म्हेन्दोमाया नाटक हेरिसकेपछी ।

नाटक के हो र कस्तो हुन्छ, अरुको मुखको शब्दमा कल्पना गर्ने गर्थेँ तर यो मेरो पहिलो प्रत्यक्षानुभुती थियो । फूलमान बलद्वारा लिखित नाटक "म्हेन्दोमाया" हेर्न, जगतमान बल सम्धिको सहयोगार्थ सर्बनाम थिएटरसम्म पुगियो । कामको चटारो त छ'दै थियो, फेरि मेरा मित्र जसले यो नाटक एकचोटि हेर्न जाम् न, को प्रस्ताबकलाई भक्तपुर सम्मको यात्रा गर्न अबेर हुँदा बस नपाउँला भन्ने हत्तारो । सर्बनाम थिएटर बाहिर यही नाटकको चर्चा परिचर्चा चल्दै थियो ।
फूलमान बलको थिएटर प्रबेश सँगै दर्शक दीर्घामा हर्षको उल्लास छाएको थियो । नमस्कार र सम्बोधन सबैलाई गर्न मुकिल पर्दै थियो । एक पाको शुभचिन्तक (दर्शक)ले नाटककार बललाई सुनाउदै थिए, "भाईको यो नाटकले मलाई रुवाएको थियो । आज साथीहरुलाई लिएर फेरि हेर्न आएको" ।
निर्देशक घिमिरे युवराजको चर्चा पनि उतिक्कै हुँदै थियो त्यो भीडमा । ५:१५ मा नाटक सुरु हुन्छ भनिएता पनि नाटक सँगै निर्देशक घिमिरेको परिचय, नाटक टिमको परिचयले नाटक लगभग ५:३५ मा सुरु भएको थियो । उहाँले काभ्रे जिल्लाको केही गाउँहरुमा नाटकलाई मन्चन गरिसकेको र त्यहाँका स्थानियहरुको साथ र सहभागिताको तारिफ गर्न भ्याउनुभएको थियो । "काठमाडौंमा नाटक मन्चन भएको पाँचौ दिनमा पनि हामीलाई माया गर्ने यत्ती धेरै शुभचिन्तकहरु पाउदा हामी अत्यन्तै खुशी छौँ" उहाँले जानकारी र खुशी ब्यक्त गर्नुभएको थियो । र यो नाटक आईतवारसम्म चल्ने बताउनुभयो ।

नाटक तामाङ भाषामा सुरु हुन्छ । भाषा बुझ्नेहरुका लागि यो अत्त्युत्तम लाग्छ र धेरै कुराहरु स्पस्ट हुन्छ । भाषा नबुझ्नेहरुको लागि भने अभिनयद्वारा "ए यस्तो पो रहेछ" भन्ने खालका स्पस्ट द्रिश्यहरु निरन्तर चलिरहन्छ । नाटक तामाङ संस्क्रिती र लोककथाहरुलाई अहिलेको जीवन र पात्रहरुसँग जोडेर निर्माण गरिएको छ । एक घण्टाको समयमा सम्पूर्ण तामाङलाई पढ्न सकिन्छ । गोसाइँकुन्ड र गोले बोन्बोको कथा देख्न सकिन्छ । तामाङ नारिको ब्यथा देख्न सकिन्छ । बिदेशिनुपरेको बाध्यता, अनि बाध्यताले कमाएको पीडा ।  कलाकारहरुको प्रस्तुती तारिफयोग्य छ ।

चलचित्रमा जस्तो जे छ त्यही नहुँदो रहेछ नाटकमा । त्यही कुन्ड बन्छ, त्यही नागहरुसँग जुद्धै गर्दा गोले बोन्बो रगताम्य हुन्छ । किनारामा छाल ठुला ठुला बन्छन् । हात र मान्छेका ईशारामा सबै बुझ्नुपर्ने र नाटकको कथामा डुब्दा अद्रिश्य द्रिश्यहरु बल्ल देखिने रहेछन् । पहिलोपटकको अनुभब यस्तै यस्तै थियो । एक घण्टाको बसाईमा कहिले हाँसो र कहिले मनलाई नै निचोरिने गरी दु:ख भरी मनलाई हुर्‍याइदिन्छ । यस नाटकलाई त्यसैले राम्रो संभावना र भबिस्य बोकेको नाटकको रुपमा लिन सकिन्छ । लगभग १ घण्टा ७ मिनेट चलेको यो नाटक सकिएको पत्तो भएन ।

भीडभाड उछिन्न मुस्किल, त्यसैले नाटककारलाई बधाई शुभकामना टाढै बाट मनमनै दिएर तामाङभित्रको तामाङहरुलाई पढेर निस्केँ । अँ, मेरो नजरमा उत्कृष्ट अभिनय भने "गोले बोन्बो" अर्थात सन्तोष तामाङ(स्याङ्तान) को थियो । कलाकार गोले बोन्बोलाई भने अभिनयको हिसाबमा उत्कृष्ट गरेको-भएकोले एक अंगालोको स्पर्शमा शुभकामना र बधाई दिन भने भ्याएको थिएँ ।

(अभिनय र पूर्ण कथांश हेर्न भने कृपया सर्बनाम थिएटर जानुहोला भन्ने मेरो सादर अनुरोध रह्यो ।)

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।