शान्तिप्रिय नेपाली हामी

शान्तिप्रिय नेपाली हामी
आन्दोलनमा रमाउन मन पराउछौ
टायर बाल्न, तोड्फोड गर्न
आफ्नो उपस्थिती जनाइ हाल्छौ !!

जलस्रोतमा दोस्रो धनी हाम्रो नेपाल
लोडशेडिङ नयाँ रेकर्ड हाम्रो पहिलो देश !!

दिउसै तारा देख्ने भाग्य हाम्रो
अरु कस्ले पाएको छ र
राती घरघरमा candle डिनर
अरु कस्ले गर्न सकेको छ र !!

समस्या आँफै कुर्लेर आउने चिज होइन
जिम्मेवारी ब्यक्तिबाट नै यसको जन्म हुन्छ
झन् जटिल बनाउनु यसलाई पक्कै राम्रो होइन
समाधानको बाटो अब हामीले पहिल्याउनुपर्छ !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।