तामाङ डाजाङको १४५ औ श्रृङ्खला सम्पन्न ः

भाद्र २६,२०७२ काठमाडौं
मणिकलाल घिसिङ तामाङ
तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा तामाङ ग्योइकाई गेताङ (तामाङ साहित्यिक कार्यक्रम) गर्दै आएको छ । हालै १४५ औ श्रृङ्खला भाषाबिद एबं तामाङ साहित्य एकेडेमीका कुलपति श्री अमृत योन्जन तामाङले तयार पारिएको समालोचना बिधाको कार्यपत्र प्रस्तुतिसँगै सम्पन्न गरेको छ ।

डाजाङका अध्यक्ष बुद्ध योन्जनको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । फूलकुमार बोम्जनको स्वागत मन्तब्य सँगै अन्य आमन्त्रित समाजका बिशिस्ट ब्यक्ती, संघसस्थाका प्रतिनिधिहरुलाई आशन ग्रहन तथा खादार्पण गरिएको थियो । कार्यक्रमलाई मुख्य दुई भागमा बाडिएको थियो । पहिलो भाग अन्तर्गत: नियमित साहित्यिक कार्यक्रम र दोश्रो भागमा भाषाबिद योन्जनद्वारा तयार पारीएको समालोचना बिधाको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

बिशुद्ध रुपमा तामाङ भाषा मै श्रृङ्खलाहरु सचालन गर्दै आएका डाजाङमा तामाङ भाषाबाट नै आफ्नो कबिता, गजल, गीत तथा अन्य बिधामा आफ्ना प्रस्तुतीहरु राखिएको थियो । मुक्तान थेबा, प्रयत्न तामाङ, सिर्जना गोले, गोले के आर चालिसेली, धन कुमारी घिसिङ, सत्तलसिङ योन्जन, संगिता थिङ तामाङ, बलबहादुर घिसिङ, फूलकुमार बोम्जन लगायतका श्रस्टाहरु आफ्ना प्रस्तुतिका साथ उदाएका थिए ।

भाषाबिद योन्जनले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै, "तामाङ साहित्यको बिकासमा तामाङ श्रस्टाहरु उदाउदो छ । तर तामाङ साहित्य नेपाली, हिन्दी, अङ्रेजी साहित्य जसरी बिशिष्ट रुपमा फुल्न सकेको छैन ।" साहित्यका बिभिद बिधाहरुमा, धेरै बिधामा त साहित्य लेखन नै नभएकोले सो बिधाहरुमा पनि साहित्य लेखन हुनुपर्ने बताए । आफ्ना मनका कुराहरु राख्ने, मनका कुराहरु लेख्ने र बाचन गर्नेमा मात्र सिमित हुनुहुन्न । डाजाङमा प्रस्तुत भएका कुनै कृतिहरु उत्कृष्ट छन्, वास्तविक रुपमा तामाङ समाजलाई परिवर्तन गर्ने खालका छन् भने त्यसलाई सङ्गितबद्ध गरेर तामाङ समाजमा ल्याउनुपर्ने बताए । नारी साहित्यमा नारीका कुरा लेख्नेहरुमा रिना बोम्जन, हिरामाया घिसिङ, अनिशा थिङ, सजना गोले लगायत केही अन्य मात्र रहेको बताए । तामाङ नारी श्रस्टाहरुले पनि पुरुषले नै उठान गरेका बिषय प्रस्तुतिलाई निरन्तरता दिएको र नारी श्रस्टाहरुले अबका दिनहरुमा नारीका बारे साहित्य सिर्जना गर्नुपर्ने आवश्यकता भएको बताए । आफ्ना बिचार प्रस्तुत गर्दै भाषाबिद, "कुनै पनि साहित्यमा बाल साहित्य भएन भने, त्यो साहित्यले मौलाउन मुस्किल हुन्छ । हाम्रा बालसाहित्य अत्यन्तै कम् छ । त्यसैले यसको बिकास हुनुपर्छ ।"

कार्यपत्रमाथि सहभागी बिभिन्न ब्यक्तिहरुसँगको छलफल र जिज्ञासाहरुलाई प्रत्यक्ष रुपमा भाषाबिद योन्जनले सम्बोधन गरेका थिए । तामाङ साहित्यको बिकास र उन्नतिको लागि यस्तै बिशेष कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउदै डाजाङका अध्यक्षले सम्पूर्ण उपस्थितिको लागि धन्यवाद ब्यक्त गरेका थिए ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।