गजल

हर अतृप्त चाहना तिम्रा भर्न सक्छु म ।
तिम्रा हितका लागि बारबार मर्न सक्छु म ।।

मात्र एक इशारा देऊ, के गरुँ भनी ।
जहाँ भन्छौ त्यतैतिर सर्न सक्छु म ।।

आकाशको जुन तारा टिप्न नसके नि ।
शिखरबाट नहर पक्कै झर्न सक्छु म ।।

जुनीभर यदी तिम्रो साथ पाउँछु भने ।
यमराजको आदेश नि टर्न सक्छु म ।।







  • Prabina Gole::
    थिए अतृप्त चाहाना सवै मरि सके
    रहरको सानो थैली पीडाले भरि सके ।।

    के गरुँ ? भनि नसोध्नु वेसाहारासंग
    दुखमा दुख थप्दै सुख खोली तरि सके ।।

    अस्मितामा दाग लाग्ला जुनतारा नटिप्नु
    व्यर्थै दुख नखेप्नु है पहिल्यै म झरि सके ।।

    जुनी–जुनी साथ पाउने भाग्य कहाँ छ र
    त्यस्ता आदेश यमराजको धेरै पटक टरि सके ।।


    • Manik Lal Ghising:;-
      सँगै मिली जीवनमा धेरै गर्न बाँकी छ ।
      रहरको त्यो थैलिभरी खुशी भर्न बाँकी छ ।।

      अटुट जीवनभरको साथ तिम्लाई दिउला ।
      सुख किन्न दु:खको खोली तर्न बाँकी छ ।।

      जुनातारा टिप्दिनँ, सुहाउछ आकाशमै ।
      झर्यौ तिमी धर्तिमै प्रेममा पर्न बाँकी छ ।।

      साथ प्यारो, तिम्रो अझ बात प्यारो ।
      यमराजको आदेश त्यसैले टर्न बाँकी छ ।।


    • Prabina Gole छायाँमा पनि क्या मिठो माया झल्केको
      कहिलेदेखि हो नि डेटिङ जान पल्केको ।।

      लजाएको हो कि कुन्नी दुवै अलिअलि
      कस्तो मज्जा सुहाएको शिर ढल्केको 


      • Manik Lal Ghising::-
        थाहै नपाई उनको प्रेममा नराम्रारी पल्किएछ ।
        लाज लाग्दा सँगै बस्दा शिर थोरै ढल्किएछ ।।
        क्यामेराको लेन्स चुलबुल गर्दै थिए त्यत्तिखेरै ।
        उज्यालो पन्छाउदै छाया पो मज्जाले टल्किएछ ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।