपन हुन्छ र प्रेमले नै आमाले बच्चालाई नौ महिना गर्भमा बोकेर हिंड्ने असुबिधा झेल्छे र बर्सौ आफ्नो पेट काटेर पनि बच्चालाई हुर्काउछे ।

स्त्री र पुरुषका बिचमा शारिरिक् र मानसिक भिन्नता छ र यही भिन्नताले उनिहरुबिचमा हगन आकर्सन पैदा गर्छ । एक्लाई उनिहरु अपूर्ण हुन् । लाउत्सेले स्त्री र पुरुषको उर्जालाई यिन र यान भनेका छन् र यसको समन्वयमै सृस्टिको सौन्दर्य देख्छन् । हामीकहा पनि अर्धनारिस्वरको कल्पना छ । पुरुष बिनाको नारी र नारी बिनाको पुरुष अर्ध हुन्, पूर्ण मानिदैनन् । यही पूर्णताको खोज यिनिहरुको बिचको उद्याम आकर्सन हो । यो अकर्सन अबोद्य र रहस्यमय छ । यसलाई कुनै पर्खालले रोक्न सकिदैन

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।