One Moment

घडीले १२ पाइला सार्नुअघी हामीले पाइला सार्यौ
आ-आफ्नै शरिरलाई बसपार्कतिर मज्जाले दौडायौ
केही गाह्रो, केही सारो रमाइलो प्रसँग नगरकोट
भक्तपु-नगरकोट एयरलाइन्स गर्दै पुग्यौ नगरकोट !!

पेटमा मुसा दौडिरहन्थ्यो, त्यसलाई जित्न म अझ दौडिन्थे
साथीहरु सँगै हिड्दा खुशीको त्यो सागरमा त्यसै पौडिन्थे !!

यात्रा कस्तो रह्यो सबैलाई बताउछु
शब्द मार्फत मैले सबैलाई सताउछु !!

अटोन घले(ATon Gyaltong):
कहिले झाडिको कुना तिर पसिदिन्थे
कहिले काडाकै झाङतिर फसिदिन्थे !!

साथीहरुलाई रमाइलो पार्न अनेक भूमिका खेलिदिन्थे
त्यत्तिले मात्र नपुगे हजुर ब्यङ्य नै ब्यङ्य पेलिदिन्थे !!

यसो हेर्दा लाग्थ्यो अब त मोडेलको जन्म भो
त्यसैले यो भन्दा उहाको बारे केही नभनु भो !!

अमर सरोबर(Amar Sarobar):
गजलमा उनको मनमनै प्रियासिलाई सम्झेजस्तो
कतै गम्भिर कतै हसाइ मनभित्र केही भएजस्तो
खोइ के भनु र लट्ठै पर्ने मुसुक्क एकफेरा हासिदिदा
सन्सारै हासेजस्तो एकफेरा उहा मुसुक्क हासिदिदा !!

सफल गोले(Safal Gole):
जे कुरा पनि हासेरै भएपनि टारिदिने
हाँस्दा मनभरी खुशी नै खुशी भरिदिने !!

कतै डोल्मा आङालाई नै त याद गरेर होइन
कतै मायाकै संसारमा उनी चुर्लुम्म डुबेर होइन !!

नाताले सबैको ज्वाँई साब पर्ने रहेछ
सानो कुरामा पनि साह्रै मख्ख हुने रहेछ !!

सुजना लामा(Sujana Lama):
बाँदर जस्तै कहिले उफ्रिन्थे उनी कहिले दौडिन्थे
उनको रमाइलो हेर्दै साथीहरु मुस्कान सँगै दौडिन्थे !!

कागको बिचमा उनी मात्र थिए एकलै बकुल्ला
(केवल रमाइलो प्रसँगको लागि मात्र हेहे.....)

कमल लामा मोक्तान(Lama Moktan):
जिउज्यान हेर्दा मान्छे नै पिट्ला जस्तो
सयौ किलो भारी पनि बोकेर हिड्ला जस्तो
दौडाइदिथे त्यो मोटो शरिरलाई मज्जासँग हल्लाइहल्लाइ
अनि त्यही हल्लाइमा अरु साथी पनि हिड्थ्यौ ढल्काइढल्काइ !!

सुरज लामा पाख्रीन(Prince Lama):
छुट्टै उनको पारा थियो छुट्टै व्यबहार पनि
उमेरले कान्छो मान्छे उनी हेर्दै हिरो पनि !!

मुसुक्क मुस्कान दिदा आहा भन्थे सबैले
उस्तै परे आकाशकै चरा समाउथे उनैले !!

मणिकलाल घिसिङ तामाङ(म स्वयम):
साथीहरु हासिदिदा म पनि त्यसै हासिदिन्थे
मनको कुराहरु सबै सामु स्पस्ट बाडिन्थे

कहिले कस्तो पोज, पोजसँगै उभिदिन्थे
साथीहरु उफ्रिदिदा म पनि उडिदिन्थे !!

केवल दर्शक थिए म त, सबैको बानी व्यबहार नियाल्ने
अरुलाई मात्र होइन आँफैलाई पनि बेलाबेलामा नियाल्ने !!

मैले छोटोमा लेखेको छु । कहिलेकाही ठट्टा गर्दा कसैलाई अप्ठ्यारो पनि लाग्न सक्छ, यदी त्यस्तो भएको खन्डमा "पुर्ब क्षमाप्रार्थी" ।

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।