थियौ यस्तै, जस्ताको तस्तै ।

फेसबूकबाट शुरु भा'थ्यो हाम्रो चिनाजानी ।।
च्याटबाट साटिया'थ्यौँ धेरैजसो कुराकानी ।

अनलाइनमा चित्त नबुझी भेट्न बोलाँउदा ।
हुन्न भनी तिम्ले सधैं गर्थ्यौ आनाकानी ।।

फोन ब्यस्त हुनै नहुने, मेरै जस्तो गरी ।
शंका गर्दै, चित्त तिम्रो दुखाउथेँ जानाजानी ।।

रिस उठ्दा फोनको स्विच अफ गरीबस्थ्यौ ।
मौनतामा खुबै तड्पाउने थियो तिम्रो बानी ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।