सिरुमारानी नाटक हेरेपछि ...

"सिरुमारानी" बियोगान्त प्रेम कथामा आधारित नाटक हो । यसलाई रंगकर्मी तथा लेखक सरुभक्तद्वारा डेढ दशकअघि लेखिएको थियो र यसलाई २०६० सालमा एकचोटीमात्र प्रज्ञा हलमा देखाईएको थियो । त्यत्ति खेर अनुप बरालले निर्देशन गरेका थिए भने अहिले दयाहाङ राईले निर्देशकीय भूमीका निर्बाह गरेका छन् । राजन खतिवडाको परिकल्पना र राईको निर्देशकीय भुमिका सह्राहनिय छ । कलाकारहरुले लोभ नै नगरी आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । पोशाक तथा भेषभुषा र प्रयोग गर्ने भाषामा (केहि केहि बाहेक) सम्पूर्ण नेपाली मौलिक पाइन्छ । बिचबिचमा केहि रमाइला प्रसंगहरु र त्यस्तै संबादहरुले दर्शकलाई भरपुर मनोरंजन दिई रहन्छ भने कुनै दृश्यहरु हृदयमा पीडा सर्लक्कै खन्याई दिन्छ

कथा एउटी नारीले आफूमाथि जबर्जस्ति लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथामा आधारित छ । कुनै एउटा गाउँमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने एउटा माछे हुन्छ । उसको जालमा एक दिन अनौठो प्रकारको माछा पर्छ । पेरुंगोबाट त्यो माछा निकाल्दा एक अनिष्य सुन्दरी प्रकट हुन्छ । सुन्दरी श्रापित नागराजकुमारी हो भन्ने कुरा उनैका कुराले थाहा हुन्छ । उनीहरुको एक छोरि जन्मिन्छ-सिरु । सिरुको जन्म भएपछी सुन्दरी नागलोकमै फर्किन्छ । त्यत्तिबेला एक अन्धा भाबिस्यबक्ताले सिरु चक्रवर्ती महाराजको रानी हुन्छ भनेर भबिस्यबानी गरिदिन्छन् । 

सिरु १६ बर्ष हुदा गाउकै ढाक्रेको छोरासंग प्रेममा पर्छ । तर सिरुको चक्रवर्ती महाराजसंग नै हुन्छ । चक्रबर्ती महाराजले आफ्नो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेर सिरुले दरबार पुगेपछि थाहा पाउछे ।आफ्नो पति को हो ? भने द्विविधामा सिरु पर्छे । उसले आफ्नो समाधान खोज्दा चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ ।  राजा स्त्री भोग र सुख विलासितामा लिप्स हुँदा राज्यका महामन्त्री लगायतले राजीनामा दिन्छन राज्यको अन्त्य हुन्छ
 
नाटकमा एउटा सम्बाद छ, "पुरुष एकाधिकारबादी विश्वमा एक नारीले नारीत्वको अस्तित्व खोज्दा पुरुषआर्जित भोग, कर्तब्यपरायनता र साम्राज्य शक्तिका अहम लिप्साहरु कत्ति कमजोर र तुच्छ साबित हुदा रहेछन्, यो एक बिरल उदाहरण हो" । 

सिरुको छोरा हुन्छ । छोरालाई बुबाको नाम तेही ढाग्रेका छोरा गोरेले दिन्छ । आफ्नो बिगतको गल्ती र बिगतमा गोरेले गरेको प्रेमको मुल्य नबुझेर महाराजको महारानी भएकी "सरुमारानी" ले, महाराजले बिहेमा लाईदिएको औठी निलेर प्राणघात गर्छ । नाटक टुङगिन्छ    

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।