सुरेशमान रुम्बासँगको फोन भेट:

शब्दहरु मनभरी सजाइरहूँ जस्तो
तारिफ गर्दा लाजले लजाइरहूँ जस्तो
कत्ती मिठा शब्द प्रस्तुती
श्रवनिय त्यो मिठो बोलिमा ......!!

नयाँ नम्बर
उठाइहाल्न आँट नआएको स्थिती
हैन हैन
उठाई दिउँ न त
न नयाँ ठाउँबाट मलाई सम्झेर
मेरो बोली सुन्न नै फोन गरेको थियो कि कतै
टिर्र तीन घन्टी बज्दासम्म
रिसिभ बटन नथिच्दैमा
यस्तै यस्तै कौतुहल
शान्ता मनभरी कोलाहाल ..........!!!

अँ
उठाएँ
"मणिक जि फ्याफुल्ला, सञ्चै हुनुहुन्छ?"
कत्ती सहज सोधाई थिए
जवाफ सहज चिनेकै जस्तो हुर्याइदिएँ
नसुनेको तर सुनेको भान मनमा
परिचय सोध्न आतुर मनमा
"सुरेशमान रुम्बा"
अनि त के चाह्या थियो र मलाई पनि
दिक्क लाग्दो दिनमा
अन्त्य शुभ हुने भो सोचेर गफ दिन म नि कम्त आतुर थिइनँ .........!!

सम्झिल्याएँ बिगत र बिगतमा साटिएका गफसफ
अपरिचित स्वरमा परीचित मित्र
उत्साहित र उमङ्गित मन
खुशी साट्यौ
माया बाड्यौ
दु:ख ढाट्यौ
यस्तै यस्तै अन्य गर्यौ
लगभग घण्टा सुइले एक फन्को मारिसक्दा पनि
मलाई गफैमा फन्को मार्न पुग्दै थिएन
चित् नबुझाई झ्याप्पै राखियौ .....!!

2 comments

babababababa....babal 6 hai lu. sachai phone bg hunuko sarthakta yaha paye. mitratako bandhan aajhha kasidai jawos hajur haru 2 janalai mero kamana.

थुजेछे । त्यो दिन निकै उत्साहित थिएँ । हाहा हो नि, अनि पो ब्यस्त ब्यस्त थियो त मेरो फोन । हजुरले चाँही मेरो GF को भन्ठान्नु भो होला हैन त?

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।