निर्माण गर्न लागेको बृत्तचित्र "तेमाल गाङ" बिषयमा छलफल तथा पत्रकार सम्मेलन सम्पन्न

मणिकलाल घिसिङ तामाङ
अश्विन ५, शनिबार-२०७० ।
काठमाडौं । 


आज नाङ्साल क्लब नेपालले निर्माण गर्न लागेको बृत्तचित्र "तेमाल गाङ" बिषयमा छलफल तथा पत्रकार सम्मेलन साथमा ३० औँ नियमित साहित्य बाचन कार्यक्रम सम्पन्न गरियो । समाज शास्त्री डाक्टर मुक्त सिं लामाको प्रमुख आतिथ्य र नाङ्साल क्लब नेपालका अध्यक्ष हिकमत सिं वाइबाको सभाध्यतामा कार्यक्रम भएको थियो । नाङ्साल क्लब नेपालले नियमित रुपमा महिनाको पहिलो शनिबार साहित्य बाचन कार्यक्रम गर्दै आइरहेको छ । यो अंकमा "प्रबिना लो" को एकल साहित्य बाचनमा ६ वटा कबिताहरुलाई  समेटिएको थियो । नुवाकोट जिल्लाको ओखरपौवाबाट एकल साहित्य बाचनको लागि काठमाडौं आउनु भएको थियो भने उहालाई प्रशंसा पत्रको साथमा प्रमुख अतिथीबाट सम्मान गरियो ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका ब्यक्तिहरुलाई आसन ग्रहन गराईएको थियो । खादार्पन सँगै कार्यक्रमलाई औपचारिकता दिइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै सचिब मिक्साङ वाइबाले नाङ्साल क्लब नेपालले तामाङ साहित्यको उत्थानको साथमा यसका बिबिध गतिबिधिहरुबारे चर्चा गर्नु भयो । ती कार्यहरुमध्ये हाल आउँदासम्म “तेमाल गाङ” डकुमेन्त्री बनाउने कार्यमा नाङसाल क्लब रहेको बताउनु भयो । कार्यक्रम सन्चालन संचार बिभाग प्रमुख सन्जु मोक्तानले गर्नुभएको थियो ।

"तेमाल गाङ"का निर्देशक तिर्थमान बलले यो आफ्नो करिब डेढ बर्ष अघिको सपना रहेको बताउनु भयो । उपयुक्त समयको खोजिसँगै नाङसाल क्लबका साथीहरुसँग यसबारेमा छलफल हुँदा सकरात्मक प्रतिकृया र पहलको कारण यो कार्य आट्न लागेको सुनाउनु भयो । त्यसइमा थप्दै भन्नु भयो, "तेमाल आँफैमा तामाङ संस्कार, रिमठिम, ईतिहास बोकेको एक पवित्र थलो हो । 'संस्कार हराए तेमाल जानु' त्यसैले के रहेछ त तेमालमा तामाङहरुको संस्कार अनि त्यहाँको चालचलन सम्पूर्ण तामाङहरुलाई देखाउने प्रयास रहनेछ यो डकुमेन्ट्रिमा" । पहिले "प्रोफाइल डकुमेन्ट्री" बनाउने भनिएता पनि यस्तो अत्यन्तै धेरै महत्व बोकेको थलो भएकोले यहाँभित्रका वास्तविकतालाई देखाउने उहाँको भनाइ थियो । यस कार्यलाई यही आश्विन १४ देखी थाल्ने जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी डाक्टर मुक्त सिं लामाले सहयोगको लागि जुनसुकै बेला आफू उपलब्ध हुने बताउनु भयो । उहाँले गुणस्तरलाई प्राथमिकता दिनुपर्ने र तेमालको वास्तविकता त्यही स्थानिय गन्यमान्य ब्यक्तिहरु, ताम्बा लामाहरुबाट हुँदा त्यहाँको वास्तविकतालाई डकुमेन्ट्रिमा उतार्न सकिएला भन्ने सुझाव पेश गर्नु भएको थियो ।

त्रिकाल आर्ट एकेडेमिका डाइरेक्टर छेडुप लामा, तामाङ संचार समूहका महासचिब दीपेन्द्र दोङ तामाङ, तामाङ चौतारी समूहका सचिब मणिकलाल घिसिङ, तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जन, घेदुङ पूर्व अध्यक्ष धनप्रसाद तामाङ, तामाङ श्रस्टा समाजका सल्लाहकार ईन्द्रराम तामाङ, तामाङ कलाकार संघका अध्यक्ष चन्द्र कुमार दोङले सुझाव तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । उहाँहरुको भनाइ थियो, अरुले बनाएको चिजमाथि आलोचना गर्ने र आफुले बनाएको चिज मात्र उत्कृष्ट भन्ने प्रब्रित्ति छ । त्यसैले ती आलोचना गर्नेहरुको मुखलाई बन्द गर्न उत्कृष्ट काम गर्नुपर्ने सुझाउनु भयो । यसले सम्पूर्ण देश र परदेशमा भएका तामाङहरुलाई तेमालको संस्कार अझ भनू तामाङको संस्कारको बारे जानकार गराउनु पर्ने सुझाव पेश गरिएको थियो । Research Base मा काम गर्नुपर्ने र यसको लागि समयको अन्तर करिब ३ बर्ष जत्ती राख्दै उत्कृष्ट डकुमेन्ट्री बनाउन पनि सुझाव दिइेएको थियो । तेमाल बिबिध राजनैतीक, सामाजिक, आर्थिक, जैबिक र भौतिक कारनले महत्व रहेता पनि कुनै एक बिषयलाई टिपेर डकुमेन्ट्री बनाउदा राम्रो हुन्छ कि भन्ने अतिथिहरुको धारणा रहेको थियो ।

कार्यक्रमाका सभाध्यक्ष गर्नुभएका नाङ्साल क्लब नेपालका अध्यक्षले उपस्थिती सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ, सुझाव र सल्लाहको अपेक्षा ब्यक्त गर्नु भयो । यो डकुमेन्ट्री नाङ्साल क्लबको मात्र होइन, सिङ्गो तामाङ समुदायको भएकोले सम्पूर्णलाई सहभागीताको लागि आह्वान समेत गर्नु भयो ।

(Note:लोड्शेडिङ र बिबिध कारणबश रिपोर्टलाई पूर्णरुपमा जस्ताको तस्तै प्रस्तुत गर्न सकिएन, त्यसको लागि माफी चाहन्छु ।)

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।