आत्मालाई चिन्ने चेस्टा गरौ जहाँ लाखौं इक्षा र आकाङ्क्षा लुकेको हुन्छ

गरीबीले निम्त्याएको दुई जनाको मार्मिक काहानी हो यो । कौशल्या र रेमो, बहिनी र दाजु हुन्छन । सानो उमेर पनि पार गर्न नपाउदै आफ्नो आमा बुवालाई गुमाउन पुग्छन । उनिहरुको जीवनबाट सम्पूर्ण चिजहरु टाढाटाढा जान खोज्छन तर रेमो भने ती चिजहरुलाई नजिक ल्याउन आट गर्छन् । त्यही आट्लाई साकार पार्न उनको बहिनी पनि लाग्छिन तर रेमोलाई आफ्नी बहिनिको ती अबोध हातहरुले काम गरेको सह्य हुँदैन । के गर्नु काम नगरि खान त्यसै आउँदैन किनभने उनिहरुको अन्नदाता पहिले नै बितिसकेका थिए ।

अनी रेमो काम्को आश गर्दै अर्कै ठाउँहरुमा भौतारिदै हिड्छन । समय गुज्रिदै जान्छ अनी बहिनिमा पनि जवानी झन्झन थपिडाइ जान्छ । बहिनिको यस्तो लाउलाउ खाउखाउ भन्ने उमेरमा दु:खको भारी बोकाउन चाहन्नथे । त्यही भएर उनी बहिनिको सुखको लागि दिनरात कमाउन थाल्थे, आफुलाई लाखौं दु:खमा धकेलेर बहिनिको त्यो मिठो मुस्कानले सारा दु:खलाई भुलाइदिन्थे । आफु मिटाइ बहिनिको सुखको लागि समर्पित हुन्थे त्यहि उसको लागि सारा संसारको खुशी थियो ।

एक दिनको कुरा हो । ऊ आफ्नो बहिनीलाई त्यहि बस्ने ठाउमा नै छाडेर सधा झै काममा जान्छ । हो त्यहि दिन, जीवनमा कहिल्यै नसोचेको घटनाको सामना गर्नुपर्ने हुन्छ ।त्यहि दिउसोको दिन राजकुमार भ्रमनमा थियो अनी अचानक राम्कुमारको आँखाहरु ती सुन्दर युबती कौशल्याको कलकलाउदो जवानीमा पर्यो । उनलाई देख्नेबित्तिकै राअज्कुमारको सम्पूर्ण इक्षा आकाङ्क्षा कौशल्यामा नै निहित हुन थाल्यो । आफ्नो सपनामा पनि नसोचेको र नदेखेको यस्तो सुन्दर युबती पाउदा रज्कुमार खुशीले गदगद भएर पागल झै भयो । अनी दरबारमा लगी धुमधाम्सँग बिहे गर्यो ।

यततिर रेमो भने दिनभरीको कामको थकान लिएर घर फर्किन्छ । अनी बहिनिलाई यताउती नियाल्छ तर काहि पनि भेटाउदैन । मनमनै भन्छ,"आँ, यतैतिर कतै गाकी होला नि ।" समयले बिस्तारै आफ्नो गती बढाउदै लान्छ तर बहिनिको अत्तोपत्तो लाग्दैन । त्यहि चिन्ताले गर्दा रातभरीमा एक निन्द्राले पनि उसलाई छोप्न सक्दैन ।अनि भोली बिहानै खोज्ने निधो गर्छ । अनि उसलाई कालरात्री त्यो गुजार्न साह्रै गाह्रो र लामो हुन्छ । बिहानिको झिस्मिसे साझामा नै उ आफ्नी बहिनीलाई खोज्न हिड्छ । धेरै ठाउहरुमा चाहर्दै हिड्छ तर पाउन गाह्रो हुन्छ । मनमा निरशको बातावरणले डेरा जमाउन थाल्छ, जसको लागि कमाउनुपर्ने त्यहि नभएपछी कमाउने इक्षा मरेर जान्छ । तैपनी श्वास भईन्जेल आश गर्न सकिन्छ भनेर भौतारिरहन्छन त्यहि बहिनिको खोजिमा । तरपनी भेटिदैन तैपनी आश मारेको हुँदैन । दिनहरु बित्दै जान्छन, कालरात्रीले सताइरहन्छन अनि निरशले मन जलाइरहन्छन ।

यतातिर बहिनी भने ती दु:ख गरेर आफुलाई हुर्काएको दाजुलाई नै बिर्सेंर महलको मोज्मस्तिमै ब्यस्त हुन्छिन । आफु कसरी त्यो स्थानमा पुग्यो भन्ने कुरा नै बिर्सन्छ । राजामहलको त्यो सुखसयलले बहिरको दु:ख र रोधन्लाई भुलाइदिन्छन । बहिनी हरएको यत्तिका दिन हुँदा पनि अत्तोपत्तो नहुँदा मनमा अनेक्थरी कल्पनाहरुले डेरा जमाउन थालछन । एक्दिन रजकुमारले राजकुमारी कौशल्याको साथमा बाहिरी घुम्न जाने योजना बनाउछ । त्यहि अनुरुप दरबारको सम्पूर्ण बन्दोबस्त मिलाएर भ्रमनमा निस्कान्छन । भारदार र नोकरहरुको बिशेष सुरक्षामा सवार हुन्छन । उता बहिनिको बियोगमा तड्पिएको दाइको नजर अचानक गर्गहनाले सजाइएको बहिनिमाथी पर्छ । अनि खुशीको संसार उसको मनमा बर्सिन्छ ।झुत्रो कपडामा सजिएको अनि हाडैहाड्ले जेलिएको उसको जिर्न शरीर जोशले ठडिन्छ । तर उसको बोली बन्द हुन्छ मानौ कि कुनै पहाडले थिचिए झै । अनि अचानक उसको मुहारमा चमक देखा पर्न थाल्छ ।

बहिनी भ्रमनबाट फर्किदा भेटुला भनेर बाटो कुरी रहन्छ । बहिनी त राजाकुमारी पो भएछ भनेर मनमनै फुरुङ्फुरुङ हुन थाल्छ । भ्रमन पस्चात सम्पूर्ण भारदार्सहित त्यहि बाटोबाट फर्किन्छ अनि केही बोल्ने आट गर्दै ती दबिएर बसेको आवाज निकाल्ने चेस्टा गर्छ । तर त्यो पीडाबाट निस्किएको आवाजको अर्थ हुँदैन । रथ सङ्सँगै छत्पटिएको हृदयलाई दौदाइरहन्छ तर बेवास्ता गरिन्छ । भ्रमनमा बाधा पुर्याउन लाग्यो भन्दै सुरक्षा गार्डले पन्छाइदिन्छ । बल्ल बल्ल भेटिएको बहिनिलाई हृदयको दु:खको भारी र पीदा पोख्न नपाउदा गर्हौ मन बोकी फर्किन्छ । अनि अर्को दिन पनि त्यहि दरबारको कुनामा गइ बहिनिलाई बोलाउन सुरक्षा गार्डलाई अराउछ । राजकुमारी राजाकुमारसंगको बातचित्मा ब्यस्त थिई अनि गार्डले खबर सुनाइदिन्छ,"राजकुमारी, हजुरलाई हिजो बाटोमा भेटेको मान्छेले भेट्न खोजी राख्नु भा छ ।" यो खबर पुरा सुनाउन नपाउदै राज्कुमारी झोक्किदै आबेगमा भन्छ,"आइण्दा फेरी दरबारको वरीपरी देखियो भने ज्यान मारिदिन्छ भनेर धम्की देउ ।" त्यहि सम्पूर्ण कुरा बाहिर सुनाइदिन्छ ।

भारी चोट नै चोट खाएको मनमा खप्नै नसक्ने र सोच्नै नसक्ने बज्रपात हुन्छ । अनि आफ्नो गरीबीलाई धिक्कार्छ जसले गर्द उसको सारा संसार उजाडिन्छ । चारैतिर कालो बादलले घेरिन्छ, मनमा आधिबेहरिले उथल्पुथल छाउछ । हरियाली बनाउनुपर्ने जीवन उजाड मरुभुमिमा परिनत् हुन्छ । रातको निन्द्रा र दिनको भोक प्यास हराउछ । अन्त्यमा संसारबाट भौतिक संसार त्याग गरी दु:खको सगरबाट मुक्त हुन्छ । बिस्तारै यो घटनाले चारै तिरको बातावरणलाई तताउछ । उसको हातमा राज्कुमारी कौशल्याको फोटो हुन्छ । मर्दा पनि मुटुमाथी बहिनिको फोटो राखेर मर्छ । यो कुरा राज्कुमारीको कानमा पर्छ कि उनको फोटो त त्यो मर्ने मान्छेको हातमा पो छ भनेर । अनि नजिकै गएर चियाउछ, चियाउदा नजिकबाट आफ्नै दाइको अनुहार देख्छ । अनि बिगतमा दाइले आफ्नो लागि गरेको दु:खलाई सम्झेर ल्याउछ । भक्कानो फुट्छ मनमा, सम्हाल्न गाह्रो पर्छ आँफैलाई अनि आशुका ढिक्का खस्न थाल्छ चाल् नै नपाई । आफैलाई धिक्कार्छ, दाइलाई नचिनेको भूल गर्दा जस्ले संसारको खुशी उनको लागि भनेर लागिपरेको थियो । तर समय धेरै ढिलो भाईसकेको हुन्छ जुन चाहेर पनि फर्काउन सकिन्न थियो । यसरी अन्त्य हुन्छ मुटु चुडाउने बियोगान्त अध्याय........

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।