म त केवल यात्री हुँ

म त केवल यात्री हुँ
यात्रा जीवनको गर्दै छु
केही पाउने आशमा
रूमल्लिदै छु
कैयौ बसन्तको बहारसँगै
सजाउन जीवनलाई
अगाडि दौडाइदै छु
वाधा अड्चन त छ दै थियो
उकाली ओराली त छ दै थियो
अझै यात्रा अगाडि बढाउदै छु !!!!

म त केवल यात्री हुँ
यात्रा जीवनको गर्दै छु
घाम डुब्दा
छाया पनि पराइ हुदो रहेछ
आफ्नै भन्नेले चोट पुर्याउदा
खप्न साह्रै गाह्रो हुदो रहेछ
पीर ब्यथाले डेरा जमाउदा
मुस्कानले पनि साथ छोड्दो रहेछ
यही जीवनको वास्तविकता रहेछ !!

म त केवल यात्री हुँ
यात्रा जीवनको गर्दै छु
बसन्तको बहारसँगै
कलीला पालुवहाँरु पलाउदै थियो
हराभरा चारैतिर,
मनमा साह्रै आनन्द थियो
सुन्दर सपनाको माला उन्दै
सुनौलो बिहानिको आश थियो
केवल यही एउटा धोको थियो !!

म त केवल यात्री हुँ
यात्रा जीवनको गर्दै छु
दु:खकस्ट हातेमालो गर्न
आउने गर्थे हातेमालो गर्न
कहिलेकाही वाध्य हुन्थे
साथ छुटाउन यिनिहरुबाट
द्रिढ् विश्वाश मनमा थियो
लड्दै गए अनि जुट्दै गए
अन्तमा साथ यिनिहरुको छुटाएरै छाडे !!

म त केवल यात्री हुँ
यात्रा जीवनको गर्दै छु
असफलताको तगारो उभिदै थियो
यात्रालाई अल्मलाउन बसेकै थियो
यी अल्मलहाट्लाइ पन्छाउन
मनमा साहस् र भरोसा थियो
झन् झन् यसलाई बढाउदै गए
अन्तमा सफलता अँगालोमा बेरिनै पर्‍यो !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।