जनजाती आन्दोलन


माओवादी पार्टी र जनजाती आन्दोलन:
हुन त यहाँ कत्तिपय मित्रहरुलाई माओवादी जनयुद्ध सुरु भएयता जातियताको कुरा उठेको भन्ने लाग्न सक्छ । तर त्यो बुझाई गलत र अपुरो छ । ०५१-०५२ को माओवादी जनयुद्धको घोषणा भएको एक डेढ दशक अग्गी देखी नै यस बारे आन्दोलन गर्ने तयारीमा थिए । माओवादीहरु आफु सशक्त बन्नको लागि जनताको समर्थन खोज्दै थिए । त्यत्तिखेर माओवादी पार्टिको लागि कैयौ जनजातिका ब्यक्तिहरुले ठुलो बलिदान दिए । जुन कुरालाई माओवादीले मनन गर्दै जातियता र संघियताको आधारमा मात्र समुन्नत नेपाल बन्न सक्छ भन्ने कुरा स्पस्ट थाहा पाए । त्यसैले कङ्ग्रेश एमालेको दाजोमा माओवादी संघियताको पक्षमा अझ स्पस्ट देखिन्छ । कहिलेकाही संघियताको बिषयमा आफ्नै पार्टिभित्रका साना कसरत गरिदा माओवादीले संघियताको नारा बिर्सें कि भन्ने भ्रम पनि हुनसक्ला ।

भर्खरै माओवादी अध्यक्ष प्रचन्डले, "सबैको भाषिक, धार्मिक, सास्कृतिक पहिचानको लागि जनजाती उठ्नुपर्छ" भन्ने स्पस्ट भनाइले माओवादीको आफ्नो स्पस्ट भिजन देखेको भन्न पाईन्छ । एमाले कङ्ग्रेशले बिगतमा देश संघियतामा जानुपर्छ भनेर सम्झौतामा हस्ताक्षर गरेपनि "जानुहुन्न" को पक्षपोशन गरेका छन् । तर एमालेभित्रका जनजातिले पार्टिभित्र रहेर नेत्रित्व पक्षमाथि दवाब दिरहेको अवस्था पनि देख्दछौ । हामी एकल जातिय हैकम भएको हेर्न चाहेका पक्कै छैनौ तर सम्पूर्ण नेपालीहरुको साझा त्यो पनि सुन्दर नेपालको मुहार हेर्न चाहेका छौ । हाल अखन्ड सुदुर पश्चिमको मागमा केही आन्दोलनकारीहरु उत्रिएका छन् । जुन हेर्दै निकै अशोभनिय छ । माओवादी कार्यकर्ता र अखन्ड सुदुपश्चिम माग्नेहारुबिच झडपको स्थिती छ । एमाले कङ्ग्रेश मौन छ ।  भोली अखन्ड मध्यमाञ्चल माग्ला, पर्सी अर्को अखन्ड अञ्चल माग्ला र हुँदाहुँदा अखन्ड नेपालको माग तेर्स्याउला । यसबाट नेपालमा संघियता नै चाहिन्न भन्ला, त्यसैले यी र यस्ता मागहरु किन तेर्स्याए त भन्दा संघियता तुहाउने नै हुन् । जुन जनजातिहरुले बेलैमा बुझ्नु जरुरी छ ।  

तसर्थ: संघियता जातिय पाहिचान, सास्कृतिक र भाषिक पहिचानको सम्बोधनको निम्ती हो । एमाले र कङ्ग्रेश भित्रका जनजातिले संघियतालाई तुहाउन नदिन बिशेष प्रेसर दिनै पर्छ । 

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।