समय बित्दै जान्छ

समय बित्दै जान्छ
मान्छेमा चेतना भर्दै जान्छ
त्यही चेतनामा स्वार्थ,
केवल स्वार्थ लुकेको हुन्छ
स्वार्थको पहाडले किचिदा
दु:खको खाडलमा पुरिन्छ भनेर अत्तोपत्तो हुँदैन !!

भ्रस्टहरु जन्मिदै गर्छन्
अराजकता थपिदै जान्छन्
जनता कुब्यबस्थामा लादिदै जान्छन्
अगाडि बढ्न चाहने खुट्टाहरु काटिदिन्छन्
अनि
रमाउछन खुबै ठुलै काम फत्ते भो भनेर
तर के थाहा
काटिएका ती खुट्टाले गर्दा कति बेहुर्नुपर्छ भोली भनेर !!

काट्नुपर्ने त भ्रस्टचारी खुट्टाहरुलाई
तर मलजल गरी यसलाई मौलाउन दिइएको छ
भाच्नुपर्ने त हो अन्याय गर्ने ती हातहरुलाई
तर सुरक्षा कवजमा यसलाई सुरक्षित राखिएको छ
जुन जोगी आएनी कान चिरेकै छ
जनताहरु फोहोर खेलको चपेटामा परेकै छन्
अध्यारोमा रुमल्लिन वाध्य छन् !!

माकुराले जाल फिजाउदै छन्
निर्दोस झिगा जालमा फस्दै छन्
उम्केला भन्ने त कुरै छोडौ
झनझन् खतरा थपिदै छन्
नेपाली जनताको हालत पनि
त्यस्तै निर्दोस झिगाको झै छ
आश्वासनमा बाँच्न सिकाएकै छन् !!

स्वर्ग छ त्यही ठाउँ हुनेखानेको लागि
नर्क त्यही ठाउँ नहुनेहरुको लागि
रोदन र क्रोदनको चिच्याहट्ले सकेको छैन
कठोर मनलाई पगाल्न दु:खमा पनि पीडा हुन्छ भनेर
कहाँ पो थाहा हुन्छ र महलको सुखसयलमा बस्नेहरुलाई !!

थिचिनेहरु त झनझन् थिचिदै छन्
सुन्दर सपनाहरु किल्चिदै छन्
कालो बादलमा जीवन मडारिदै छन्
सहयात्रि हातहरु टाढिदै छन्
निर्धाले सजाय भोगिदै छन्
आफ्नै आफन्तलाई सत्रु बनाइ लडाईंको मैदानमा उतार्दै छन् !!

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।