जुन कुरा नलेख भन्छौ

सड्यन्त्र भ्रस्टचार मेरै आँखा सामु गरिरहन्छौ
जनतालाई दु:ख दिईदिई दिनकै मारिरहन्छौ
फेरी पनि केही नबोल  भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नबोल भन्छौ, त्यही कुरा बोलिरहन्छु ।।

छाप्रो-झुपडिमा बस्नेहरुको दर्दनाक अवस्था हेरिरहन्छौ
केही बोल्न थाले, जबर्जस्ती लात मारी मुख बन्द गर्छौ
ती गरीब-दीन दुखिहरुको पीडा नलेख भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नलेख भन्छौ, त्यही कुरा लेखिरहन्छु ।।

शान्तिको प्यासले तिर्खाएर छट्पटिएका छन्
देश अझै सङ्कट र दलदलमा लटपटिएका छन्
ती वास्तविक चित्रलाई नकोर भन्छौ
तर कहाँ मेरो मनले मान्छ
जुन कुरा नकोर भन्छौ, त्यही कुरा कोरिरहन्छु ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।