जनताहरु तुलुटुलु हेर्न बिबस छन्

दुईदुई ठाउबाट हारेकै हो
खेल पनि गजबकै आएछ
जनताले असक्षम मानेकै हो
प्रधानमन्त्रि नै पो खाएछ !!

प्रतिगमन सच्चियो भनेर
राजाको खुट्टामा मोहर चढायेकै थियो
गणतन्त्र नेपालमा आउने भो भनेर
येकचोटि नेता बन्न मौका दिएकै थियो !!

जनताले अब कुर्दै छन्
आशमा दिनहरु बिताउदै छन्
२१ तिर मुख फर्काउने पार्टी एक हुँदै छन्
देश खाडलमा डुब्दै छन् !!

नेताहरु फुटाउन देशलाई खोज्दै छन्
जनताहरु तुलुटुलु हेर्न बिबस छन्
संबिधान बनाउने यो कार्य ठप्प नै छन्
यो भन्दा अरु आशा नै के गर्न सकिन्छ र !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।