समयले भित्र्याएको बदलाव

सानै थियौँ, व्यबहार अनि मन पनि सानैको जस्तो । स्कूल टाढा हुँदा १० बजे पुग्नुपर्ने, तर ८:३० बजे नै निस्किन्थ्यौ । खाजामा त्यै दालमोठ चिउरा अथवा मकै भटमास हुन्थ्यो । कहिलेकाही गहुको पिठोको त्यो फुलेको रोटी र धनियासँग गोलभेडाँ पोलेर बनाएको अचार पनि हुन्थ्यो । त्यत्तिखेरको यी खाजाहरु बिशेष रुचाइमा पर्ने गर्थ्यो । बच्चा न हो, पढाई सँगै अन्य शारिरिक कार्य गराउदै शरीरलाई थकाईदिन्थे ।

कुद्दै कुद्दै घर आइपुग्थ्यौ, दिउसो खाएको खाजाले कहाँ पुग्थ्यो र! त्यसैले पहिलो नजर र उपस्थिती भान्छामा । सिस्नु वा तोरिको कलिलो सागको तरकारी र ढिडो, नभए मोही-दही वा दुधसँग खाना राख्नुहुन्थ्यो । त्यही चिज पनि कहिलेकाही छुट्दा, रिसको झोकमा बेलुकिको खाना समेत छोड्ने गर्थे ।

तर अहिले समयले धेरै परिवर्तन भित्र्याइसकेछ । हेरौ है त !  हामी त्यत्तिखेर एक सुको(२५ पैसा) ओटाको ओरेन्ज बल खान्थ्यौ, तर अहिले २५ रुपैयाको "क्याटबरी" अरे  । हामी ढिडोसँग साग रुचाउथ्यौ, तर अहिले पिज्जा बर्गर अरे । पहिले सित्तैमा खोलामा तैरिन्थ्यौ, तर पौडिन पैसा तिरी स्विमिङ पूल अरे । हाम्रो कानमा नारायन गोपालका गीतहरु र केही सुन्नलायक दोहोरी कानमा पर्थ्यो, अहिले त पप, रक, र्याप अरे । पहिले केटाकेटी सँगै बस्न लाज हुन्थ्यो, अहिले त एस.एल.सी. नकट्दै जि.एफ. बि.एफ. अरे । पहिले रेडियो सुन्दा नै सबथोक देखिन्थ्यौ, अहिले त घरघरमा रङ्गिन टिभी अरे । यस्ता थुप्रै परिवर्तनहरु भित्रिसकेछन् नमरे त के के पो देख्न पाइने रहेछ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।