गजल

प्रस्तुती:मणिकलाल घिसिङ तामाङ  
२०७२/०६/०५ 
अन्याय अत्याचारले बेरिन्छ पाऊ यहाँ
संस्कार उही केवल फेरिन्छ नाऊ यहाँ ।।

मुक्तिको लागि युग फेर्ने अर्को प्रयास 
त्यै युग नजन्मिँदै सेरिन्छ माऊ यहाँ ।।

समानताका आवाज गुन्जाउन खोज्दा
छातीमा गोली रोप्न हेरिन्छ दाऊ यहाँ ।।

बुद्धको शान्ति भूमीमा शान्ति खोज्दा
सत्रुलाई भन्दा बढी घेरिन्छ ठाऊ यहाँ ।।

अन्याय अत्याचारले बेरिन्छ पाऊ यहाँ 
संस्कार उही केवल फेरिन्छ नाऊ यहाँ ।।
तस्बिर: नोर्गींनडोल्मो दोङ तामाङ
[नोट:मिलन दोङको काफियाहरु सापटी लिएर एक प्रस्तुती ] 


0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।