बन्दको चपेटामा नेपाली जनता

यसो हेरे चारैतिर, सुनसान बातावरण मौन थियो । अनि अझै ध्यानपुर्बक हेरे, रेडियो र समाचारहरुमा बन्दको समाचारले खचाखच स्थान पाइसकेछ । निरशको बादलले मडारिदै थियो मन, आलस्यता र चिन्ताले पोल्दै थियो तन । मनले थाम्नै नसकी बाहिरको बातावरण बुझ्न घचघच्याइराखेको थियो । शरीरले जान मानेकै थिएन, तर मनको त्यो जिद्धिले शरीरलाई सङ्संगै डोर्याएर लगे । केही हुने हो कि भन्ने डर हुँदाहुँदै पनि पाइलाहरुलाई चाल्दै गए ।

परीचित एक जना साथी मेरो सामुन्ने उभिए । तिमीपनि यतातिर... भन्ने मेरो प्रश्न टुङ्ग्याउन नपाउदै उसले आफ्नो दुखेसोको भन्डार फोर्न थाले । निकै चिन्ता र उदासले भरिएको त्यो मनलाई मेरा सहानुभुतिका शब्दहरुले शान्ता पार्न मुस्किल थियो । गफको त्यो साटासाट्सँगै पाइलाहरु अघी बढ्दै थियो । बाटोमा फोहोर र धुलोको डङ्गुर थियो, त्यो खप्न नसक्ने बास्नाले नाक थुनेर पैदलयात्रिहरु गन्तब्यतिर लागिरहेकै थियो । खैरेहरुपनी त्यही बाटो प्रयोग गर्दै आफ्नो गन्तब्यतिर जादै थियो अनि उनिहरुको कुरामा एक्छिन ध्यान दिएर सुने,"the city seems to be the dumping area. Every areas are covered with the garvage stuffs and people have no strong voice to remove all these problems. And they just know to destruct and involve them in such nonsence and evil actions." यी सम्बादहरुले कस्तो प्रभाव परेछ बिदेशिहरुमा अनि कस्तो खालको नकरात्मक सन्देश गएछ भनेर स्पस्ट हुन्छ ।

प्रत्येक मान्छेको अनुहारमा सजिलै पीर ब्यथाको आभाश पाउन सकिन्थ्यो । जनताहरु त्रासपूर्ण बातावरणको शिकार बन्न वाध्य थिए, पसलको सटर आधा मात्र खोलेर ग्राहकको प्रतिक्षामा थिए । जुलुस आउँला जस्तो भो भने तल तानी हाल्ने अनि फेरी एकै छिनपछि खोल्ने । यो एक किसिमको कार्टून शो जस्तै लाग्थ्यो, तर यो कार्टून शोको खेलभन्दा धेरै फरक, नेपालीको वास्तविक तिक्तता थियो । शान्तपुर्बक जिउने नेपाली जनताको कुठाराघात गरिएको लास थियो । निराश र हताशले भरिएको मनलाई शान्त पार्नै नसकी अझ पाइलाहरु थप दुरीहरु पार गर्दै थियो । अचानक एउटा रिक्साको प्रबेश भो, जहाँ दुई जना पर्यटकहरु घर फर्किन एअरपोर्टतर्फ जादै थियो । त्यो आन्दोलनकारीको जथ्थाले पर्यटकलाइ पनि चिन्न सकेन र रिक्सामथि आगो लगाइदिए । मैले मौन स्वरमा कराउदै थिए, त्यस्तो पाप काम नगरौ भनेर । मैले यदि बाहिरी रुपमा स्वरबाट प्रतिकार गरिएको भए ममाथी जे पनि हुनसक्थ्यो । रिक्साको चालक आँखाभरी आसुँ बगाउदै हेरिरहे, किनभने उसलाई साहुले भरे बेलुका गर्ने व्यबहारको चित्र झल्झली आँखा अगाडि नाचिरहेको थियो । दिनभरिको कमाइले पेट पाल्नुपर्ने त्यो रिक्साचालकको रोदनले मनमा लाखौं दु:ख ब्यदनाले बास जमायो । यदि जनताको हितको लागि भनेर गरिएको यस्तो आन्दोलनले, जनताको हितको लागि काम गरिन्न भने रोक्नुपर्छ यो हिङ्सात्मक खेल, बन्द गर्नुपर्छ यस्ता आन्दोलन, हड्ताल् अनि चक्कजाम ।

आन्दोलनकारिहरुको आँखामा जोश र जागर थियो, क्रोध थियो, जुनसुकै शक्तिलाई झुकाउछु भन्ने आट थियो । चारैतिर हेरे, जहाँ कालो धुवा उडिरहेको थियो, बातावरणले तनाबग्रस्त हुने स्थितिले नयाँ मोड लिने आशङ्का थियो । नभन्दै त्यस्तै भो । पत्रकार समाचार सङ्कलन गर्न भनेर आफ्नै ब्यक्तिगत मोटरसाइकल लिएर आयो । अचानक आन्दोलनकारी त्यही पत्रकारमाथि खनिए, पत्रकार हुँ भन्दाभन्दै छोडेनन् । मलाई अचम्म लागेर आउन थाल्यो कि अब नेपालीले मान्छे चिन्नै छाडे त ? यो प्रश्न मनमा नराम्रो रुपले बिझ्यो ।

यही प्रश्न नै प्रश्नको मन लिएर अझ अगाडि बढीरहे । नेपाल पर्यटन बोर्डमा टक्क उभिए । साथिको काम परेको हुनाले एक्छिन गेट्बाट भित्र छिरे, बन्दको प्रभावले कहाँ नै अछुत रहन सक्थ्यो र नेपाल पर्यटन बोर्ड पनि । निकै बेरको प्रतिक्षामा पनि कर्मचारीहरुको उपस्थिती भएन, अझै कुरे तर कर्मचारी आउने सुरसार केही पनि थिएन । अनि भ्रिकुटी मन्डपको प्रदर्शनी स्थल (Exhibition ground) भित्र प्रबेश गरे । चियाको चुस्किमा रमाउन म र साथी एउटा सानो चिया दोकानमा छिरे । त्यहा एक किसिमको त्रास थियो, तर पनि आतिनुपर्ने खासै बातावरण थिएन किनभने यो भित्रपटी थियो । त्यहा चिया पिउदै गफ गरेर बसेका हाम्रै दाजुभाइहरुको पनि झम्घट पनि थियो । देशको अस्तब्यस्त राजनीतिकै बारेमा गफ चल्दै थियो । म पनि एक्छिन गफ मै मस्त पो भुलिएछ, अनि यसो बिचार गरे, हाम्रो देशलाई गफ गर्न खप्पिस नेताहरु चाहेको होइन काम गर्ने नेता चाहेको हो । अनि झुरुक्क उठेर हेरे, पर्यटन बोर्डको कर्मचारी त अझै पनि आइपुगेको रहेनछ ।

यसो फ्रेश हावा खान exhibition ground लाई चक्कर लगाए । त्यहा भित्र बिभिन्न पसलहरु र संघ संगठनहरु थिए तर सबै बन्द थिए । त्यही दिन "career expo" त्यहा आयोजना गरिएको रहेछ । बाहिर कागजका टुक्राहरु छताछुल्ल थियो, सफा गर्ने कोहीपनि थिएन । टिकेट काउन्टरमा गएर १०-१० रुपैयाँको टिकेट कातेर भित्र छिरे । त्यहा पसेर धेरै कुराको ज्ञान प्राप्त गर्ने मौका पाए, भबिस्यको बाटो खोज्न अलमलिएको थुप्रै मानिस तथा विद्यार्थीहरुको उपस्थिती थियो । बिभिन्न consultancy तथा company का consultant हरुको उपस्थिती थियो । निकै कुराहरुको ज्ञान लिदै बाहिरिए अनि फेरी त्यही पर्यटन बोर्डमै फर्कियौ । भाग्यबस कर्मचारी चाँही आइपुगेछन्, १० मिनेट जत्तिको काम सकाएर बाहिर्यौ । त्यसको अर्को building मा tourist service center थियो । त्यहा भित्र एक्छिन छिरे । निकै आकर्शक रुपबाट बनाइएको कथाको ती सुन्दर झ्यालढोका तथा फर्निचरमा मेरो आँखा ठोक्कियो । Front मै देखियो "The Ethnographic Musium". म्युजियम सानो भएपनी त्यहा सजाइएका हरेक चिजहरु आकर्शक थियो । त्यहा नेपालको लागि बिभिन्न देशले तारिफ गरेर पठाएको प्रमाणपत्र र मेडलहरु सजाइएका थिए । अचानक मेरो आँखाहरु एउटा चित्रमा पर्यो, क्याप्सनमा लेखिएको थियो "The National luminaries of Nepal." ती आदर्शका ब्यक्तिहरुलाई हामीले सझिने चेस्टा समेत गर्दैनौ आजभोलि । भ्रिकुटी, सीता, अरनिको.... जस्ता ब्यक्तिहरु हाम्रो ईतिहासको कुनै पानामा मात्र सिमित छन् । जसबाट पाठ सिक्नुपर्ने हो उसैलाई लात मारिरहेका छौ । बहिर निस्कने क्रममा "महेन्द्र पुलिश हेल्थ क्लब" देखे । एक्छिन छिरेर मनलाई हल्का पारौ न भन्ने साथीको अनुरोधलाई स्विकार्दै भित्र छिरे । अनि १५०-१५० को दुइवटा टिकेट लिएर स्विमिङ खेल्न स्विमिङ पुलतर्फ लागे । स्विमिङ को आनन्द लिन थुप्रै मान्छेहरुको उपस्थिती थियो । त्यसछी फेरी घरतर्फको बाटो तताउने सुर्सारमा लागे । हेर्दाहेर्दइ अर्को गाडी जलाइयो, आफ्नै नेपालको सम्पत्ति जल्दा सबै रमएका थिए । म मौन रहे अनि घरतिरको यात्रा तिब्र बनाए किनभने थाहा थिएन के पर्छ के पर्दैन भनेर बाटोमा ।

यस्ता घटनाले आक्रन्त नेपाली समुदायलाई उठाउन सम्भव नभएसम्म देशमा स्थाई रुपमा शान्ती कसरी आउन सकिन्छ । यो प्रश्न आम नेपालीको मनमा गडीएको छ, बिझिएको छ । उखेलेर फाल्ने प्रयास अब साच्चै गर्नुपर्छ नेपाली जनताले ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।