तेमाल जात्राको दोश्रो दिनमा:

अध्याँरोले झन्डै दिन निलिसकेको थियो, त्यसको केही छिन् अघी स्वयम्भु जाम् न भनी साथीलाई प्रस्ताब राखेँ । सहमतिको टाउको हल्लाउदा स्वयम्भुले तानेको मेरो मनलाई शरीरसँगै दौडाउनुको बिकल्प थिएन । आज फेरी बिशेष दिन, अर्थात तेमाल जात्राको दोश्रो दिन अर्थात स्वयम्भुमा भयङ्कर जात्रा हुने दिन ।

अघी भर्खर बुवाले तामाङ पोशाक किन्नुभएछ, तर साइज नमिल्दा मेरो शरीरमा मिलाउन खोजियो । गज्जबले मिल्यो पनि । आमा भन्दै हुनुहुन्थ्यो, "सुहायो है!" तारिफका शब्दहरु सुनेपछी आफू पनि दंग नि हाहा । घडीले ६:३० हानिसकेको थियो । माइक्रो स्टेशनमा पुगेर माइक्रो कुरियो, माइक्रो आउने बितिक्कै शरीरलाई जसोतसो माइक्रो भित्र नै प्रबेश गराइयो । अँ, बल्ल आनन्द भो ।

भनिएको र सुनिएको कुरा के भने देखिन्, "देवताको नाममा केही काम गर्छु भनेर बचन अर्पन गरेपछी, त्यो काम पुरा गर्नुपर्छ । नत्र त्यसले हानी निम्त्याउछ" । बिहानै देखी बत्ती बाल्छु भनी साथीलाई समेत सुनाएथेँ तर दिनभरिको अर्कै कामतिरको ब्यस्तताले लगभगको बचनले भंगताको अवस्था निम्त्याउने हो कि मनमा डर । अन्तत: पुगियो अनि पहिलो प्रबेश मै तीन द्विप प्रज्वलन गर्दै मन शान्ता पारीयो ।

मनको आदेश त्यो सिङ्गो ज्युदो उकालो चढेर पार गर्नु, शरीरको आदेश भने हुन्न, त्यत्ती ठाडो उकालो सकिन्न चढ्न भन्ने कै पक्षमा । थोरै आँट बटुलेँ, ठ्याक्कै फेदिमा बेन्च मेरै थकानलाई उठाउन बसिरहेजस्तो लागेर बिसाइदिएँ ज्यान । अँ, त्यसैबेला कता कता चिनेजस्तो परिचित शरिराक्रिति अपूर्ण उज्यालोमा देखा पर्‍यो है । नजिकैबाट फ्याफुल्ला मणिक जि भनेपछी त स्पस्टै चिनिहालियो । रचनकार, गायक तथा संगितकार फूलकुमार बोम्जन ।

सुरुवाती बोलिमा केही मिठो भिन्न शैलिमा भन्नु भो, "अरुबेला त फुर्सदलाई बेफुर्सदले घेरा हालेर आउन सकिन्न, आज चाँही जसै गरी पनि यसो दर्शन गरौ कि स्वयम्भुको भनेर आ'को तर झन्डै मै मात्र हुन्छ कि भन्ने डरले निल्दै पो थियो मलाई ।" थोरै कुराकानीमा हालचाल बुझ्दै अगाडि बढ्दै थियौँ । मैले गफकै क्रममा सुनाउन भ्याएँ, "कुनै बेला एकचोटी पनि नरोकी दौडेरै माथि बिसाइन्थ्यो थकाई तर अहिले त हिंडेर पनि गाह्रो । बुढेसकालले छोएजस्तो छ हाहा" । त्यसै गरेको पनि थिएँ । उहाँले नरोकीकन हिंडेर नै चढ्न सक्नु पनि राम्रै हो अहिले ।

चढ्यौँ, पुग्यौँ अनि फर्केर झिलिमिलिएको काठमाडौं उपत्यका हेर्न बारमा पुग्न नपाउदै मेरो नजर संचारकर्मी हिरालाल दोङ र गायिका इन्दिरा योन्जनमा पर्‍यो । कारण एकजना अग्लो, एक्जना मोटी हाहा । फूलकुमार सम्धिले नमस्कार गर्न भ्याउदा सम्ममा मैले संचार कर्मी जगत दोङ, गायिका तुलसा वाइबा र केही नचिनिएका तर हुलमूलमा बोलेर चिनिएका साथीहरुलाई देखिसकेको थिएँ ।

शरीरको थकाई तर सबैजनासँगको भेट्सँगै कताकता गायब भएर हराएजस्तो लाग्दै थियो । इन्दिरा योन्जन, ठट्यौली शैलिमा सुनाउदै हुनुहुन्थ्यो, "यसो माहोल छ, लौ फोटोसेशन गरौँ न" । वरिपरी सबै जना, अनि एक्लै अघी सर्दै, "लौ है मेरो दाँयाबायाँ खाली छ, यसो आउनुस्" । मलाई जुरुक्क उठेर जान इच्छा कहाँ नभएको हो र? तर न ठट्टामै भन्नु भो कि भनेर म हासेर बस्दै थिएँ हाहा । क्यामेरा कसैको हातमा प्रत्यक्ष देखिन्न थियो पनि । पछी मित्रहरु धमाधम उभिन थालेपछि भने मलाई पनि सबैको बिचमा बसेर तस्बिर लिन मन लाग्यो र उभिदिएँ ।

जगत दोङ सम्धी अनेक बिषयलाई ठट्यौली शैलिमा प्रस्तुती दिनुहुन्थ्यो र त्यसैमा हासो बुन्न बाँकी मित्रहरुसँग बिकल्प रहन्न थियो । तुलसा वाइबा भने सबैको क्यामेरा हातभरी पार्दै फोटो लिन मै ब्यस्त हाहा । इन्दिरा योन्जन फोटो सेशनमा खुबै रुची देखाएझै गरी पोज, पोज दिदा एक नचिन्ने मित्र(बोलेपनि परिचय नबनेको) ले स्टाईल स्टाईलमा क्यामेरा घुमाउदै फोटो लिन ब्यस्त देखिनुहुन्थ्यो ।

हिरालाल सम्धी आफ्नो कुरालाई अझ गर्बित स्वरमा सुनाउदै हुनुहुन्थ्यो, "उपत्यकाको सबैभन्दा अग्लो ठाउमा अग्लो मान्छे भएर फोटो खिच्न पाउदा अत्यन्तै खुशी लागेको छ" । ध्यान केन्द्रित गर्दै समर्थनको हासो जनाउदै हुनुहुन्थ्यो ।

(ओ हो, सबै लेख्न सबै थाल्दा त लम्बिएर उपन्यास नै बन्ला कि के हो haha!)

2 comments

samdhi hajurko yo blog maa comment chai first time ho hai.... sarai ramro chha hajurko blog chai.

लासो थुजेछे सम्धी । यो मेरो अत्यन्तै मिल्ने मित्र गणेश योन्जनको डिजाइन र कन्सेप्टमा तयार पारीएको ब्लगसाइट हो । बिस्त्रित यो पेज "http://www.ngyalalani.blogspot.com/search/label/बिशेष धन्यवाद" मा लिङ्क गर्नुस् त ।

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।