१0 बर्से जनयुद्द

लडेका थियौ १0 बर्से जनयुद्द
सर्बहारा जनताको मुक्तिको लागि भनेर
बन्दुकको नालबाट निस्केको बारुदलाई
चपाइ दिए जनताको खुशीको लागि भनेर !!

कति मानिस शहीद भए
कति अपाङ्ग र असहाय भए
उनिहरु त केवल लडे र जुटे
सुन्दर बिहानिको सपना बोकेर !!

थुप्रै भ्रस्टचारीहरुको गला रेटियो
बम र बारुद अत्याचारिको छातीमा पड्काइयो
देशभक्ती नपलीलाइ अङगालोमा पनि बेरियो
साहदत् प्राप्त ज्यानलाई शहिद घोषणा गरियो !!

वीर योद्दा जन्माउने नेपाल आमालाई स्याबास दिनैपर्छ
ती शहिद्को बलिदानले सिर्जित मुलुकलाई स्रिङ्गार्नै पर्छ
शान्तिभुमी मातृभूमीको रक्षार्थ सबैलाई खटाइनु पर्छ
नयाँ युगको आवाजलाई आत्मासात गर्नैपर्छ !!

बलिदान परिवर्तनको लागि संबाहक थियो
देश बनाउन सहिदहरुले सपना देखेको थियो
यो हामी सबैको मुक्तिको लागि सपना थियो
नेपाली भुमी स्रिङ्गार्ने सुन्दर फुल्बारि थियो !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।